काठमाडौं, २४ असाेज । सात प्रदेशकाे अस्थायी केन्द्र ताेक्ने तयारी अन्तिममा अाएर राेकिएकाे छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेकाे अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना समितिले सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष सिफारिस गर्ने तयारी गरेकाे थियाे । मन्त्री बस्नेेतले मंगलबार नै समितिले तयार गरेकाे उक्त प्रतिवेदन मन्त्रीपरिषदमा प्रस्तुत गर्ने तयारी गरेका थिए । तर, […]
समाचार
दाङमा भेटियाे पेट्राेलियम खानी
दाङ, २४ असाेज । राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ । नदी बगरमा निस्किएको पदार्थमा आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो । गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुवै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले […]
एमाले र माकेसहित अन्य पार्टीमा रहेका क्रान्तिकारीहरुकाबीच विप्लवले ध्रुविकरण अभियान थाल्ने
काठमाडौं, २४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले सबै क्रान्तिकारीहरुका बीच धु्रविकरण गर्ने निर्णय गरेको छ । असोज २१ देखि २३ गतेसम्म कास्कीमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाले यस्तो निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपा (माओवादी) केन्द्र र केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले)का बीच पार्टी एकताको कुराले […]
नेकपाकाे केन्द्रीय समिति बैठक सम्पन्न
पोखरा,२४ असाेज । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक पोखरा, लुम्लेमा नयाँ निर्णयसहित सम्पन्न भएको छ । पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत ‘संसदीय चुनाव खारेज गरौँ, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौँ’ शीर्षकको आठ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गर्दै पोखरा बैठक सम्पन्न भएको पोखरा संवाददाताले जनाएका छन् । बैठकमा महासचिव विप्लवले एमाले, माअाेवादी केन्द्र र नयाँ […]
कंगोबाट किन फर्काइए १५० नेपाली सैनिक
काठमाडौं, २४ असाेज । नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना नेपाली शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् । सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो । उनीहरू एक वर्षका लागि असार […]
करिब १ लाख म्यादी प्रहरीको लागि आवेदन माग (सूचनासहित)
काठमाडौं । मंसिरमा हुने प्रदेश र केन्द्र चुनावलाई लक्षित गर्दै नेपाल प्रहरीले करिब १ लाख म्यादी प्रहरीको लागि आवेदन माग गरेको छ । आज एक सुचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले यति ठुलो संख्यामा म्यादी प्रहरीको माग गरेको हो । प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा निर्वाचन अवधिभर ५५ दिनका लागि ९८ हजार दुई […]
नेकपा (संयुक्त)को सिङ्गो केन्द्रीय समिति माओवादी केन्द्रसँग विलय हुँदै
काठमाडौँ, २४ असाेज । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त)बीच एकता हुने भएकाे छ । नेकपा (संयुक्त)ले माअाेवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेकाे सार्वजनिक गरेकाे छ । साेमबार सम्पन्न नेकपा (संयुक्त)काे पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले […]
गोपाल खड्काले हवार्इ इन्धनमा पनि तीन करोड लुटेको अर्को रहस्य खुल्यो
काठमाडौं, २४ असाेज । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । हवाई इन्धनमा […]
यसरी भएको थियो गौचनको दिउसै गोली हानी हत्या
काठमाडौं, २४ असाेज । सोमबार दिउँसो तीन नबज्दै बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । घरबाट करिब तीन सय मिटरमात्रै अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्यो । गाडीको अगाडीको सिसामा प्वाल पर्यो । चालकले […]
राजधानीमा बन्दुकको बिगबिगी
काठमाडाै, २४ असाेज । शान्तिनगर क्षेत्रमा निर्माण व्यवसायी गौचनको हत्या हुनुभन्दा केही घन्टाअघि महानगरिय अपराध महाशाखाले काठमाडौंकै म्हैपीबाट एक पेस्तोल र तीन गोली सहित ३ जनालाई पक्राउ गरेको थियो । काभ्रेको रोशी नगरपालिका घर भएका छिरिङ तामाङ, संजय तामाङ र दिलिप तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पक्राउ […]










