११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो […]

न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित

एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् । अधिकांश मतगणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको दलले ६४ सिट ल्याउने अनुमान छ । जुनसंसदमा बहुमतका लागि पर्याप्त हुन्छ । विपक्षी मध्यपन्थी दल नेशनल पार्टीले २७ प्रतिशत […]

काठमाडौं उपत्यकामा थपिए १७४६ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]

टाउको काटेर शिक्षकको हत्या

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा टाउको काटेर शिक्षकको हत्या भएको छ। स्थानीय समय अनुसार शुक्रबार साँझ ५ बजेतिर आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो । आक्रमणकारी भागेपछि मात्रै स्थानीय प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले आक्रमणकारीलाई पनि गोली हानी मारेको छ। आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन। फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार […]

देशभर ३१६७ संक्रमित थपिदा काठमाडौंमा १७४६ जनामा कोरोना संक्रमण

काठमाडौं, १ कार्तिक । शनिवार नेपालमा ३१६७ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका प्रयोगशालामा १५४३८ नमुना परीक्षण गर्दा पछिल्लो २४ घन्टामा ११६० महिला र २००७ पुरुष गरी ३१६७ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । संक्रमित मध्ये सबैभन्दा बढी ५० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाकै छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी […]

बलत्कारी संगठन नै खोलेर फेसबुकमा बलत्कार गर्न जाँदैछु भनेर लेख्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साईबर ब्युरोको टोलीले नविन बस्नेतलाई पक्राउ गरेको हो। उनी नवलपरासीकै हुन्। ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमा उनले उक्त स्टाटस लेखेको ब्युरोको प्रमुख नविन्द अर्यालले जानकारी दिए। ‘उक्त फेसबुक ग्रुपमा उनको भूमिका के थियो […]

उपत्यकामा शुक्रबार भेटिए २४०२ जना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप २ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १७८४,ललितपुरका ३७४ तथा भक्तपुरका २४४ जनामा संक्रमण पुष्टि भएको हो। शुक्रबार देशभर ४ हजार ३९२ जना कोरोना संक्रमण पुष्टि भएको छ।

प्रहरीमाथि गोली चलाउने चार सार्वजनिक

वीरगञ्ज । प्रहरीमाथि गोली चलाउने चारजनालाई पक्राउ गरी पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। प्रहरीमाथि गोली चलाउने पर्साको ठोरी गाउँपालिका ४ निवासी ३५ वर्षका कुमार लामा, वर्ष ३८ को सुन बहादुर लामा, वर्ष ३६ को बाबुराम लामा र वर्ष २७ का अमन लामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। अवैध सामान तस्करी भइरहेको सूचनाको आधारमा […]

कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि […]

मापसे गरेकी एक आमाले डेढ वर्षको छोरोसहित राप्तीमा हाम फालिन

काठमाडौं, ३० असोज । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको टोलीले […]