स्थापना दिवसका अवसरमा पूर्वपदाधिकारीलाई सम्मान गर्दै पत्रकार महासंघ

काठमाडौँ, १२ चैत । नेपाल पत्रकार महासङ्घले आफ्नो स्थापनाको ६४औँ वर्ष प्रवेशका अवसरमा २० पूर्वपदाधिकारीलाई सम्मान गर्ने भएको छ । महासङ्घ बने यता उपसभापति, उपाध्यक्ष र महासचिव पदमा रही विशिष्ट योगदान पु¥याउने पूर्वपदाधिकारीलाई सम्मान गर्न थालिएको महासचिव रमेश बिष्टले जानकारी दिए । पूर्वउपसभापतिहरु राधा बुढाथोकी, चित्राङ्ग थापा, कर्णदेव भट्ट, ईश्वरचन्द्र गौतम, हेमन्त कर्माचार्य, तेजबहादुर भण्डारी, […]