भारतमा मदिरा सेवन गर्दै गरेका ५८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ । देशको दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरूले जनाएका छन् । “उत्तर प्रदेशको सहारानपुर जिल्लामा विषाक्त मदीरा सेवानका कारण मृत्यु हुनेको सङख्या ३६ भएको पुष्टि गरेको […]

रहस्यमय ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त भुजुङ गुरूङ पनि पठाइए जेलमा

काठमाडौं । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका मुख्य अभियुक्त भुजुङ गुरूङलाई विराटनगर उच्च अदालतले पनि थुनामै पठाएको छ। गुरूङले जिल्लाको आदेशविरूद्ध ६ महिनाअघि उच्च अदालतमा निवेदन दिएका थिए। गुरूङसहित सुनकाण्डका १२ जनाको मुद्दा पनि उच्चले सँगै राखेर हेरेको थियो। कायममुकायम मुख्यन्यायाधीश शिवराज अधिकारी र न्यायाधीश लेखनाथ […]

रोल्पामा आफैँले चलाएको गोली लागेर मृत्यु

रोल्पा, २४ माघ । आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएको मौका छोपी बुढाले आत्महत्या गरेको बताइएको छ । उनको […]

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ५ को मृत्यु

सिन्धुली, २४ माघ । फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]

रेमिट्यान्स लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सुझाव

काठमाडौँ, २४ माघ । रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्रयाउन लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सरकारलाई सिफारिश गरिएको छ । औपचारिक माध्यमबाट विप्रेषण भित्र्याइ उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव पेश गर्न गठित कार्यदलले औपचारिक माध्यमबाट भित्रिएको विप्रेषणलाई उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी गर्न सिफारिश गरेको छ । अनौपचारिक माध्यमलाई निरुत्साहित गरी बढीभन्दा बढी विप्रेषण रकम […]

मेलम्चीको ठेकेदार इटालीयन कम्पनी सिएमसीसँगको सम्झौता रद्द

काठमाडौँ, २४ माघ । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको सो कम्पनीसँग गरिएको सम्झौता आज रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । सिएमसीले गत मङ्सिर २९ गते एकतर्फीरुपमा आयोजना स्थल छाडेर […]

नेपालमा अत्याधुनिक प्रविधिबाट लागुऔषध कारोबार हुन थाल्यो, ड्रोनबाट कारोबार गर्ने पक्राउ

काठमाडौं, २४ माघ । लागुऔषध कारोबारीले नयाँ नयाँ प्रविधि प्रयोग गरेर आफ्नो चलखेल तीब्र पारेको खुलेको छ । शरिरका गोप्य अंगमा छिपाउनेदेखि अनेक फल्स बटन लगाएर लागुऔषध छिपाएर कारोबार गर्नेहरु अहिले पछिल्लो अत्याधुनिक प्रविधि ड्रोनसमेत प्रयोग गर्न थालेका छन् । नेपाल प्रहरीले ड्रोनको प्रयोग गरेर लागुऔषधको कारोबार गर्ने एक व्यक्तिलाई प्रयोग गरेको छ । ड्रोनको […]

राजधानीमा शनिबारसम्मै पानी पर्ने मौसमविदको अनुमान

काठमाडौं, २४ माघ । गएरातीदेखि परेको पानीले देशभर जाडो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले राजधानीसहित देशभर पानी परेको जनाएको छ । साथै महाशाखाले यसको असरले शनिवारसम्म नै पानी पर्नसक्ने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा ठूलो पानी परेको छ भने पश्चिम नेपालका उच्च पहाडी भेगमा […]

कर्णालीमा अत्यधिक हिमपात, हवाई उडान पूर्णत: प्रभावित

सुर्खेत, २४ माघ। गएरातीदेखि परेको अत्यधिक हिमपातका कारण कर्णाली प्रदेश भित्रिने र बाहिरीने हवाई सेवा पूर्ण रुपमा प्रभावित बनेको छ । प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हुने उडान प्रभावित बनेको सुर्खेत नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार पन्तले जानकारी दिएका छन् । ‘मौसम खरावीका कारणले अहिले सम्म सुर्खेतबाट कतै पनि उडान गर्न सकिएको छैन ।’ उनले […]

कांग्रेसमा पारिवारिक प्रभाव झन बढ्दो, दाजु पार्टी अध्यक्ष, बहिनी महासचिव

नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीमा गान्धी परिवारको दवदवा बढेको छ । सोनिया गान्धीले पार्टी परित्याग गर्दा आफ्नै छोरा राहुल गान्धीलाई पार्टी अध्यक्ष बनाएकी थिइन भने तिनै राहुलले अहिले आफ्नै बहिनीलाई पार्टीको महासचिव जस्तो प्रभावशाली पद दिएका छन् । राहुलले बुधवार बहिनी प्रियंकालाई पार्टी केन्द्रीय कार्यालयमा लगेर महासचिवको पदबहाली गराएका हुन् । राहुलले प्रियंकालाई केही […]