मेलम्ची, ११ भदौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ भोटेचौरबाट भ्रष्टाचार र अन्य मुद्दाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । मेलम्ची नपा–२ भोटेचौर बस्ने ५८ वर्षीय श्रीराम खतिवडालाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरी आज सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउन लगिएको इलाका कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए । विसं २०६५ साउन २२ गते […]
समाचार
अमेरिकामा चक्रपातको वितन्डा
एजेन्सी । अमेरिकामा आएको चक्रपातले ठूलो वितण्डा मच्चाएको छ । चक्रपातबाट ठूलो धनजनको क्षति पुर्याएको छ । समाचार एजेन्सीहरुका अनुसार अहिलेसम्म कम्तिमा पनि २ जनाको ज्यान गएको छ । शुक्रबार अबेर रातीदेखि आएको हर्भि नामको चक्रपातले टेक्सासको जनजीवन अस्तव्यस्त बनाएको छ । सो आँधी प्रतिघन्टा २ सय १५ किलोमिटरको गतिमा आएको बताइएको छ । आँधीमा […]
सन्दिपकाे ठाउँमा दीपेेन्द्र भए यू-१९ क्रिकेट टाेलीकाे कप्तान
काठमाडाैं । एसीसी यू-१९ क्रिकेट प्रतियोगिता (पूर्वी क्षेत्र)का लागि नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । मलेसियामा भदौ २३ देखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित टोलीको कप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन् । यसअघि सन्दिप लामिछानेले टोलीको कप्तानी गर्दै आएका थिए । अघिल्लो महिना यू-१९ विश्वकपको छनोट चरण खेल्न […]
के अझै सडकमा हर्न बजाउँदै हुनुहुन्छ ? हाेसियार ! १७२ जना कारबाहीमा
चितवन, ११ भदौ । शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइबुझाइ पठाएको छ […]
दुई श्रीमतीलाई २ लाखमा भारतको कोठीमा बेच्ने श्रीमान पक्राउ
काठमाडौं, ११ भदौ । कहिले कही सुन्ने र पढ्नेले विश्वास नलाग्ने घटना घट्छन् र समाचार बन्छन् । त्यस्तै विश्वास नलाग्ने समाचार छ । नुवाकोटका एक जनाले आफ्नै श्रीमतीलाई भारतको कोठीमा बेचेका छन् । खरानीटार ५ का निरकुमार नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती र १७ वर्षकी किशोरीलाई भारतको दिल्लीमा २ लाख १६ हजार रुपैयाँमा […]
यो साता तीन अर्ब बढीको शेयर कारोबार
धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद–बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो। गत साता कुल १७८ कम्पनीको रु तीन अर्ब पाँच […]
दोक्लाममा चीनसँग अझै झडप बढ्ने भारतीय सेना प्रमुखको भनाइ
काठमाडाैं, ११ भदाै । भारतीय सेना प्रमुख बिपिन रावतले दोक्लाम जस्ता घटना अझै बढ्न सक्ने बताएका छन्। चीन र भुटानको सीमाक्षेत्र दोक्लामलाई लिएर भारत–चीनबीच बिगत दुई महिनाभन्दा लामो समयदेखि बिवाद चलिरहेका बेला पहिलो पटक भारतीय सेना प्रमुखको यस्तो टिप्पणी आएको हो। सेना प्रमुख राउवतले शनिबार एक कार्यक्रममा भविष्यमा भारत–चीनबीचको नियन्त्रण रेखामा दुई देशका सेनाबीच दोक्लाम […]
देउवाले हतियार किनेको साढे २ अर्ब मिनाहा गर्न भन्दा मोदीले ठाडै भने ‘नो’
काठमाडाैं, ११ भदाै । हैदराबाद हाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरे, ‘नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने रकम २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस्।’ तर, मोदीले मिनाहा गर्ने वचन दिएनन्। जानकार अधिकारीका अनुसार मोदीले दायाँ–बायाँ बसेका भारतीय अधिकारीलाई हेरेर जवाफ […]
सदभावनाका नेता साहले अपराधबाटै १६ वर्षमा साढे २९ करोड कमाएकाे खुलासा
काठमाडाैं, ११ भदाै । नेपाल सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ। विभागका अनुसार उनले १६ वर्षमा साढे २९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी तवरले आर्जन गरेका छन्। विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जर्बस्ती असुली लगायत […]
कांग्रेसको नेतृत्व आफ्नै परिवारमा फर्काउन गोप्य सल्लाहमा कोइराला परिवार
काठमाडौं, ११ भदौ । कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो। १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे। बिपीले २५ वर्ष,मातृकाले ४ वर्ष,गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे। कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो। कोइराला परिवारबाहिर सुवर्णशमशेरले २ वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल […]