एमालेबाट शंकर पोखरेल र विष्णु पौडेलले गरे मनोनयन दर्ता

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दाङ–२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। महासचिव पोखरेल २०७४ को निर्वाचनमा दाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रका नेता रेखा शर्मासँग पराजित भएका थिए। यस्तै रूपन्देही क्षेत्र नं. २ मा […]

रविको मुद्दा संशोधन विरूद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमाथि सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले उक्त रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। त्यस्तै अन्तरिम आदेश छलफलका लागि दुबै पक्षलाई बोलाउने पनि आदेश भएको […]

रौतहट-२ मा अफताब आलमका छोराले दिए कांग्रेसबाट उम्मेदवारी

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वर्गीय कांग्रेस नेता अफताब आलमका छोरा हुन् । मंगलबार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता चलिरहेको छ । सो क्रममा उनले कांग्रेसले फिरदोसलाई उम्मेदवार बनाएको हो । यसअघिको निर्वाचनमा पनि उनी उम्मेदवार बनेका थिए । त्यतिबेला स्वतन्त्र […]

प्रचण्डले गरे रूकुम-पूर्वबाट उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूकुम-पूर्वबाट उम्मेदवारी दर्ता गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। संयोजक प्रचण्डको प्रस्तावक जनयुद्धका शहिद लक्ष्मीराम केसी ‘पवन’ का छोरा जीवन खड्काको प्रस्तावमा उम्मेदवार बनेको नेकपाले जानकारी दिएको छ। २०६४ सालयता प्रचण्ड फरकफरक निर्वाचन क्षेत्रबाट चुनाव […]

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको […]

सहकारी ठगी प्रकरण : पर्सा अदालतले रवि लामिछानेसँग माग्याे १ करोड धरौटी

काठमाडौँ । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ । मंगलबार सहकारी ठगी मुद्दामा लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश गरेको हो । धरौटी बुझाउने प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए । सानो पाइला बचत […]

एमाले त्यागेर अम्बिरबाबु गुरुङले बने नेकपाबाट उम्मेदवार

ओखलढुंगा । नेकपा एमाले परित्याग गर्दै अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका छन् । एमालेले ओखलढुंगाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्टि थिए । लिखु गाउँपालिकाका उपाध्यक्ष रहेकी थापाले आकांक्षासमेत नराखे पनि टिकट दिइएको भन्दै असन्तुष्ट गुरुङलाई नेकपाले टिकट दिएको हो । यसअघि नेकपाले रामकुमार कार्कीलाई टिकट दिएको थियो ।

सद्भावना पार्टीका अनिल झा कांग्रेसबाट रौटहट-१ मा उम्मेदवार

रौतहट । नेपाल सद्भावना पार्टी पुनगर्ठन गर्दै अध्यक्ष बनेका अनिलकुमार झा नेपाली कांग्रेसबाट चुनाव लड्ने भएका छन् । कांग्रेसले उनलाई रौटहट–१ मा टिकट दिएको छ । झाले कांग्रेसबाट चुनाव लड्न लागेको पुष्टि गरे । तर सद्भावन पार्टी पनि कायमै रहेको उनले बताएका छन् ।  यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चुनाव लड्दैछन् ।

गोरखा-२ बाट बाबुराम भट्टराईले दिए उम्मेदवारी

गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् । मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् । चुनाव नलड्ने बताउँदै आएका […]

एमालेलाई जिस्काउनु र बिच्काउनु महँगो पर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महँगो पर्न जाने बताएका छन् । झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । झापामा केहीबेरअघि ओली उम्मेदवारी दर्ता गर्न जाँदा केही युवाहरूले धकेलाधकेल गरेका थिए । तर, ओलीले त्यहाँ कुनै ठूलो झडप नभएको […]