विपतका बेला अभिभावको असावधानीले बालबालिका ठूलो जोखिममा

काठमाडौँ, ३ साउन । मनसुन कमजोर बन्दै जाँदा खोलानालाको सतह घट्दो क्रममा थियो । डुबान क्षेत्रबाट पनि पानी घट्दै थियो । असार ३० गते सर्लाहीको कौडेना गाउँपालिका–५ का दुई वर्षीय ऐयान खान खेल्न निस्किएका थिए । उनलाई के थाहा घर नजिक जताततै पानी पोखरी छ भनेर । थाहा हुनुपर्ने अभिभावकले ख्याल नगर्दा उनले पानीमा डुबेर […]

एकै जिल्लाका २४ सडकमा बाढीले पुर्यायो नराम्रो क्षति

बर्दिवास, २ साउन । एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । […]

दक्षिण एसियाका ६० लाख मानिस बाढीको खतरामा

काठमाडाैं । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ […]

जाजरकोट नजिक पहिरोमा पुरिएर २ को मृत्यु, ९ बेपत्ता

खल‌ंगा, २९ असार । जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सीमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्य २ पुगेको छ भने अझै ९ जना बेपता रहेका छन् । खराब मौसमका कारण खोजी कार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । शनिबार दिउँसो साढे २ बजे ५० […]

१३ जिल्लाका १५ सडक पूरै ठप्प, निस्कदा सचेत बन्न प्रहरीको आग्रह

काठमाडौं, २९ असार । नेपाल प्रहरीले देशका १३ जिल्लाका १५ वटा सडक बाढी र पहिराेले असर पुर्याएकाे र ती सडक भएर निस्कदा पहिल्यै सचेत बन्न अाग्रह गरेकाे छ । हप्ता दिनदेखि जारी अबिरलपछि गएकाे बाढी र पहिरोका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् । साथै ३५ जना बेपत्ता छन् । माैसम विभागले अझै पानी […]

बाढी र पहिरोले ४८ को मृत्यु ३५ वेपत्ता २५ घाइते

काठमाडौं, २९ असार । केही दिनदेखि परेकाे अविरल वर्षापछि अाएकाे बाढी र पहिराेमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएकाे छ । मृत्यु हुनेमा २७ जना पुरुष रहेकाे र २१ जना महिला रहेकाे बताइएकाे छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)ले बाढी र पहिरोमा परेर देशभर ४८ जनाकाे मृत्यु र ३५ […]

ठाउँ ठाउँमा पहिरो गएपछि बल्खु–कुलेखानी–हेटौडा र बनेपा-बर्दिवास जोड्ने सडक ठप्प

काठमाडाैं । अविरल वर्षापछि पहिरो गएका कारण बल्खु कुलेखानी हुँदै हेटाैडा चल्ने यातायात ठप्प भएका छन् । त्यसैगरी काभ्रेकाे बनेपा–बर्दिवास सडक पनि ठप्प भएकाे छ । बाढी र पहिरोका कारण तराइृ जाेड्ने र तराइबाट राजधानी काठमाडौँ प्रवेश गर्ने यी दुई वैकल्पिक मार्ग अवरुद्ध भएपछि ठूलाे संख्यामा यात्रुले दु:ख पाएका छन्। यता सडक विभागले अबरुद्ध भएका […]

अविरल वर्षासँगै बाढी पहिरोको वितण्डा, १७ को मृत्युु

काठमाडौं, २७ असार । देशभर जारी अबिरल वर्षासँगैको बाढी र पहिरोमा परी १७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् । अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा […]

अत्यधिक वर्षाले भत्काएको घरमा च्यापिएर काभ्रेमा दुईको मृत्यु

काठमाडौँ, २७ असार । अत्यधिक वर्षाका कारण गएको पहिरोले घर भत्काउँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ । साथै दुई जना घाइते भएका छन् । काभ्रेको बनेपा नगरपालिका वार्ड नं. ३ नालामा गएको पहिरोले स्थानीय रामप्रसाद दंगालको घर भत्काएको हो । घरभन्दा माथिबाट आएको पहिरोले घर थिचेपछि रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया […]