राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोगमा अनुसन्धान गरिदै

काठमाडौं, २५ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार […]

एमाले–माके मिलेर काँग्रेसका सबै उम्मेदवारलाई यसरी पराजित गरे

सुर्खेत, २५ माघ । राष्ट्रियसभा सदस्यका निर्वाचनमा नेपाली काँग्रेसका सबै उम्मेदवार पराजित भएका छन् । बुधबार सम्पन्‍न चुनामा प्रदेश नम्बर ६ मा सबै एमाले र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमाले-माके गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार […]

प्रदेश जान मान्दै मानेननन् कमाउ अड्डाका कर्मचारी

काठमाडाैं, २५ माघ – सरकारले प्रदेशमा सरुवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन् ।  सामान्य प्रशासन मन्त्रालय स्राेतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक राेजगार, श्रम, मालपाेतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले अाफ्नाे सरुवा राेक्न दबाब दिन थालेका हुन् । सामान्य प्रशासन मन्त्रालयले भने निर्णयबाट पछि नहट्ने जनाएकाे छ । सामान्य […]

नेकपा र क्रान्तिकारी माओवादीको संयुक्त कार्यक्रमको घोषणा

दैलेख, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले पहिलो पटक संयुक्त विज्ञप्ति निकालेका छन् । नेकपा दैलेखका इन्चार्ज विवेक र क्रान्तिकारी माओवादीका सेक्रेटरी/इन्चार्ज प्रकाशउर्जाले बुधबार संयुक्त रुपमा शुभकामना सन्देश जारी गरेर जनयुद्ध दिवस सँगै मनाउने घोषणा गरेका छन् । २३ अौं जनयुद्ध दिवसको अवसरमा फागुन १ गते दैलेख बजारमा चियापान तथा […]

६ करोडको लागतमा निर्मित नमूना बस्ती धुर्मुस सुन्तलीले हस्तान्तरण गरे

रौतहट, २४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरेकी छिन् । मंगलबार रौतहटको चन्द्रपुर–८ सन्तपुरमा निर्माण सम्पन्न भएको एकीकृत नमुना बस्तीको उद्घाटनपछि राष्ट्रपतिले साँचो हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अनुकरणीय कामको आफूले मात्र नभई देशले नै प्रशंसा गरेको बताइन् […]

आठ महिनाभित्र भारतबाट बर्दिबाससम्म रेल आइपुग्ने, यस्तो छ तयारी

जनकपुरधाम, २४ माघ । अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ । जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ । जयनगरबाट प्रदेश २ को राजधानी […]

विवाह गर्न नमानेपछि बलात्कार मुद्दा

काठमाडौं, २४ माघ । विवाह गर्न वाचा तोडेपछि रौतहट विश्रामपुरका २९ वर्षीय अशोक गुप्ता बलात्कार तथा शरीर बन्धकको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् । गुप्ताले २२ वर्षीया युवतीसँग विवाह गर्ने वाचा तोडेका थिए । त्यस लगत्तै युवतीले गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएकी थिइन् । जाहेरीपछि गुप्तालाई प्रहरीले प्रक्राउ गरेको छ। उनी […]

एकताबारे प्रभाकरको खुलासा : ‘औपचारिकतामा मात्र बाकी छ’

सुर्खेत । एमाले-माओबादी केन्द्रको एकता नहुने आशंका भैरहदा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पार्टी एकता भैसकेको दावी गर्दै केहि प्राविधिक कुरा मात्र बाकी रहेकोले औपचारिकतामा घोषणा नगरिएको बताएका छन । मंगलवार प्रेस सेन्टरको ६ नम्बर प्रदेशद्वारा आयोजित कार्यक्रममा नेता प्रभाकरले वास्तविक एकता भैसकेको र अब एकता घोषणा हुन मात्र बाँकी […]

अर्बौ भ्रष्टाचार काण्डका नार्इके चुडामणी शर्माको घरमा नेकपाले गर्यो तोडफोड (फोटाहरुसहित)

काठमाडौँ, २३ माघ । अर्बाै रकम भ्रष्टाचार गरेकाे अाराेप लागेका चुडामणी शर्माकाे घरमा नेपाल कम्युनिष्ट पार्टीले तोडफोड गरेको छ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता र स्थानीयले तोडफोड गरेका हुन् । सयाै कार्यकर्ता र जनतासहित चुडामणीकाे घरमा पुगेका नेकपाकाे टाेलीले शर्माकाे अाक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका […]

भातमा पनि भारतकै भर

बीरगंज । भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् । एक वर्षयता केही उद्योगले भारतबाट चामल […]