काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल […]
समाचार
फेरि पक्राउ परे दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साेमबार घरबाटै पक्राउ गरिएको बताए । प्रसाईंलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको प्रहरी श्रोतले जनाएको छ । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं […]
भोलि फागुन ५ गते नेपाल बन्द आव्हान, संयुक्त जेनजी आन्दोलनको ऐक्यबद्धता
काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले फागुन ५ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टीले सोमबार एक सूचना जारी गर्दै निर्वाचन बहिष्कार र सर्वपक्षीय सरकार गठनको मागसहित नेपाल बन्दको घोषणा गरेको हो । पत्रमा भनिएको छ, ‘साम्राज्यवादी डिजाइनअन्तर्गत फागुन २१ गते हुन गइरहेको कथित निर्वाचन खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न, […]
जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष […]
इटालीको हारसंगै नेपालको समूहबाट सुपर-८ पुग्ने दुवै टोलीको टुंगो लाग्यो
काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल रहेको समूह ‘सी’ बाट सुपर-८ मा पुग्ने दुवै टोलीको टुंगो लागेको छ। आज कोलकताको इडेन गार्डेनमा भएको खेलमा इटालीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्डले सुपर-८ मा स्थान सुरक्षित गरेसँगै समीकरण पूरा भएको हो। यसअघि यो समूहबाट आयोजक वेस्ट इन्डिज लगातार तीन खेल जित्दै सुपर-८ मा पुगिसकेको थियो। […]
रवि लामिछानेविरूद्धको मुद्दा फिर्ता नहुने कास्की जिल्ला अदालतको आदेश
काठमाडौँ । कास्की जिल्ला अदालतले रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश गरेको छ । साेमबार कास्की जिल्ला अदालतका न्यायाधीश नितिश राईको इजलासले सोमबार रवि लामिछानेसहितको मुद्दा संसोधनका लागि सरकारी वकिल कार्यालयले पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयको निर्णयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने […]
अमेरिकी सैन्य परेडविरुद्ध विप्लवको आपत्ति, विज्ञप्तिसहित
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध गरेको छ। महासचिव विप्लवले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथि गम्भीर खेलबाड गर्ने काम भएको उल्लेख गरिएको छ। […]
घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख द्ई हजार आठ सय रूपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। […]
अमेरिकी डलर स्थिर, बढ्यो युरो र अस्ट्रेलियन डलरको भाउ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ। आइतबार पनि यसको भाउ एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा कायम थियो। त्यसैगरी युरोपियन युरो एकको खरिददर […]
आप्रवासी नीतिमा अदालतले ४४०० पटक दिइसक्यो आदेश, तर मान्दैनन् ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो कार्यकाल सुरू गर्ने बित्तिकै सबैभन्दा आक्रामक अवैध आप्रवासी विरूद्ध देखिए। हजारौं संख्यामा रहेका आप्रवासीहरूलाई पक्राउ गर्दै सम्बन्धित देशहरूमै फिर्ता पठाइदिए। अवैध आप्रवासीहरूलाई हतकडी र नेल लगाएर उनीहरूको देश फर्काएको विषयमा विश्वव्यापी आलोचना पनि भएका थिए। आप्रवासीहरू विरूद्ध ट्रम्पको आक्रामक नीतिहरूको सिकारमा वैध आप्रवासीहरू पनि परे। एकजना व्यक्तिलाई त […]











