बचत समूहद्वारा विपन्न र असहाय परिवारलाई राहत

  कपिलवस्तुको शिवराज ५, दक्षिण रहटकोलस्थित बचत समूह तथा टोल सुधार समितिले स्थानीय अति बिपन्न श्रमिक एवं असहाय २९ घरधुरीलाई राहत वितरण गरेको छ । लकडाउनको चपेटामा परी दैनिक जीवनयापनमा समस्या भएका परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो । समूहका सदस्य तथा स्थानीय मनकारी मन भएका ब्यक्तित्वहरूको सहयोगमा विपन्न परिवारलाई राहत प्रदान गरिएको भू.पू. […]

शिवराजले नगरभित्रका १६ सय विपन्न श्रमिक तथा असहायलाई राहत बाँड्ने

शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका १६सय श्रमिक तथा असहायलाई राहत वितरण गर्ने तयारी गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ बमोजिम शिवराजले पहिलो चरणमा १६सय घरधुरीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । […]

चिनियाँ गरिबी निवारण कोष जनकपुरमा

चिनियाँ गरिबी निवारण कोषले जनकपुरमा हात धुने स्थलहरु सञ्चालनमा ल्याएको छ । काेषकाे  नेपालस्थित कार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जनकपुर उप- महानगरपालिकामा ह्यान्डवास स्टेसनहरु सञ्चालनमा ल्याएको हाे । जनकपुरमा मान्छेको धेरै भीडभाड हुने क्षेत्र, प्रहरी कार्यालय लगायतका विभिन्न सार्वजनिक स्थानमा शुक्रबार  हातको सरसफाईका लागि आवश्यक पर्ने पानी, ह्यान्ड स्यानिटाइजर लगायतका सामाग्री पर्याप्त मात्रामा राखिएको […]

विदेश यात्रा नै नगरेका व्यक्तिमा नेपालमा पहिलोपटक देखियो कोरोना संक्रमण

काठमाडौं, २२ चैत । नेपालमा पहिलोपटक एक स्थानीय महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको भेटिएको छ। भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषसँगै नेपालमा पहिलो पटक एक स्थानीय महिलामा पनि यो भाइरसको संक्रमण भेटिएको छ। धनगढीका ३४ वर्षीय संक्रमितकी भाउजूमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले […]

सशस्त्र प्रहरी र तस्करबीच गोली हानाहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच दोहोरो गोली हानहान भएको छ। मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूहसँँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न ३ः३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए। जंगलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन […]

दिल्ली धार्मिक सभामा सहभागी भएकाहरु लुकेर नेपाल आइपुगेको खुलासा

सप्तरी । भारतको नयाँ दिल्लीमा कोरोना भाइरस कोभिड १९ फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी भएका थप तीन जना सप्तरीमै फेला परेका छन् । योसँगै दिल्ली धार्मिक सभामा सप्तरीबाट सहभागिता जनाउनेको संख्या ६ पुगेको छ । पछिल्लो पटक फेला परेका तीनै जना सप्तरी सदरमुकाम राजविराजकै निवासी हुन् । दिल्ली धार्मिक सभामा सहभागी भई आफ्नो […]

चीनमा भन्दा अमेरिकामा धेरै मानिसको कोरोनाबाट मृत्यु

काठमाडौं, १९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ । चीन र युरोपपछि कोरोनाको […]

दिल्लीको एक धार्मिक कार्यक्रममा भेटिए सबैभन्दा बढी कोरोना संक्रमित, १९ जना नेपाली पनि भेटिए

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको एक धार्मिक कार्यक्रमबाट ठूलो संख्यामा कोरोना फैलिएको थाहा भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकजमा सहभागी भएका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ । उक्त धार्मिक कार्यक्रमा विभिन्न देशबाट धेरै ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । त्यसमध्ये १९ जना […]

कोरोनाबाट इटाली र स्पेनमा सबैभन्दा धेरै मृत्यु, विश्वभर मृत्यु हुनेमध्ये आधा भन्दा बढी संख्या यी २ देशमा

काठमाडाैं । नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ । विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ रहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १९ हजार ९८८, स्पेनमा ७ हजार ८४६, जर्मनीमा चार […]

एकै परिवारका ८ जनामा कोरोना भाइरस भएको पुष्टि

काठमाडाैं । भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । प्रदेश स्वास्थ्य विभागका अनुसार हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । भारतमा अहिलेसम्म […]