सेक्स गर्दा सानाे गल्तीले चर्चित गायक अशरमाथि ११ कराेड जरिवाना

अमेरिकाका चर्चित गायक अशर रेमन्ड चतुर्थ यतिबेला जवानीमा गरेकाे सानाे गल्तीकाे ठूलाे मुल्य चुकाइरहेका छन् । गायकीकै कारण चर्चित सेलिब्रिटी बनेका अशरका लाखाै फ्यानहरु छन् । उनका गर्लफ्रेन्डहरु पनि धेरै छन । उनले जीवनमा कतिसँग शारीरिक सम्बन्ध पनि राखे हाेलान । सबैभन्दा खुल्ला मानिएकाे अमेरिकी पश्चिमा संस्कारमा हुर्के बढेका एक गायकका जीवनमा ती केही ठूला कुरा थिएनन । तर, एक महिलासँग राखेकाे शारीरिक सम्बन्ध भने निकै महङ्गाे सावित भयाे ।

गायक अशरले एक महिलासँग सेक्स गर्दा गरेकाे सानाे गल्तीका कारण अहिले अाएर ११ कराेड ३० लाख रुपैयाँ जरिवाना तिर्नुपरेकाे छ । गायक असर अमेरिककाे ठूलाे स्थापित अवार्ड मानिने ग्रामी अवार्ड ८ पटक जितेका गायक हुन् । युवाहरुमा उनकाे ठूलाे क्रेज छ । उनले सन् २००९ देखि २०१० का बीचमा एक महिलासँग गरेकाे सेक्सले अहिले उनीमाथि कारवाही गरिएकाे छ ।

उनले ती महिलासँग शारीरिक सम्बन्ध राख्दा कुनै सुरक्षित साधन प्रयाेग नगरेकाे वा सावधानी नअपनाएका कारण यस्ताे सजाय पाउनु परेकाे हाे । उनीसँग सम्भोग गरेकी महिलालाई रोग सारेको प्रमाणित भएपछि ठूलो रकम जरिवाना तिर्नुपरेको हो । केही अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार गायक अशरलाई सन् २००९–१० तिर यौन संक्रामक रोगको संक्रमण रहेछ । यौनांगमा हर्पेस भाइरसबाट संक्रमित उनले एक महिलासँग यौन सम्पर्क गर्ने क्रममा उक्त रोग महिलामा सारेकाे देखिएकाे हाे ।

नाम खुलासा नगर्ने शर्तमा ती पीडित महिलाले भनेकी छिन् की गायकसँगको सेक्सपछि उनमा स्वास्थ्य समस्या सुरु भयो । उक्त समस्या चेकजाँच गर्दा यौन रोग भएको पत्ता लाग्यो । जसका कारण उनी डिप्रेसनमा परिन ।

गायक अशरले ती महिलासँग असुरक्षित यौन सम्पर्क गरेर भाइरस सारेको बताइएको छ । गायक अशले उक्त घटनाबाट आफु त्रसित हुनुका साथै लज्जित पनि भएको अनौपचारिक रुपमा बताएका छन् ।

उनी ती महिलासँग सन् २०११ र २०१२ मा डेटिङमा मस्त थिए । सोही क्रममा उनले आफ्नोे यौनांगको पूरानो संक्रमण आफ्नी गर्लफ्रेण्डमा सारेका रहेछन् ।

Loading...