साढे चार करोड भोट पाएर बुद्ध लामा बने पहिलाे नेपाल आइडल

काठमाडाैं, ७ असाेज । बुद्ध लामा अन्तत: नेपाल अाइडल बनेका छन् । गएराती कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा बुद्ध लामालार्इ नेपाल अाइडल घाेषणा गरिएकाे हाे ।अन्य दुर्इ प्रतिस्पर्धी निशाल भट्टरार्इ र प्रताप दासलार्इ पछाडि पार्दै बुद्ध पहिलाे नेपाल अार्इडल बन्न सफल भएका हुन् । नेपाल अाइडलले अन्तिम प्रतिस्पर्धा कतारमा गराएकाे थियाे । […]

धुर्मुसले अाफ्नाे जन्मदिनमा गरे बाढीपीडितका लागि नमूना वस्तीकाे शिलन्यास

राैतहट, ४ असाेज । चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर अर्काे नमूना वस्तीकाे शिलन्यास गरेका छन् । उनले रौतहटका बाढीपिडितहरुका लागि एकीकृत नमूना सन्तपुर बस्तीको शिलान्यास गरेका हुन् । चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो । बुधबार बिहान […]

नायक सलमानले पाए बेलायतको ग्लोबल डायभर्सिटी अवार्ड

बलिउडका चर्चित नायक सलमान खानले ‘ग्लोबल डायभर्सिटी अवार्ड पाएका छन । उनलार्इ  बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको हाे। चलचित्र निर्माण, अभिनय र समाजसेवाका माध्यमबाट पुर्याएको योगदानको कदरस्वरुप याे सम्मान गरिएको बताइएको छ । बेलायती संसदमा लामो समयदेखि सांसद रहेका भारतीय मूलका कीथ वाजले सलमानलाई पुरस्कार प्रदान गरे । सलमानलार्इ पुरस्कार प्रदान गर्दै […]

सेलेना गोमेजका लागि एउटा फ्यानले दिइन मृगौला उपहार

काठमाडौं । चर्चित अमेरिकन पपस्टार सेलेना गोमेजका लागि उनकी एक साथीले आफ्नो मृगौला नै उपहार दिएकी छन् । गोमेज लुपुस नामक रोगका कारण समस्यामा परेको थाहा पाएपछि उनकी मिल्ने साथी तथा फ्यान फ्रान्सिया रेइजाले मृगौला दान गरेकी हुन् । रेइजाले मृगौला दिएपछि गोमेजको मृगौला प्रत्यारोपण गरिएको छ । आफूले मृगौला प्रत्यारोपण गरेको कुरा गोमेजले इन्स्टाग्रामबाट […]

‘राष्ट्रिय चलचित्र अवार्ड’ दशै अगाडि वितरण गरिने

काठमाडौँ, २६ भदौ । प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने भएको छ । नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवका अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै निर्णय हुन सकेको थिएन । प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत […]

नेपाल अाइडल तीन प्रतिस्पर्धीका लागि यस्ताे कडा सुरक्षा

काठमाडौं, २५ भदाै । नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गरेका सागर आलेमगरका लागि शुक्रबार साँझ नमीठो क्षण सावित भएको छ । यो एक चरणमात्रै पार गरेको भए उनी घटीमा पनि १० लाख रुपैयाँ पुरस्कारको हकवाला बन्थे । उच्च सुरक्षाका साथ एपीवान एचडी टेलिजिभन टोलीसहित चार महिनापछि परिवारसँग भेट गर्न पाउँथे । ती क्षणहरू टेलिभिजनमार्फत […]

” पेज थ्री अवार्ड ” काठमाडौँ मा हुने

                      काठमाडौँ ,२५ भाद्र /           नेपाल भाष सांगीतिक क्षेत्रमा विभिन्न विधाका कलाकारलाई सममान् तथा हौसला प्रदान गर्ने उदेस्यले ” पेज थ्री ” अवार्ड प्रदान गरिने भएको छ । नेपाल भाषा कलाकार र कलाक्षेत्रको उत्थानको उदेश्य सहितको पत्रिका ” पेज थ्री […]

सागर अाले बाहिरिए नेपाल अाइडलबाट

काठमाडाैं, २५ भदाै । शीर्ष ३ मा नपुगेर नेपाल अाइडलबाट बाहिरिएका छन् । नेपाल आइडलको शीर्ष चार प्रतियोगीहरुकाे शुक्रबार भएकाे अडिसनबाट सागर बाहिरिएका हुन् । दर्शकहरुको मतका आधारमा भएको छनौटमा अन्य भन्दा कम मत पाइ उनी बाहिरिएका हुन्। यससँगै नेपाल आइडलको शीर्ष तीन प्रतियोगीहरुमा बुद्ध लामा, निसान भट्टराई, प्रताप दास बाँकी रहेका छन्। अन्तराष्ट्रिय फरम्याटको […]

शिक्षण पेशा छोडेर तरकारी खेतीमा दुई शिक्षक

कपिलवस्तु, २३ भदौ । वाणगंगा नगरपालिकाका दुई शिक्षक शिक्षण पेशा छाडी तरकारी खेतीमा लागेका छन् । तीन वर्ष एउटै निजी विद्यालयमा शिक्षण पेशा अँगालेका वाणगंगा–७ वनगाईका विष्णु पौडेल र ३ झुँगाका भाष्कर पँगेनी अहिले तरकारी खेतीमा रमाएका छन् । शिक्षण पेशामा भन्दा तरकारी खेतीमा मनग्य आम्दानी हुन थालेपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । […]

‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, २१ भदौ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार २३ गते दुवै […]