खानेपानी समस्या समाधानमा संघ, प्रदेश र स्थानीय तहले साझा दायित्व लिनुपर्ने

खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको छ । खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची आयोजनाको दिगो समाधानका विषयमा पृष्ठपोषण संकलनको लागि काठमाडौं उपत्यकाका सांसद तथा नगर प्रमुखहरुबीच सिंहदरवारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै खानेपानी मन्त्री […]

बालाजुमा मेलम्चीको पाइप सफा गर्न छिरेका दुई दाजुभाइको अड्किएर मृत्यु

काठमाडौं, १७ साउन । काठमाडौंको बालाजुमा शुक्रबार बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनरसिंह राणाका अनुसार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको हो। उनीहरु […]

अनुगमन गर्दा खानेपानी प्रदूषित भेटियो

चितवन, १ साउन । जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो । कार्यालयले मङ्गलबार यहाँ आयोजना गरेको ‘मेरो वर्ष २०७६ स्वास्थ्य प्रवद्र्धन’ अभियानको सरोकारवालाबीचको अन्तक्र्रिया तथा खानेपानी गुणस्तर सार्वजनिक कार्यक्रममा सो कुराको […]