आयुर्वेद चिकित्साप्रति बिदेशी पर्यटक आकर्षित

 भक्तपुर । पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बिदेशी पर्यटकहरु उपचारका लागि आउनेगरेका जानकारी गराए । […]