अख्तियारले समात्यो २८ जनालार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ

सुर्खेत, २० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले अहिले ५ सय ३ वटा उजुरीको अनुसन्धान गरिरहेको बताएको छ । चालू आर्थिक वर्षको ४ महिनामा परेका ३ सय २३ वटा र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ८० उजुरीमाथी आयोगले अनुसन्धान गरिरहेको छ । आयोगमा परेका उजुरी मध्ये सवैभन्दा सुर्खेत र कम […]

कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं, ९ मंसिर । सुर्खेत । कर्णाली विकास अायाेगका पदाधिकारीले पद तथा गाेपनियताकाे सपथ खाएका छन् । आयोगका नवनियुक्त उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी, सदस्य डा. दिपेन्द्र रोकाय र योगेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार पद तथा गोपनीयतको शपथ खुवाएका हुन्। अायाेगले अब कर्णाली प्रदेश विकासकाे विस्तृत खाका तयार गर्ने गरी काम अगाडि बढाउने बताइएकाे छ […]

प्रदर्शनी मार्ग कब्जा गरेर नेकपाले गर्यो विशाल जनसभा

काठमाडाैं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले अाज काठमाडाैंमा विशाल जनप्रदर्शन गरेकाे छ । देशभरबाट ठूलाे संख्यामा अाएका जनताकाे जनसागरबीच नेकपाले काठमाडाैैकाे प्रदर्शनी मार्गस्थित राेडमा नै जनसभा सम्पन्न भएकाे हाे । बाल्मिकी क्याम्पस अगाडि सडकमै बनाइएकाे मञ्चदेखि नेपाल पर्यटन बाेर्ड पछाडिकाे सडक पूरै ढाकिएकाे जनसागरलार्इ नेकपाका नेतासहित केही अन्य पार्टीका नेताहरुले पनि सम्वाेधन गरे । […]

निगमले किनेको ब्रान्ड न्यू वाइडवडी जहाज तीन महिनामै बिग्रेर ब्रेक सिस्टम फेर्ने अवस्थामा

NAC-New-Aircraft

काठमाडौं । नेपाल वायुसेवा निगमकाे विवादित वाइडवडी विमानमा उकपछि अर्काे समस्या अाउन थालेका छन् । निगमका अधिकारीले ब्रान्ड न्यू विमान किनेकाे भनेर दावी गरिरहेे पनि त्यसमाथि अाशंका निस्किरहेका बेला विमानकाे ब्रेक सिस्टम बिग्रेर फेर्नु नै पर्ने स्थितिमा पुगेकाे छ । साेही कारण अहिले निगमकाे अन्नपूर्ण नाम दिइएकाे वाइडवडी विमान १३ दिनदेखि ग्राउन्डेड छ । कलसाइन […]

डोल्पा बल्ल जोडियो राष्ट्रिय सडक सञ्जालमा, जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने काम सम्पन्न

डाेल्पा । हिमाली जिल्ला डोल्पा राष्ट्रिय सड्क सञ्जालमा जोडिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट-डोल्पा सडकको उद्घाटन गरे। जाजरकोटको पासगाडबाट त्रिपुराकोटसम्मको १ सय ३ दशमलव ४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलेसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। सडक सञ्जालमा जोडिए पछि डोल्पा आर्थिक सम्वृद्धितर्फ लम्कने उपप्रधानमन्त्री पोखरलेले बताए। सुन सिरानीमा राखेर नुन खोज्ने […]

पाँच क्षेत्रमा लगानी गरे नेपालले ठूलो आर्थिक बृद्धि गर्ने विश्व बैंकको निष्कर्ष

काठमाडाैं । नेपालले निजी लगानीलाई पाँच क्षेत्रमा प्रोत्साहित गरे आर्थिक वृद्धिमा सघाउ पुग्ने निजी क्षेत्रमा लगानी गर्ने विश्व बैकको संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले जनाएको छ । नेपालमा निजी क्षेत्रमार्फत् ८० करोड अमेरिकी डलर (करिब ९० अर्ब रुपैयाँ) लगानी गर्ने भन्दै आईएफसीले नेपालमा पर्यटन, जलविद्युत्, कृषिजन्य उपजका व्यापारका अतिरिक्त सूचना प्रविधिको क्षेत्रमा लगानीको उच्च सम्भावना […]

सुगतरत्न के फेरि जेल जालान ? नेपाल एयरलाइन्समा फेरि अर्को काण्ड

काठमाडौं, २८ कार्तिक । सुगतरत्न कंसाकार नेपाल बायु सेवा निगममा मनाेमानी गरेर एक समय जेल गएका थिए । भलै अनेक गरेर उनलार्इ अदालतले त्याे बेला सफाइ दियाे । तिनै कंसाकार फेरि नेताहरुलार्इ फकाएर त्यही निगममा फर्किए उही पाेष्टमा । नानीदेखि लागेकाे बानी भनेझै फेरि कंसाकारले त्याे भन्दा ठूलाे काण्ड घटाएकाे चर्चाले बजार तताएकाे छ । […]

प्रचण्ड बादलको भाइरल फोटो, तातोपानीमा दुर्इजना खुसुक्क यसरी डुबे

म्याग्दी, २७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीकाे बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्। पत्नी सीता, छोरी गंगा सहित परिवारका सदस्यलाई लिएर दाहाल ताताेपानी पुगेका थिए। भारत, सिंगापुर थाईल्याण्डका अस्पतालकाे उपचारबाट समेत सन्चो नभएपछि कुण्डमा स्नान र जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् […]

पार्टी अध्यक्षकै विरुद्ध नेताहरु मोर्चाबन्दीमा लागेपछि यस्तो भाँडभैलो सुरु

काठमाडौं, २५ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै पार्टीका अन्य नेताहरूले ठाकुरविरुद्ध मोर्चाबन्दी सुरू गरेका छन्। ठाकुरले केही दिनअघि मात्र ४ महासचिव र २ सहमहासचिव सुटुक्क नियुक्त गरेका थिए। यसअघि उनले विनोद सिंहलाई सुटुक्क महासचिमा नियुक्त गरेका थिए। राजपामा यसअघि २८ जना महासचिव हुँदा हुँदै अरु […]

बामदेवले ओलीलाई भने, चुनावमा जारी गरिएको घोषणापत्र दोहोरयाएर पढ्नुस

काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले नेता गौतमको निवासमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् । […]