गोकर्ण भए सौराहा रेस्टुरेन्ट एण्ड बार एशोसिएसनको अध्यक्ष

चितवन, १५ साउन । चितवनको रत्ननगरस्थित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान), चितवनको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले गोकर्ण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार साँझ रत्ननगरको सौराहामा भएको अधिवेशनबाट दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको नवनिर्वाचित द्वितीय उपाध्यक्ष अर्जुन चौधरीले जानकारी दिए । अधिवेशनले प्रथम उपाध्यक्षमा […]

साथीलाई अपहरण गरी भारत पुर्याएर पैसा बार्गेनिङ गर्ने शिक्षक पक्राउ

महोत्तरी, १५ साउन । जिल्ला मालपोत कार्यालय, महोत्तरीमा कार्यरत नायब सुब्बा रामजी राय सकुशल अपहरणमुक्त भएका छन् । बिहीबार कार्यालयबाट घर सर्लाहीको वेल्हीतर्फ जानेक्रममा बाटोबाट अपहरणमा परेका नायबसुब्बा राय भारतको विहार सितामढी जिल्लाअन्तर्गत सोनवर्षा ग्राम पञ्चायतबाट अपहरणमुक्त भएका हुन । अपहरणकारीले रायलाई सोनवर्षास्थित मन्जुर शेखको घरमा राखी घरपरिवारसँग २८ लाख माग गरेको र सो दिन […]

बच्चा जन्माउन नसकेर महिलाको मृत्यु

कालीकोट, १४ साउन । जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ । जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको श्रीमान् रामबहादुर फर्साललाई […]

बाघ र मानिसको द्वन्द्व घटाउने चुनौती

काठमाडौँ, १४ साउन । स्वस्थ्य पर्यावरणका लागि बाघको संरक्षण हुनुपर्नेमा द्विविधा छैन, तर सुरक्षित व्यवस्थापन नभएमा मानिसको ज्यानकै खतरा सँगसँगै उत्पन्न हुँदै आएको छ । सरकारी आँकडाअनुसार नेपालमा बाघको संख्या उल्लेख्य वृद्धि भई १९८ पुगेको छ भने वर्षमा बाघकै आक्रमणका कारण ३० देखि ३५ जनासम्मको मृत्यु हुने गरेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले […]

म्याग्दीमा मात्र चार करोड अनुदान वितरण

म्याग्दी, १५ साउन । म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो । आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई ५० हजारका दरले चार करोड २२ […]

सेक्स गर्दा सानाे गल्तीले चर्चित गायक अशरमाथि ११ कराेड जरिवाना

अमेरिकाका चर्चित गायक अशर रेमन्ड चतुर्थ यतिबेला जवानीमा गरेकाे सानाे गल्तीकाे ठूलाे मुल्य चुकाइरहेका छन् । गायकीकै कारण चर्चित सेलिब्रिटी बनेका अशरका लाखाै फ्यानहरु छन् । उनका गर्लफ्रेन्डहरु पनि धेरै छन । उनले जीवनमा कतिसँग शारीरिक सम्बन्ध पनि राखे हाेलान । सबैभन्दा खुल्ला मानिएकाे अमेरिकी पश्चिमा संस्कारमा हुर्के बढेका एक गायकका जीवनमा ती केही ठूला […]

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

गोरखा, १३ साउन । सुत्केरी व्यथाले थलिएकी उत्तरी गोरखाको धार्चे गाउँपालिका केरौंजा गाउँकी २९ वर्षीया सरिता गुरुङको आज हेलिकोप्टरबाट उद्धार गरी राजधानी लगिएको छ । गाउँमा भरपर्दो प्रसूति सेवा नभएपछि हेलिकोप्टर चार्टर गरी गुरुङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । “सुत्केरी बेथाले थलिएकी गुरुङको हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल ल्यायाँैं । शल्यक्रिया गरी छोरा […]

सुख्खाग्रस्त जिल्लाको अध्ययन गर्न समिति गठन

काठमाडौँ, १३ साउन । कृषि विकास मन्त्रालयले यही साउनको दोस्रो सातासम्म पनि पानी नपरी सुक्खाग्रस्त बनेका जिल्लाको अध्ययन गर्न समिति गठन गरेको छ । तराईका २ नं प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा एवम् बाँके, दाङलगायत जिल्लामा सुक्खा भएर धान रोपाइँ हुन सकेको छैन । ती जिल्लाका समस्या समाधान गर्न जिल्ला […]

टाटा सुमो दुर्घटनामा चौध घाइते

पाँचथर, १३ साउन । सदरमुकाम फिदिम नगरपालिका–४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये रमिला खपाङ्गी र उनको शिशुका साथै चालक राईलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । फिदिमदेखि मेमेङतर्फ जाँदै गरेको मे१ज १८९२ नंको टाटा सुमो […]

गोकर्णमा सार्क राष्ट्रका कलाकारहरुकाे शिविर सुरु

काठमाडौँ, १३ साउन । काठमाडौंको गोकर्णमा सार्क कला शिविर भएको छ । सार्क क्षेत्रका कलाकारहरु सहभागी भएको शिविरमा बंगलादेशी कलाकार रिजाउन नावी बंगलादेशी कलालाई सार्कस्तरीय मञ्चमा प्रस्तुत गरेर सार्क देशबीचको मित्रतालाई अझ गाढा बनाउने ध्याउन्नमा छन । पहिलो पटक नेपाल टेकेकी भुटानी कलाकार तेन्जिङ योङचेर छोनी पेल्जोङ पनि भुटानको समसामयिक कलालाई पस्कने तरखरमा छन् । […]