काठमाडौं । बागलुङका एक युवाले इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको तानग्राम–२ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ […]
समाचार
यी हुन् सबैभन्दा छिटाे र ढिलाे काठमाडौं आउने विदेशी राष्ट्रप्रमुख
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै देशका राष्ट्रप्रमुख काठमाण्डु आइसकेका छन् । बिम्स्टेक आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ । बिम्स्टेक अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख […]
नेकपा झापाका इन्चार्ज-सेक्रेटरीसहित १० जना नेता गिरफ्तारपछि बेपत्ता, प्रहरीले कहाँ पुर्यायो ?
झापा । नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला ईन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंह पाैडर्लसहित १० जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता पारेको छ । उनीहरूलार्इ प्रहरीले बुधबार झापाबाट गिरफ्तार गरेको नेकपा मेची ब्युरोले जनाएको छ । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेलईन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंहसहित, ब्युरो सदस्य प्रशान्त थापा, झापा जिल्ला सदस्यहरु सजय राई, बुभाष राई, […]
म्यान्मारका राष्ट्रपतिको स्कर्टिङमा रहेको कारगेड दुर्घटना, श्रीलंकाली राष्ट्रपति आधाघन्टा विमानमै थुनिए
काठमाडाैं, १४ भदाै । सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो । नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार […]
विमस्टेकको चौथो शिखर सम्मेलन आजबाट सुरु
काठमाडौँ, १४ भदाै । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अाजबाट सुरु हुने भएकाे छ । सम्मेलनका लागि प्रायः सबै देशका प्रमुख तथा प्रतिनिधि नेपाल आइपुगेका छन् । विदेश सचिव स्तरीय बैठकपछि विदेशमन्त्री स्तरीय बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने सहमतिका विषयवस्तु तथा एजेण्डाहरु तयार गरिसकेकाे बताइएकाे छ । […]
अाधाघन्टा विमानमै राेकिए श्रीलंकाली राष्ट्रपति
काठमाडौँ, १४ भदाै । चाैथाे विमस्टेक समिटका लागि काठमाडाैं अाइपुगेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरसेना काठमाडाैं विमानस्थलमा अवतरण गरिसकेपछि पनि अाधाघन्टा विमानमै राेकिएका छन् । त्यसैगरी उनकाे स्वागतमा दिने गार्ड अफ अनर काे ठाउँ पनि परिवर्तन गरिएको छ । बिहीबारदेखि सुरु हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका श्रीलंकाली राष्ट्रपति सिरिसेनालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत […]
पश्चिम सेती अलपत्र, थ्री गर्जेजका शर्तमाथि शर्त बढ्दै
काठमाडौँ, भदौ १४ गते । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले शर्तमाथि शर्त थप्दै गएपछि निर्माणकाे काम अन्याैलमा परेकाे छ । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पाेरेसन (सीटीजीआई) ले पश्चिम सेती जलविद्युत अायाेजना निर्माण गर्नका लागि ६ वर्षभन्दा बढी समयदेखि लाइसेन्स ओगटेको छ । यसैबीच थ्री गर्जेजसँग लगानी बोर्डले अायाेजना निर्माणका विषयमा छलफल गरेकाे […]
प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न म्याद थप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । स्काभेटर जलाएको आरोपमा काठमाडौँमा पक्राउ गरी गत शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आज तेस्रोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । अदालतले गत शुक्रबार तीन दिन र गत आइतबार तीन दिन म्याद […]
देशमा शान्ति र समृद्धिको लागि वैज्ञानिक समाजवाद अपरिहार्य: सञ्जीव
काठमाडौं । कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सञ्जीवले संसदीय व्यवस्थाले जनतालाई झुक्याउने, ठग्ने, दलाली गरेर दु:ख मात्रै दिएको र देशको स्वाभिमानमा सधैं ठेस पुर्याएकोले यसलाई जरैदेखि नफाले झन् पछि झन् ठुला-ठुला समस्याले घेर्ने ठोकुवा गरेका छन् । साथै उनले नेपाल कम्युनिष्ट पार्टी देश र जनतामा वास्तविक समृद्धि र शान्ति ल्याउनकै लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा […]
नेपालले दिएको गैडाले चीनमा आतङ्क मच्चायो
काठमाडौं । नेपाल सरकारले उपहारस्वरुप उत्तर छिमेकी चीनलाई दिएको चारमध्ये एक गैंडाले चीनमा आतंक मच्चाएको खबर आएको छ । दोश्रोपटक सरकारले २ भदौमा चीनलाई मितिनी र सोल्टी नामको एक जोडी गैंडा हस्तान्तरण गरेको थियो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमै पुगेर नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिलाई गैंडा हस्तान्तरण गरेका थिए । पहिलो पटक लगिएका एक जोडी गैंडा […]











