गगनको डिजिटल नेपाल खाका : पाँच वर्षभित्रै ४ खर्बको आईटी सेवा निर्यात, २ लाख रोजगारीको लक्ष्य

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र ‘डिजिटल हब’ बनाउने महत्वाकांक्षी खाका सार्वजनिक गरेका छन्।  सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठूलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरे । केही समयअघि कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३-४ लाख कमाउन […]

आजदेखि फागुन १८ गतेसम्म निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आज फागुन ४ गतेदेखि फागुन १८ गते राति […]

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ। सोमबार तराई भू-भागका केही […]

सिन्धुलीको रामेश्वरधाममा श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको रातमाटामा अवस्थित रामेश्वरधाम परिसरमा आज महाशिवरात्रीका पावन शुभदिनबाट आयोजना भएको श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्यामा शान्ति कलश यात्रा सम्पन्न गरिएको छ । पंचेबाजा सहित पंडित,पुरोहित,सन्त महन्थको अगुवाईमा रामेश्वरधामको प्रांगणबाट शुभारम्भ गरिएको शान्तिकलश यात्रामा श्रद्धालु भक्तजनहरुको बृहत सहभागिता रहको थियो । कलशयात्राले सिन्धुलीमाडी बजारका अतिरिक्त कालीमाई लगाएत विभिन्न मठ÷मन्दीर,चोक÷चौताराहरुको परिक्रमा गरी मण्डपमा […]

बढ्यो पेट्रोल–डिजेलको भाउ, अब प्रतिलिटर कति पुग्यो?

काठमाडौँ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको जानकारी दिएको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य […]

प्रलोपाद्वारा घोषणापत्र सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जोड पूर्णपाठसहित

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । ‘सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्र’ भन्ने मूल नारासहित आइतबार राजधानीमा आयोजित कार्यक्रमबाट सार्वजनिक गरिएको उक्त घोषणापत्रमा पार्टीले मुलुकको शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव अघि सारेको छ । विशेषगरी […]

उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्यो प्रतिबद्धता पत्र (पूर्णपाठसहित)

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी(उनेपा) ले प्रतिनिधि र प्रदेश सभा सदस्यको संख्या घटाउने प्रतिबद्धता गरेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उनेपाद्वारा आइतबार सार्वजनिक प्रतिबद्धता पत्रमा सांसद संख्या घटाउने विषय उल्लेख छ । उनेपाले प्रतिबद्धता पत्रमार्फत प्रतिनिधिसभा सदस्यको संख्या २७५ घटाएर २०१ बनाउने प्रतिबद्धता गरेको छ । यस्तै सात प्रदेशमा रहेका ५५० […]

नेकपाले निर्वाचन आयोगमा पेस गर्‍यो घोषणापत्र

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा निर्वाचनका लागि जारी गरेको घोषणापत्र निर्वाचन आयोगमा पेस गरेको छ। आइतबार दिउँसो ३ बजे नेकपाले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष घोषणापत्र पेस गरेको हो। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा […]

वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएसंगै टी–२० विश्वकपबाट बाहिरियो नेपाल

काठमाडौँ । टी–२० क्रिकेट विश्वकपमा नेपाल वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ । आइतबार मुम्बइस्थित वानखेड स्टेडियममा नेपाललले दिएको १३४ रनको लक्ष्य वेष्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । लगातार तेस्रो खेलमा पनि पराजित भएसँगै नेपाल बाहिरिएको छ। नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’ को अन्तिम खेलअघि नै सुपर-८ मा नपुग्ने निश्चित […]

झापा पुगेर ओलीले भने : चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण तय भइसकेको जस्तो नदेखिएको बताएका छन् । आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको बताए । चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताए । ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं […]