निर्मला हत्यामा एसपी विष्ट र डिएसपी जिसीविरुद्ध पक्राउ पुर्जी जारी

कञ्चनपुर, १ चैत्र । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अन्ततः नेपाल प्रहरीका तत्कालीन कञ्चनपुर प्रमुख एसपी डिल्लीराज विष्टकै विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्टका साथमा प्रहरीका डीएसपी अंगुर जीसीका विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्ट र डीएसपी जीसीलाई पक्राउ गर्न कञ्चनपुर जिल्ला अदालतले पुर्जी जारी गरेको हो […]

बन्दमा चलेका सवारीसाधनमाथि ठाउँ–ठाउँमा तोडफोड, आगजनी र बम (अपडेट)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दकाका कारण पुरै देशको जनजीवन ठप्प बनेको छ । राजधानी काठमाडौंसहित, पोखरा, हेटौंडा, बिराटनगर, धरान, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, डडेलधुरा लगायत पश्चिम नेपालका मुख्य सहरहरु बन्द रहेका छन् । बन्दका कारण देशभर बिहानी सेवाका यातायात तथा शैक्षिक सस्थाहरु ठप्प बनेका छन् । काठमाडौंमा फ्याट्टफुट्टरुपमा मोटरसाइकल र […]

विप्लवमाथि प्रतिबन्ध लगाएर सरकार आफै युद्ध उन्मुख भयोः आहुति

काठमाडौं, २९ फागुन । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी निर्माणका निम्ति वैचारिक राजनीतिक तथा सामाजिक अभियान समितिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेर सरकार आफै युद्ध उन्मुख भएको ठहर गरेको छ। संयोजक आहुतिले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले आफ्नो अक्षम अस्तित्वलाई ठाकछोप गर्न नै नेकपामाथि प्रतिबन्धको घातक नाटक सुरु गरेको उल्लेख […]

विप्लवी ईगो र दुश्मनी बादल हुँदै ओली-प्रचण्डसम्म

जनयुद्धका सुरुवाती दिनहरुमा बादलको खुबै चर्चा हुन्थ्यो । सैन्य बिज्ञानमा पोख्त, ईन्जिनियर बादलले माओवादी सेनाको गठन, तालिममा उच्च योगदान भएको कुरा सुनिन्थ्यो । चाहे सेनाको निर्माण सम्बन्धमा होस वा यौन प्रकरणमा उनी सधै चर्चामै रहे । युद्धको विकास सँगसँगै माओवादीमा विप्लव, प्रभाकर, अनन्त आदिको पकड र नेतृत्व विकास हुँदै गएपछि चाहिँ बादल अलि छायामा पर्दै […]

कोठा नम्बर ५ बाट उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

बारा, २९ फागुन । सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष जयन्त कुसवाहा पक्राउ परेका छन् । प्रहरीले कुसवाहलाई बाराकै निजगढमा रहेकाे एक हाेटलबाट बुधबार पक्राउ गरेको हाे । निजगढ-९ मा रहेकाे गुरुङ होटेलको कोठा नम्बर ५ बाट उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कलैयामा ल्याइएको छ । घटनास्थल निजगढ सिम्रौनगढबाट ४० किमि उत्तरमा पर्छ ।सिम्रौनगढ नगरपालिकाकी […]

नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति मोहन बैद्य आक्रोशित

काठमाडौं, २९ फागुन । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । अध्यक्ष मोहन बैद्यले काठमाडौंको बुद्धनगरमा पार्टीको बैठकमा उक्त आक्रोश व्यक्त गरेका हुन् । बैठकमा बैद्यले सरकार फासिवादी शैलीमा अघि बढेको भन्दै आक्रोश व्यक्त गरेको एक नेताले बताए । सो बैठकले सरकारको निर्णयको […]

विप्लवमाथि प्रतिबन्ध पार्टीमा सल्लाह नै नगरेर लगाएको भन्दै माधव नेपालले जनाए आपत्ती

काठमाडौं, २९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति धेरैले आपत्ती जनाएका छन् । यसैक्रममा सरकारको नेतृत्व गरिरहेको दल नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारको निर्णयप्रति आपत्ती जनाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता नेपालले सो कुरा बताएका हुन् । नेता नेपालले पार्टीमा […]

प्रतिबन्धको विरोध गर्दै बाबुरामले भने, यसबाट केपी, प्रचण्ड र विप्लव सबै समाप्त हुन सक्छन्

काठमाडौ, २९ फागुन । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन्। कार्ल मार्क्सको एक भनाई उध्दृत गर्दै र सरकारको निर्णयलाई ‘बिडम्बनापूर्ण’ भन्दै डा भट्टराईले बिप्लब समूहलाई प्रतिबन्ध लगाउने निर्णयको सांकेतिक विरोध गरेका हुन्। सोमबार मध्यरातमा आफ्नो फेसबुकको वालमा भट्टराईले लेखेका छन्, ‘मार्क्सले […]

लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार पदका लागि विज्ञापन आह्वान

काठमाडौं, २९ फागुन । लोकसेवा आयोगले राजपत्र अतंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहको पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार धनकुटा, इलाम, खोटाङ, जलेश्वर काठमाडौ, हेटौडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला , दीपायल र […]

लात्तीले हानेर साथीको हत्या गर्ने थापा पक्राउ

काठमाडौ, २९ फागुन । महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई/तीन […]