उसले हात हल्लायाे । मैले पनि हल्लाए हात । “बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति मात्र भन्याे । बाँकी त उसको मुहारले नै बताइरहेकाे थियाे । उसकाे […]
कथा
‘एन इभिनिङ इन लखनउ’
२०७० सालको कुरा हो । ५२३९ औं श्रीकृष्ण जन्माष्टमीको दिन । लखनऊको एक साँझ । म धर्मशालाको एउटा कोठामा बसेर पत्रिका पढिरहेको थिएँ । पत्रिकामा एकाग्र भएको मेरो ध्यान तोड्दै बाहिरवाट कुनै नारीको आवाज आयो । मैले ढोका खोले । बाहिर एउटी श्यामवर्णा नवयौवना उभिएकी थिइन । ”अंकलजी मोबाईलका चार्जर होगा ?“ मैले आफ्नो चार्जर […]
कथा- प्वाँले गोरु
धनवीर मध्य पहाडी क्षेत्रको एउटा गाउँमा बस्दथ्यो । जेनतेन गरेर खान पुग्ने थोरै जमिन थियो । पहाडी भिरालोमा जोत्नको लागि औजारको रुपमा एक हल झुले–तारेको जोडी थियो । साथमा गर्भिणी गाई थिर्इ । माचमा १/२ वटा भैसी थिए भनें २/४ वटा बाख्राहरु पनि बाँधिएका थिए । पूर्वी क्षितिजमा छाएको लालिसँगै बिउँझिएर निशाको आगमन पूर्वसम्म ऊ […]
कथा : सीट नं १२
“नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभाविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क आँशु झरे । मलाई यो नारीको कमजोरीपना त्यति उचित लागेन । त्यसैले मैले पनि नारी गुण देखाएर […]
कथा : फाँसी
कुरा बर्माको हो । बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो पत्रजस्तो देखिन्थ्यो । हामी त्यस श्रापित कालकोठरी बाहिर प्रतिक्षारत थियौँ । दुई लहर बार लगाएका कोठरी बाहिर लहरै खडा भएका थिए- केही झुपडीहरू, जनावर राख्ने साना पिँजडाजस्तै । प्रत्येक कोठरीको लम्बाइ दस […]