काठमाडौँ । नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले संगठन छाडेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका हुन्। ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य […]
समाचार
सुनको मूल्य एकैदिन १० हजार ४०० रुपैयाँ बढ्यो, आज कतिमा भइरहेको छ कारोबार
काठमाडौँ । नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो। एकैदिन उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले […]
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु […]
यस्ता छन् भक्तपुर-१ मा लवजुले मत पाउने पाँच आधार
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वरिष्ठ अधिवक्ता हरिराम लवजु उम्मेदवार रहेका छन् । आफ्नो लामो संघर्षपूर्ण जीवन, व्यावसायिक क्षमता र स्पष्ट विकास दृष्टिकोणका आधारमा तारा चुनाव चिह्नमा मत माग्दै उनले चुनावी अभियान पनि तीव्र पारेका छन्। लवजुले १७ वर्षकै कलिलो उमेरमा जनअधिकार र निरंकुशताविरुद्धको आन्दोलनमा […]
पतञ्जलि जग्गा काण्ड: माधव नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणले नेपाली राजनीतिक वृत्तमा फेरि गम्भीर तरंग ल्याएको छ। तत्कालीन प्रधानमन्त्री तथा हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले सुनुवाइका लागि पेसी तोकेसँगै यो प्रकरण पुनः चर्चाको केन्द्रमा आएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते […]
खाद्य सुरक्षाका लागि स्थानीय तहको बजेट मात्रै पर्याप्त छैन : नगर प्रमुख परविन
सप्तरी । देश आयातमा निर्भर बन्दै जाँदा आर्थिक संकटसँगै देखिएको खाद्य सुरक्षा संकट नियन्त्रण गर्न स्थानीय सरकारको बजेट मात्र पर्याप्त नहुने राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले बताएकी छन्। राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO)को सहकार्यमा आयोजित ‘खाद्य सुरक्षामा युवाको भूमिका’ विषयक विमर्श कार्यक्रममा बोल्दै नगर प्रमुख परविनले खाद्य […]
सप्तरीमा १ सय बढी उम्मेदवार
ललिता साह, सप्तरी । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी जिल्लामा स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका गरी १ सय ५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्रतर्फ लेखनाथ ठाकुर, रिजवाना खातुन र रामकुमारी रहेका छन्। जनमत पार्टीबाट जयकान्त राउत, उज्यालो नेपाल पार्टीबाट हर्कनारायण चौधरी, […]
सर्लाही-३ मा सादगी नेता श्रेष्ठको उम्मेदवारी, गोरखा जन्मथलो भएपनि कतै छैन घरघडेरी
सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। गोरखा जन्मथलो भएपनि आफ्नो कहिँकतै स्थायी घरजग्गा नभएको उल्लेख गर्दै श्रेष्ठले सर्लाहीलाई नै आफ्नै घर ठानेको बताएका छन्।सिंगो देशको हित र विकासका लागि काम गर्न […]
श्रेष्ठ पुस महिनाको उत्कृष्ट प्रहरी घोषित
काठमाडौं । सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यसहित गरिएको प्रभावकारी प्रहरी अनुसन्धानमार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठलाई २०८२ साल पौष महिनाको उत्कृष्ट प्रहरी “Police of The Month” घोषित गरिएको छ। प्रहरी संगठनको गरिमा अभिवृद्धि गर्ने, अनुसन्धान कार्यलाई नतिजामुखी बनाउने तथा आम नागरिकको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गरेको […]
सिन्धुलीमा २८ उम्मेदवारको मनोनयन दर्ता
सिन्धुली । प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना र क्षेत्र नम्बर २ मा १६ जना गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट डेकेन्द्र प्रसाद सुवेदी र […]











