बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित भएको रेडक्रसको दाबी

काठमाडौं, २ साउन । मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ । बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको […]

ज्येष्ठ नागरिक ज्ञान केन्द्र गठन गर्न नेपाल बार र मानवाधिकार आयोगको माग

ललितपुर, २ साउन । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले हरेक ज्येष्ठ नागरिकको हेरविचार गर्न परिवार नै उपयुक्त माध्यम भएको बताएकी छिन । आयोगले आज यहाँ आयोजना गरेको ‘ज्येष्ठ नागरिकसम्बन्धी संशोधन विधेयक छलफल कार्यक्रम’मा अन्सारीले छोराछोरी नै आमाबाबुको रेखदेख, पालनपोषण र संरक्षणमा बलियो माध्यम बन्न सक्ने बताएकी हुन् । “हरेक आमाबुबाका इच्छा र चाहना छोराछोरीसँग […]

महोत्तरीमा बाढीपछी बल्ल रोपाई शुरु

साउन लागेपछि बल्ल महोत्तरीका किसानलाई धान रोपाइँको चटारो परेको छ । पानी नभएर असारमा रोपाइँ गर्न नसकेका यहाँका किसान साउन लागेपछि बल्ल धान रोप्न थालेका हुन् । एक साताको वर्षासँगैको बाढी र डुबानको पानी सुक्दै गएपछि खेत खनजोत र रोपाइँ शुरु भएको हो । जिल्लाका उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा साउने […]

नयाँ व्यवस्थापनसँगै डिडिसी नाफामा, पाँच करोड मुनाफा

सरकारी स्वामित्वका संस्थान सेतो हात्ती भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दुग्ध विकास संस्थान (डिडिसी)ले भने त्यो आरोपको खण्डन गर्दै आफूलाई अब्बल सावित गरेको छ । राजनीतिक नेतृत्वको सही निर्णय, प्रभावकारी व्यवस्थापन, कार्यशैलीमा सुधार र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने हो भने निरन्तर घाटामा रहेका सार्वजनिक संस्थान पनि नाफामा जान सक्छन् भन्ने यथार्थ संस्थानले प्रमाणित […]

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

२ साउन, नयाँदिल्ली  । भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिने घोषणा गरेको छ । भारतले चन्द्रमामा भूउपग्रह […]

आयाक्सका डी लीट युभेन्टसमा अनुबन्धित

२ साउन,एजेन्सी । नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन् । क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन राजी भएका हुन् । उन्नाइस वर्षीय यी प्रतिभाशाली डच खेलाडीको करार अवधि पाँच वर्षको रहेको छ । युभेन्टसले जारी गरेको विज्ञप्तिमा डी लीटले करार रकमका अतिरिक्त […]

भारतमा बाढीको कारण ८० लाख विस्थापित

२ साउन, एजेन्सी । भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ । यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ । मनसुनी वर्षा त्यसपछिको बाढीको कारणले पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ सय पुगेको छ । सो […]

बलात्कार आरोपी पक्राउ

मकवानपुर,२ साउन । जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाईलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल […]

कुशे गाउँपालिकामा डिजिटल प्राविधिबाट काम शुरु

२ साउन, जाजरकोट । कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको […]

नमूना कृषि गाउँ विस्तार गरिने

२ साउन, कास्की । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना कार्यक्रमलाई यस वर्ष थप विस्तार गर्ने भएको छ । गत वर्षमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशसभाका एक÷एक निर्वाचन क्षेत्रमा गरी ३६ गाउँमा उक्त कार्यक्रम शुरुआत गरेकामा यस वर्ष पनि थप ३६ गाउँमा विस्तार गर्न […]