रोल्पामा आफन्तको घर जाँदै गरेकी महिलामाथि सामुहिक बलात्कार

रोल्पा । रोल्पामा एक महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–२ बलचौरका २३ वर्षीय अनिल वादी नेपाली, सोही ठाउँका २० वर्षीय सुनिल वादी र सल्यानको कालिमाटी गाउँपालिका–५ हात्तिदमारका ४४ वर्षीय धिरज भनिने धनबहादुर कामी रहेको रोल्पाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए। पक्राउ परेका तीनै […]

छुट्टाछुट्टै दुर्घटनामा परी सल्यान र सुनसरीमा २ जनाको मृत्यु

काठमाडौँ । छुट्टाछुट्टै दुर्घटनामा परी सल्यान र सुनसरीमा २ जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका-१० भाटबिटेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे१त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर […]

इरानबारे अमेरिकी प्रस्तावलाई रूसले समर्थन नगर्ने

काठमाडौं । रूसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारेको छ । रूसी उप-परराष्ट्रमन्त्री अलेक्ज्याण्डर अलिमोभले मस्कोले उक्त दस्तावेजमा कुनै सकारात्मक सम्भावना नदेखेको उल्लेख गर्दै अमेरिका र बहराइनलाई आफ्नो प्रस्ताव फिर्ता लिन आह्वान गरेका छन् । ‘इज्वेस्टिया’ दैनिकसँग कुरा गर्दै उप-परराष्ट्रमन्त्री अलिमोभले सुरक्षा परिषद्को वार्ताको टेबुलमा […]

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

काठमाडौँ । सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ। प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो। सहकारी ऐन, २०७४ को व्यवस्था बमोजिम सरकारलाई उपयुक्त उम्मेदवार सिफारिस गर्नका लागि यो […]

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले शर्मालाई सो पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिले एक सूचना जारी गर्दै प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको छ । उजुरी […]

सरकारले दर्जनौँ बस्ती भत्काइसकेपछि सुकुमबासी नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यका र बाहिरका दर्जनौँ सुकुम्वासी बस्तीमा डोजर चलाएर विध्वंश मच्चाइसकेको अवस्थामा सर्वोच्च अदालतले अंकुश लगाउने गरी आदेश दिएको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले काठमाडौं उपत्यकाको नदी किनार तथा सार्वजनिक स्थानका सुकुम्वासी तत्काल खाली नगर्न वालेन्द्र नेतृत्वको संघीय सरकारका नाम अन्तरिम आदेश दिएको हो । […]

सुदनपछि बाबुराम भट्टराईले पनि छाडे प्रलोपा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छाडेका छन्। गत फागुन २१ गतेको चुनावअघि बनेको प्रलोपामा उनी संरक्षक थिए। भट्टराईले आफू कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र बस्न चाहेको व्यहोरा पार्टीलाई जानकारी गराएका छन् । त्यहीअनुसार पार्टीले वैयक्तिक छनोटलाई सम्मान गर्दै भट्टराईलाई शुभकामना दिने निर्णय गरेको हो। शुक्रबारको बैठकबाट बाबुराम औपचारिक रुपमा […]

नेपालको ए राष्ट्रिय क्रिकेट टोलीको लगातार जित, लिग-२ को शीर्ष टोली अमेरिकालाई हरायो

काठमाडौँ । अमेरिका र स्कटल्यान्डविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो खेलमा जित निकालेको छ। शुक्रबार माथिल्लो मुलपानी मैदानमा नेपालको ए टोलीले आइसिसी विश्वकप क्रिकेट लिग-२ को शीर्ष स्थानमा रहेको अमेरिकामाथि ३ विकेटको जित निकाल्यो। यसअघि बिहीबार लिग-२ को दोस्रो स्थानमा रहेको स्कटल्यान्डमाथि पनि नेपाल ए टोली विजयी भएको थियो। नेपालले […]

स्ववियु खारेजीविरूद्ध ८ विद्यार्थी संगठन पुगे सर्वोच्च, २८ गते सुनुवाइ

काठमाडौँ । विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचना खारेज गर्ने सरकारको निर्णयविरूद्ध विभिन्न आठ विद्यार्थी संगठन सर्वोच्च अदालत पुगेका छन्। एमाले निकट अनेरास्ववियु, नेकपा निकट अनेरास्ववियु क्रान्तिकारी लगायत संगठनहरूले अध्यादेशबाट गरिएको स्ववियु खारेजीविरूद्ध शुक्रबार रिट दायर गरेका हुन्। सर्वोच्चले यो रिट दर्ता गरिसकेको छ। यसको सुनुवाइका लागि २८ गते पेसी तोकिएको छ। उक्त रिटमा विद्यार्थी […]

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा कांग्रेस सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी चल्नुहुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताएका हुन् । उनले भने, ‘संवैधानिक […]