२ नम्बर प्रदेश बाहेकमा बहुमत पाएको बाम गठबन्धनले प्रदेश सरकार बनाउन सहमती गरेको छ । ६ प्रदेश मध्य ४ वटाको मुख्यमन्त्री र सभामुख एमालेलाई र २ वटाको माओबादी केन्द्रलाई बाडँफाड गर्नेगरी कुरा मिलेपछि सहमती भएको हो । पार्टी प्रभावको आधारमा प्रदेश नम्बर १ , ३ ,४ र ५ एमालेलाई परेको छ । यसमा मुख्यमन्त्री र […]
समाचार
सम्पदा बिरोधि प्रचारप्रति महर्जन बिजनेश एशोसियट्स’को आपत्ति
काठमाडौं, १४ माघ । विश्व सम्पदा क्षेत्र काठमाडौँको हनुमानढोका दरवार नजिक रहेको निर्माणाधिन ‘महर्जन बिजनेश एशोसियट््स’को भवनको विषयमा कसैले पनि विरोध गर्नुपर्ने नदेखिएको बताइएको छ । आफुहरुलाई दुख्ख दिने उदेश्यले केहि ब्यक्तिले अनर्गल प्रचार गर्दै भ्रम छर्दै गरेको भन्दै आइतबार इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै सञ्चालक कृष्णलाल महर्जनले करिब ५० वर्षअघि बुबाले उक्त भवन खरिद […]
जिप्रकाका कम्प्युटर अपरेटर सरोज कुमार गोलीसहित समातिए
जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत एक कर्मचारी नै पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेका छन् । जिप्रकाका कम्प्युटर अपरेटरसहित दुई जना गोली र लागूऔषधसहित पक्राउ परेका हुन् । जिप्रकाका कम्प्युटर अपरेटर सरोज कुमार पासवान समातिएको प्रहरीले पुष्टि गरेको छ । उनी संगै अर्का ब्यापारी शितल झा पनि समातिएका छन । उनीहरुको साथबाट कटुवा पेस्तोलमा […]
रोल्पामा ५० किलो चरेशसहित दुई पक्राउ
रोल्पा । माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ । चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० […]
जंगली हात्तीको आक्रान्त झापावासी
भद्रपुर, १४ माघ । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रूपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । […]
महान सर्बहारा साँस्कृतिक क्रान्तिको आलोकमा साँस्कृतिक आन्दोलनलाई बुझ्ने प्रश्न
प्रारम्भिकीः नेपाली क्रान्तिकारी आन्दोलनभित्र साँस्कृतिक रुपान्तरणको प्रश्न बिगत लामो समयदेखि उठ्दै आएको छ । तर, यसलाई सही ढंगले उत्तरित गर्ने काम अपेक्षाकृत रुपमा हुन सकेको छैन । क्रान्तिकारी आन्दोलनको यो बिन्दुसम्म आइपुग्दा साँस्कृतिक रुपान्तरणको समस्या अरु जटिल बन्दै गएको छ । यो स्थितिले बिषयको गम्भीरतालाई आज कयौं गुणा बढाइदिएको छ । र, अब सबै सच्चा […]
वैदेशिक रोजगारमा गएका युवाले दिए विद्यालयलाई १ लाख ८० हजार
मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गरे । अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम […]
अँध्यारोमा ब्रह्मलुटः भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक
शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् । आजको नेपाल साप्ताहिकमा खबर छ । मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा पारित बजेटमै नभएका शिर्षकमा कार्यक्रम स्वीकृति र खर्च, आर्थिक सहायता वितरण, विदेश भ्रमण […]
ललितपुर बलात्कार घटना – रिपोर्ट नआउँदै आरोपीहरू रिहा
एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए । बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे । सुरुमा फोन लागिरहेको थियो […]
नेपाल भाषामा उत्कृष्ट अंक सहित उतिर्ण बिद्यार्थीलाई लक्ष्मीनारायण–पुनमाया सिरपाः’सम्मान
माघ १३ , काठमाडौँ / समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धर स्व बुबा ,आमाका नाउमा स्थापित ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ पुरस्कार काठमाडौँ स्थित नेपालभाषा जगत सुन्दर ब्बनेकुथिं बिद्यालयमा यस बर्षको एसईई परीक्षामा नेपालभाषा विषय लिएर उत्कृष्ट अंक सहित उतिर्ण हुनुभएका बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । यस बर्ष सबैभन्दा धेरै ३.६ अंक ल्याउन सफल काठमाडौँको शान्ति […]