ओलीको धम्कीपछि प्रचण्डका सहयोगीले हटाए फेसबुक स्टाटस, के थियो एमालेलाई तरङ्गित पार्ने स्टाटस ?

काठमाडौं, २१ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया चलिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोपहरु लगाउदै लेखेको स्टाटस फेसबुकबाट हटाएका छन् । भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणको विषयलाई लिएर प्रचण्डका प्रेस संयोजक मनोहरी तिमल्सिनाले ओलीको चरित्रहत्या हुने गरी संगीन आरोप लगाएपछि […]

प्रचण्डलार्इ धम्की दिँदै ओलीले भने, ‘तिम्रा प्यादाले फेसबुकमा के लेखेको?’

काठमाडौं, २० माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसबारे एमालेमा चर्चाको विषय बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो विषयमा चाँसो देखाएका छन् । प्रचण्ड सचिवालयमा प्रेस संयोजनाको भूमिका निर्वाह गरिरहेका तिमिल्सिनाले एमाले अध्यक्ष ओलीलाई भारतको भक्त भएको बताउँदै महाकाली नदी बेच्ने सम्झौताको मुख्या […]

सुष्मालार्इ भेट्न ओलीलगायत सबै नेताहरुको होटेलमा लस्कर

काठमाडौं, २० माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलार्इ भेट्न वेटिङ प्राइमिनिस्टर मानिएका केपी अाेलीदेखि सबै दलका प्रमुख नेताहरु उनी बसेकाे हाेटलमा लाइन लागे । राष्ट्रियताकाे पक्षमा खुबै अडान लिए भनेर फुर्ती हाँकिरहने केपी अाेली त्याे लस्करकाे सबैभन्दा अगाडि थिए । छिमेकी देशकाे विदेशमन्त्री अाउँदा नेताहरुकाे लस्कर किन लाग्याे भन्ने जिज्ञासा सबैलार्इ लागेकाे छ । कालिमाटी […]

काठमाडौंको भैरवनाथ गणभित्र वम विष्फोट, घाइते ३ मध्ये २ गम्भीर

काठमाडौं १९ माघ । काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम बिस्फोट भएको छ । नेपाली सेनाले तालिम गर्ने क्रममा बम विस्फोट भएको र उक्त विस्फोट परी ३ जना सैनिक घाइते भएका सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् । विस्फोटबाट घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको महाराजगन्जको शिक्षण अस्पातालमा उपचार भइरहेको छ । […]

फेरि डबल डिलिङमा भारत: विदेशमन्त्रीको सदभाव, अर्थमन्त्रीको दबाब

काठमाडाैं, १९ माघ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ट सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ईच्छुक रहेको सन्देश दिएकी छिन । उनी अाेलीकै निमन्त्रणामा नेपाल अाएकाे बताइएकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा काठमाडौं अाएकी स्वराजले पहिलाे भेट नै ‘भावी प्रधानमन्त्री’का रूपमा […]

मुख्यमन्त्रीका लागि तीब्र दौडधुप, दावेदारहरुबीच आरोप प्रत्यारोप सुरु

काठमाडाैं, १९ माघ । प्रदेशका मुख्यमन्त्रीका लागि नेताहरुबीच हानथाप सुरु भएकाे छ । अहिले सबै दलभित्र मुख्यमन्त्रीकाे हिसाब सुरु हुन थालेकाे छ । साथै सम्भावित उम्मेदवारहरुबीच अाराेप प्रत्याराेप पनि सुरु भएकाे छ । मुख्यमन्त्रीकाे टुङ्गाे नलागे पनि प्रदेश सभाका बैठक भने सम्पन्न भएका छन् । यसैबीच तीन नम्बर प्रदेश सभाकाे बैठकले माघ २७ मा सभामुख […]

कार्यालय भवन मर्मत गर्नमै सात करोड खर्च

मोरङ, १८ माघ । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि सात करोड विनियोजन गरिएको छ । प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताए । प्रदेश नं […]

उदारवादको तीब्र पतनका बीच वर्ल्ड इकोनोमिक फोरम

गत वर्ष यस फोरममा चिनियाँ राष्ट्रपतिको उपस्थिति थियो । यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोन, बेलायतकी प्रधानमन्त्री थेरेसा मे, जिम्बावियन राष्ट्रपति एमर्सन मानागुवाजस्ता हस्तीहरू विभिन्न बैठकमा उपस्थित भए । विगतका वर्षहरूमाझैँ यसपटक पनि सुन्दा मीठो लाग्ने “विभाजित संसारमा हिस्सा निर्माणको भविष्य” फोरमको मुख्य शीर्षक थियो । अन्य विषयगत […]

अमेरिकामा चीनको प्रभाव बढेको सिआर्इएको गोप्य रिपोर्ट

एजेन्सी । अमेरिकी केन्द्रीय जाँच ब्युरो (सीआईए) ले पश्चिमा मुलुकमा हालैका दिनमा बढदै गएको चिनियाँँ चासो र प्रभाव रूसको जस्तै भएको जनाएको छ । सीआईए प्रमुख माइक पोम्पियोले मंगलबार बीबीसीसँगको टेलिभिजनमा ‘अमेरिकामा रूसको भन्दा चिनियाँ प्रभाव बढ्दै गएकाले दुवै देशबाट उस्तै खतरा रहेको’ बताएका हुन् । उनले अमेरिकी व्यापारिक सूचना चोर्न गरिएको प्रयास र विद्यालय तथा क्याम्पसहरूमा […]

यसरी गरे माओवादी केन्द्रका नेताहरुले सहिद वेपत्ताको करोडौ रकम हिनामिना

Maoist-Office

पाेखरा, १६ माघ । कास्कीको पोखरा स्थित नयाँ बजारमा रहेको गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी सस्था लिमिटेटले शहिद बेपत्ता अक्षयकोषको सवा करोड रकम हिनामिना गरेको खुलासा भएको छ । शहिद बेपत्ता अक्षयकोष मार्फत पोखरामा शहिद मेमोरियल आवासीय माध्यमिक विद्यालयका तर्फबाट उक्त सहकारीको मुद्दती खातामा जम्मा गरिएको १ करोड भन्दा बढी रकम फिर्ता नगरेको भन्दै नेपाल कम्युनिष्ट […]