३३ किलो सुनकाण्डका अर्का अभियुक्त घलेद्वारा आत्मसमर्पण

काठमाडौं । तस्करीको ३३ किलो सुन र समन शाक्य हत्याकाण्डका फरार अभियुक्त छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन्। उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए। आत्मसमर्पण गरेका घलेको अदालतमा बयान सुरु भइसकेको छ । तस्करीको सबै व्यवस्था मिलाउने  घले लगानीकर्ता मध्येका भुजुङ गुरुङका सालो हुन् ।  घलेले नै […]

के तपार्इ वराेजगार हुनुहुन्छ ? नेपाल प्रहरीले माग्यो आठ हजार थप दरबन्दी

काठमाडौं, २० जेठ । नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो । प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट […]

घर नै नबनार्इ कर्मचारीलार्इ घुस खुवाएर सरकारी पैसा हजम

काभ्रे, २० जेठ । इन्जिनियरको बदमासीले काभ्रेको डाँडापारीमा घर नबनाइ दोस्रो किस्ताको लागि नाम निस्केको खुलासा भएको छ । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–४ डाँडागाउँमा घरै नबनाइ दोस्रो किस्ताको रकम निकासा भएको खुलेको हो । स्थानीयहरूसँग पैसा लिएर दोश्रो किस्ताको लागि रकम निकासा गरिदिन्छु भन्दै वडा नं ४ हेर्ने प्राविधिक हर्ष बमले एउटा घरको ५ […]

आयल निगमले फेरि बढायो इन्धनको मुल्य, पेट्रोलको मुल्य फेरि पुग्यो ११३

काठमाडौं , २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँ मूल्य बढाएको हो। त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपैयाँ बढेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर […]

चुनढुंगा खानीमा नेकपाले गर्रयो यस्तो कारवाही

चितवन, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ । शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेर […]

चुनढुंगा खानीमाथि नेकपाको ‘जनकारवाही’, ५ कारण र क्षतिको बिबरणसहित

चितवन । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ । शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेर लाखौंको […]

विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्रीको कुर्सी नै धरापमा

काठमाडौं ।  स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ । […]

धुर्मुस–सुन्तलीले के चर्को चन्दा उठाएकै हुन् ? किन लगायो सरकारले धुर्मुस–सुन्तलीलार्इ चन्दा उठाउन रोक ?

काठमाडौं, १८ जेठ । विभिन्न सामाजिक काममार्फत चर्चाकाे शिखरमा पुगेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विर अस्पतालकाे सरसफार्इमा अाएर विवादमा परेका छन् । विरअस्पतालकाे पूरै अनुहार फेर्ने भन्दै कम्मर कसेर लागेकाे ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले चन्दा उठाएकाे अाराेप लागेकाे छ । बाहिर उठ्ने सामान्य अालाेचना र अाराेप त छँदै थिए त्यसमाथि सरकारले नै उक्त […]

घरसँगै आगोले श्रीमती पनि जलाइदिएपछि कर्णबहादुर यसरी भक्कानिए

दाङ, १७ जेठ । दाङको गढवा गाउँपालिका वडा नं. ३ सुपैलाका कर्णबहादुर रावत मंगलबार बेलुका गाउँ घुम्न निस्किए । मजदुरी गरेर जीविका चलाउँदै आएका कर्णबहादुर घर बाट निस्कँदा श्रीमती लक्ष्मी रावतलाई खाना बनाउन भनेका थिए । तर, राति ९ बजे घर फर्कदा कर्णबहादुरले घर जलिरहेको देखे । त्यही आगोमा श्रीमती लक्ष्मी रावतको जलेर मृत्यु भयो […]

गोली हानेर हत्या गरिएका पत्रकार २४ घण्टामा जब दुरुस्तै घर फर्किए

काठमाडाैं । रुसका चर्चित खोज पत्रकार अर्काडी बबचेन्कोको हत्या भएको खबर झुठ साबित भएको छ । पछिल्लो जानकारी अनुसार युक्रेनले एक योजना अन्तर्गत मंगलबार पत्रकार अर्काडी बबचेन्को हत्या भएको सम्बन्धी झुठो खबर फैलाएको थियो । मंगलबार अबेर ४१ वर्षका पत्रकार अर्काडी बबचेन्को युक्रेनको राजधानी किएभमा गोली हानी हत्या भएको खबर आएको थियो । त्यसमा भनिएको […]