‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं’

दुल्लू ।  “तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ । कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि […]

कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ

वीरगन्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको देशव्यापी लकडाउनका बेला सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार काठमाडौंमा सामान झारेर फर्किएको ना ५ ख ९५५२ नम्बरको लरीको कन्टेनरमा लुकेर आएका यात्रुलाई प्रहरीले […]

अमेरिकामा कोरोना संक्रमित नेपालीको मृत्यु, तीन संक्रमित

न्यूयोर्क । कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताए । नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु २० वर्षदेखि अमेरिकामा बासोबास गर्दै आएका थिए। लिम्बुका श्रीमती, दुई छोरा र […]

कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स भन्छिन्, ‘पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो। दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार […]

नेपाल-भारत सीमामा अलपत्र परेकाहरू नेपाल प्रवेश

काठमाडौं । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ । भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं […]

सप्तरीमा ‘लकडाउन’ उल्लंघन भएपछि सेना परिचालन

काठमाडौँ । भारतबाट नेपाल प्रवेश गर्ने राजविराजलगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत भएको भन्दै सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गरे। उनका अनुसार नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय […]

कपिलवस्तुमा निषेधाज्ञा जारी

 जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा निषेधाज्ञा (कफ्र्यू) जारी गरेको छ । विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन सरकारले मंगलबार विहान ६ बजेदेखि ‘लकडाउन’ जारी गरेपनि खुल्ला सिमानाका कारण सम्भव नभएपछि कपिलवस्तुमा निषेधाज्ञा जारी गरेको हो । मानिसहरुलाई भीडभाड नगर्न भनेपनि अटेरी बढेपछि निषेधाज्ञा जारी गर्न प्रशासन बाध्य भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्वारा […]

घरबाट निस्कन नपाइने, लकडाउन उल्लंघन गरे ६ महिना कैद

काठमाडौं । कोरोना भाइरसकाे संक्रमण रोक्न सरकारले अाज चैत ११ गतेदेखि चैत १८ गतेसम्म देशलाई ‘लकडाउन’ गरेको छ । याे अवधिमा देशभर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ । लकडाउन उलंघन गरे ६ महिना कैद सजाय हुन सक्ने बताइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले […]

कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक(नामावली सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले कोरोनाको कारण एसइइ परीक्षा स्थगित गरेपनि आइतवार कक्षा ११ र १२ को भने परीक्षा केन्द्र सार्वजनिक गरेको हो । डडेल्धुरा धनगडी सुर्खेत दाङ  नेपालगंज बुटवल पोखरा काठमाडौं हेटौडा जनकपुर लहान बिराटनगर  

भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन, बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

काठमाडौँ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।  समितिको  बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको […]