राष्ट्रको लागि २ घण्टा अभियान : भक्तपुरका विद्यालयमा वातावरणीय कार्यक्रम

भक्तपुर । राष्ट्रको लागि २ घण्टा अभियानले भक्तपुर जिल्लाभित्रका विद्यालयहरूमा “वातावरणीय सचेतना र सरसफाइ अभिवृद्धि कार्यक्रम” लागू गर्ने तयारी थालेको छ। अभियानले विद्यालयस्तरमै वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई व्यावहारिक रूपमा सचेत र जागरुक गराउने लक्ष्य लिएको छ। अभियानका अध्यक्ष मधु ढुंगेलका अनुसार पहिलो चरणमा जिल्लाका सबै नगरपालिकाबाट केही विद्यालय चयन गरि कार्यक्रम सञ्चालन गरिनेछ। छनोट […]

धानखेतमा नवजात शिशु फेला

महित्तरी । जलेश्वर नगरपालिका–४ स्थित एक धानखेतमा एक जीवित नवजात शिशु फेला पारिएको छ। भार्गेश्वर पोखरी नजिक रहेको धानखेतमा १५ दिनको जस्तो देखिने केटो शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्द्र भट्टले बताएका छन् । शिशु हल्का निलो रङको लुगा लगाएको र गुलाबी कपडामा बेरिएको अवस्थामा भेटिएको भट्टको भनाइ छ   घाँस काट्न गएका स्थानीयले […]

जेन–जी प्रतिनिधि यमराज पक्राउ

काठमाडौं ।  पछिल्लो समय ‘जेन–जी प्रतिनिधि’ भन्दै विभिन्न सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउँदै आएका यमराज र  यमु भनेर चिनिने अर्जुनबहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बुधवार साँझ कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शाहीको अबैधानिक हर्कत र आपराधिक पृष्ठभूमिबारे थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। […]

चाँगुनारायणमा अलपत्र पारिएका दुधे बाच्छाहरुको उद्धार

भक्तपुर । चाँगुनारायण नगरपालिका–४ मा अलपत्र अवस्थामा रहेका आठ वटा दुधे बाच्छाहरूको उद्धार गरिएको छ। चाँगुनारायण-४ मा अलपत्र पारी छाडिएका भर्खरै जन्मेका देखि एक महिना उमेरका बाच्छाहरूको ज्यान जोखिममा परेको जानकारी पाएपछि स्थानीय सामाजिक अभियन्ता  दिनेश खनालको पहलमा उद्दार तथा ब्यवस्थापन गरिएको हो । पूर्व जनप्रतिनिधि समेत रहेका खनालले जनाए अनुसार बाच्छाहरू भोक र चिसोले […]

५२ फरार अपराधी काभ्रे प्रहरीको फन्दामा, कुन मुद्दाका कति?

काभ्रेपलान्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ५२ जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । गत भदौ २४ गते कारागारबाट निस्किएर नफर्किएका ५२ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सबैभन्दा बढी जबर्जस्ति करणीका १४ जना र कर्तब्य ज्यान मुद्दाका १२ जना रहेका जिप्रकाको प्रवक्ता रविन बिष्टले बताए । जिल्लाका विभिन्न ठाउँमा लुकीछिपी रहेको […]

काभ्रेमा जुवातास खेल्ने ८ र यौन क्रियाकलापमा संलग्न ३ पक्राउ

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जुवा–तास खेल्ने तथा यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति साँझ ८ः०० बजे बनेपा नगरपालिका–९, बेथिसाइट नजिकस्थित फर्निचर बनाउने टहरामा जुवा–तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मार्दा ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाबाट नगद १ लाख २२ हजार ६५४ रुपैयाँ र तास २७ बुक्सहित […]

१४ वर्षिय बालकबाट बलात्कार !

इलाम । इलाम नगरपालिका–७ बस्ने ११ वर्षीया बालिकामाथि सोही वडाका १४ वर्षीय बालकले आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी िगरेको आरोपमा प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ। पीडित बालिकाको बुबाले आइतबार जिल्ला प्रहरी कार्यालय, इलाममा जाहेरी दिएपछि महमाई प्रहरी चौकीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले आरोपित बालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आरोपितलाई जिल्ला प्रहरी कार्यालय […]

पूर्व एआइजिपी देवेन्द्र सुवेदीविरुद्ध साइबर सेलमा उजुरी

काठमाडौ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ। सुवेदीले सामाजिक सञ्जालमार्फत जेन-जी आन्दोलनको क्रममा गत भदौ २४ गते प्रचण्डको निवासबाट घर जल्नु दुई दिन अघि नै दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको भन्ने दाबी गर्दै गलत र तथ्यहीन प्रचार फैलाएको […]

पाँच हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभरका विभिन्न कारागारबाट भागेका हजारौं कैदीबन्दी अझै फिर्ता नहुँदा शान्ति–सुरक्षामा गम्भीर चुनौती थपिएको छ। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ जना कैदीबन्दी फिर्ता भइसके पनि ५ हजार ५४७ जना अझै फरार छन्, जसले देशभरको सुरक्षा संयन्त्रलाई चिन्तित बनाएको छ। पछिल्लो केही कर्तव्य ज्यानसहितका आपराधिक […]

इन्दिराको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति‌ले पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म *‘इन्दिरा धिमे मैचा’*को उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख प्रजापतिले ३ दशकअघि महिलाले धिमे, धाँ जस्ता बाजा बजाउन त के, छुनसम्म नहुने परम्पराविरुद्ध इन्दिराले उठाएको कदमलाई ऐतिहासिक र क्रान्तिकारी बताए। उनका अनुसार, इन्दिराको संघर्षले महिलालाई सांस्कृतिक सन्देशसहित सशक्त बनाएको छ। […]