नेपाल–भारत संयुक्त टोलीद्वारा सीमाको सर्वेक्षण शुरु

कञ्चनपुर, १८ पुस । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले आजदेखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य थालेको हो । संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले बताए । गत […]

शाली नदीमा एकमहिने कठोर माधवनारायण ब्रत सुरु

शालीनदी, साँखु, १८ पुस । मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको […]

भूकम्पपीडितका लागि अाएकाे दुई करोडको राहत नष्ट

नुवाकोट, १८ पुस । जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ । विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो । विसं २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत […]

जाजरकोटदेखि रुकुम राडीसम्म सिधा यातायात सेवा सुरु

जाजरकोट, पुस १८ । जाजरकोट सदरमुकामदेखि रुकुमको आठबिसकोट नगरपालिकाको राडी बजारसम्म सीधा यातायात सेवा शुरु भएको छ । सोमबार जाजरकोट क्षेत्र नं ‘क’का नवनिर्वाचित प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा सिस्ने हिमाल यातायात समिति रुकुम र भेरी गंगा बस व्यावसायिक समिति जाजरकोटबीच भएको छलफलबाट आज बिहानदेखि धीधा यातायात सञ्चालन गर्ने सहमति भएको थियो । भेरी गंगा […]

जाडोले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

गौशाला, १८ पुस । महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताए । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् । […]

नारायणगढ–मुग्लिन सडक : रातिदेखि यातायात बन्द

चितवन, १८ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम […]

रानीपोखरीको पुनर्निर्माणबारे पाँचदिनभित्र सुझाव दिन सर्वसाधारणलाई आह्वान 

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग सुझाव मागेको छ । पाँच दिनको समय राखेर महानगरपालिकाले सर्वसाधारणसँग सुझाव मागेको हो । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ । सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्नेछन् । सर्वसाधारणले विज्ञ समूहको सचिवालय […]

चिसोले कठ्याङ्गिन थालेपछि नगरपालिकाले दियो दाउरा

कपिलवस्तु, १८ पुस । केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्र्रिने जाडोले जनजीवन प्रभावित भएसँगै यहाँको नगरपालिकाले दाउरा वितरण गर्न थालेको छ । जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको गुनासो आएसँगै यहाँको बुद्धभूमि नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँमा तीनदिनदेखि दाउरा वितरण गरिरहेको छ । इमिलिया, गोरुसिंहे, महेन्द्रकोट, बुड्डी, डुमरा चोक, हरिहरपुर, मानपुर […]

बाटो बन्द गर्नेलार्इ अश्रुग्यास हानेर प्रहरीले खुलायो जाम

बनेपा, १८ पुस । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, […]

नयाँ वर्षको पहिलो रात १७ हजार चालक मापसे कारबाहीमा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राति मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरू मध्ये अधिकांश महिला रहेका छन् । दिल्ली प्रहरीले मादक पदार्थ सेवन गरी […]