सांसदमाथि यस्तो नत्थी लगाइदै, नियम नमाने १५ दिन निलम्बन गरिने

काठमाडाैं, २२ फागुन । संसद चलिरहेका बेला सांसदहरुले गर्ने व्यवहारमाथि व्यापक प्रश्न उठेपछि कडा नियम ल्याइएकाे छ । संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउनेलगायत दर्जनौं नियमले बाँधेर […]

लालबाबुको मन्त्रालय रातारात गायव, कार्यकक्ष बाहिर अर्को बोर्ड टाँसिएपछि लालवावु दङ्ग

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरणमन्त्री नियुक्त भए । कार्यभार सम्हालेलगत्तै उनले उपत्यकामा मुख छोपेर हिँड्ने दिनको अन्त्य गर्ने घोषणा गरे । लगत्तै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरेको भन्दै विभिन्न उद्योग र कम्पनीलाई जरिमाना पनि तिराए। पदभार ग्रहणलगत्तै सकारात्मक चर्चा बटुलेका मन्त्री […]

प्रधानन्यायाधिश पराजुली एसएलसी परीक्षामै फेल भएको यस्तो भेटियो प्रमाण

काठमाडाैं, २१ फागुन । ‘चितवनको शारदा विद्यालयबाट प्रवेशिका अनुत्तीर्ण भएकोमा किन उत्तीर्ण भनी लेखियो र झुक्याउने गरी त्यसैमा किन वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठको सिम्बोल नं. राखियो ?’ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका सम्बन्धमा हालसम्म विवादरहित तथ्य हो, उनले चितवनको शारदा माविबाट हाईस्कुलको परीक्षा दिएका थिए । तर त्यसमा उनी पास भए कि फेल ? परस्पर बाझिने तथ्य […]

सेल्फीमय संसद बैठक: संघीय संसदको पहिलो बैठकमा देखिए अनौठा र रोचक दृष्यहरु

कम्युनिस्टहरुले संसदलार्इ गफ गर्ने थलाे मान्छन । याे कुनै पनि हालतमा जनपक्षीय हुनसक्दैन, गफमा भुलाएर पुँजीवादीहरुले अाफ्नाे स्वार्थपूर्ती गर्ने थलाे प्रयाेग गर्छन भन्ने भनार्इ कम्युनिस्टहरुकाे छ । यद्यपी नेपालमा भने संसदभित्र अाफूलार्इ कम्युनिस्ट भन्नेहरुकै बहुमत छ । त्याे पनि सामान्य हाेइन झन्डै दुर्इ तिहाइ । त्यसमा पनि अहिलेकाे संसदमा लेनिनवाद मान्नेहरु करिव दुर्इ तिहार्इकाे संख्यामा […]

सरकारले विनाकारण विद्यार्थी पक्राउ गरेका कारण क्रान्तिकारीको शैक्षिक हड्ताल

काठमाडौं, २० फागुन । सरकारले विनाकारण देशभर विद्यार्थीहरुलार्इ गिरफ्तार गर्दै लामाे समय हिरासतमा राख्ने गरेकाे भन्दै अाज अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल अाह्वान गरेकाे छ ।  नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अाह्वानमा अाज आइतबार घाेषणा गरेकाे शैक्षिक हड्तालका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । साे संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर थुप्रै […]

कर्णालीको प्रदेश सभाले बनायो चार समिति

सुर्खेत, २० फागुन । कर्णाली प्रदेश सभामा चारवटा समिति बनाउने तयारी गरिएकोे छ । प्रदेश सभा नियमावली २०७४ को मस्यौदा समितिले सहमतिमै सभामुखलाई बुझाउने प्रतिवेदन तयार गर्न लागेको जनाएको छ । ११ फागुनमा माओवादी सांसद सीता नेपालीको नेतृत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । मस्यौदा समितिले २६ फागुनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । समितिमा एमालेबाट […]

किन लागे लालबाबु पण्डित युरो ४ का पछि, युरो ४ भन्दा कमका गाडी पूर्ण प्रतिबन्ध लगाउने तयारी

काठमाडाैं । सरकारले प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले युरो ४ भन्दा कम मापदण्डका सवारीसाधन आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बढी प्रदूषण फाल्ने सवारीसाधन नियन्त्रण गर्न कम्तीमा युरो ४ मापदण्डको गाडी मात्रै आयात गर्न दिने व्यवस्था लागू गर्ने गृहकार्य अघि बढाएका हुन् । युरो ४ मापदण्डको प्रविधि भएको गाडीले फाल्ने […]

देउवामाथि आफ्नैबाट अहिलेसम्मकै ठूलो झड्का, देउवाको पद खोस्ने यस्तो तयारी

Sher Bahadur Deuba

काठमाडाै, १९ फागुन । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवाभोजमा सभापति देउवा र […]

उपेन्द्रले एमालेपछिको दोस्रो बरियतासहित माकेभन्दा बढी पावर मागे

काठमाडाैं, १९ फागुन । एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच मंसिरको अन्तिम साता सुरु भएको सत्ता बाँडफाँडको छलफलले आइतबारसम्ममा निकास पाउने भएको छ। दुई पार्टीबीच बाँडफाँडको टुंगो लागेपछि प्रधानमन्त्री ओली आइतबार नै सरकारलाई पूर्णता दिने तयारीमा छन्। फोरमले मन्त्रिपरिषदमा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक […]

प्रम केपीलार्इ मधेश पाइला टेके दुर्व्यवहार गर्ने राजपाको चेतावनी

काठमाडाैं, १९ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता मनिष सुमनले प्रधानमन्त्री केपी ओली तराई/मधेस झरे दुर्व्यवहार हुने चेतावनी दिएका छन् । रिर्पोटर्स क्लबले शुक्रबार आयोजित कार्यक्रममा नेता सुमानले संविधान नै विभेदपूर्ण रहेकाले प्रधानमन्त्री मधेस झर्दा अफ्ठेरो पर्ने बताए । ‘अहिले मधेसको भू–भागमा प्रधानमन्त्री गए त्यहाँ जनतबाट दुर्वव्यवहार हुन सक्छ’, उनले भने, ‘देशको पूरै […]