रुपन्देहीमा मध्यरातमा भिडन्त, एकको मृत्यु, प्रहरीसमेत घाइते

बुटवल, २९ पुस । रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे। उनले भने, […]

१४ हजार लेन अनुशासन पालना नगर्नेहरु ट्राफिक प्रहरीको कारवाहीमा

काठमाडौँ, २९ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । […]

१० कक्षाकी छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक गिरफ्तार

चितवन, २९ पुस । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पु¥याएपछि पीडित छात्राले अभिभावकलाई […]

१ हजार ७ सय बढी सडक बालबालिकाको उद्धार

काठमाडौँ, २९ पुस । सहयोगापेक्षी मानिस सडकमा देख्दा कसैमा पनि सकारात्मक भावना जागृत हुँदैनथ्यो । सबैले छिःछी र दुरदुर गर्थे । कतिले कुटेर लखेट्थे भने कतिले झर्केर हप्काउँथे । फोहरमा भएका खानेकुरा खोजेर खाने, जथाभावी हिँड्ने, थोत्रा कपडाको साथमा बोरा ओछ्याएर सडकको पेटीमा सुत्ने उनीहरुको दैनिकी बन्थ्यो। यस्तो अवस्था देखेपछि विसं २०६९ बाट उद्धार गरी […]

फूलचोकी जंगलमा हराएका १६ जनाको सकुशल उद्दार

काठमाडौं, २९ पुस । फूलचोकी जंगलमा हराइरहेका १६ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ। शनिबार मध्यान्ह घुम्न गएका ४ युवतीसहित १६ जना जंगलमा हराएका थिए। आफूहरु हराएपछि उनीहरुले प्रहरीको कन्ट्रोल रुममा जानकारी गराएका थिए। त्यसपश्चात् महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुक, एसपी शेखर खनाल, डिएसपी नारायणप्रसाद चिमरिया लगायतकाे नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकाे […]

राष्ट्रसङ्घमा एक लाख हस्ताक्षर बुझाएर सुगौली सन्धिमा गुमेको भू–भाग फिर्ता गर्न माग

काठमाडौँ, २८ पुस । सुगौली सन्धिमा गुमेको भू–भाग फिर्ता गर्नुपर्ने माग गर्दै संयुक्त राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने भएकाे छ ।  ग्रेटर नेपालका लागि वकालत गर्दै अाएका फणिन्द्र नेपालले याे अभियान सुरु गरेका हुन् । उनले हस्ताक्षर संकलन सुरु गरेकाे घाेषणा गरेका छन् ।  पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु […]

नेपालले चीनलाई हरायो फराकिलो अन्तरले

काठमाडाैं । थाईल्यान्डमा शनिबारबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको छ। करुणा भण्डारीले बलिङमा तीन विकेट र सिता रानामगरले ब्याटिङमा नटआउट २४ रन रनको पारी खेलेसँगै नेपालले चीनले दिएको ४९ रनको सामान्य लक्ष्य ८.४ ओभरमा कुनै विकेटको क्षतिमा पुरा गरेको थियो। ओपनर सिता […]

गोविन्द केसीका विरुद्ध इलाममै थापाले सुरु गरे आमरण अनसन

इलाम, २८ पुस । डाक्टर गोविन्द केसीको सत्याग्रह विरुद्ध अर्का एक व्यक्तिले आमरण अनसन सुरु गरेका छन् । इलामबाट केसीले १६ औं सत्याग्रह शुरु गरेको तीन दिनपछि उनका विजय थापाले आमरण अनसन शुरु गरेका हन् । समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्दै कार्यन्वयन गर्नुपर्ने माग राखेर आफूलाई सामाजिक अभियन्ता खोटाङका विजय थापाले […]

उज्वलले अरूले गरिदिएको बखानमा प्रभावित भई राम्रो चिनजान गरिकनै सम्बन्ध विच्छेद गरेको मिश्रको टिप्पणी

विवेकशील साझा पार्टी फुटेपछि राजनीतिकवृतमा विभिन्न चर्चा चलेका छन् । आफूलाई कल्याणकारी व्यवस्थाको वैकल्पिक धार भएको दावी गर्ने विवेकशील साझा पार्टीका नेताहरु अन्ततः आफैभित्रको किचलोमा परेर दुई फ्याक भएपछि ठूला दलहरु फेरि आफ्नो विकल्प नभएको बताउन थालेका छन् । स्थानीय निकायको निर्वाचनमा छुट्टाछुट्टै मैदानमा उत्रेका विवेकशील नेपाली दल र साझा पार्टी प्रदेश र संघीय सभाको […]

तीन जिल्ला जोड्ने गरी बनाएको नेपालकै पहिलो त्रिकोणात्मक पुल अलपत्र

काठमाडौं, २८ पुस । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा बन्न थालेको नेपालकै पहिलो त्रिकोणात्मक झोलुंगे पुल अलपत्र परेको छ । देशकै नमूना पुलका रुपमा बनाउन थालिएको रिडी पुलले पर्यटनमा ठूलो टेवा पुर्याउने आशा पनि गरिएको थियो । स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको […]