३४ हजार पशुको कृत्रिम गर्भाधान, उत्पादन बढाउने लक्ष्य

दमौली, ३२ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७५÷७६ मा ३४ हजार पशुको कृत्रिम गर्भाधान गरेको छ । तनहँु र नवलपुर जिल्लाका १४ कृत्रिम गर्भाधान केन्द्रबाट ३४ हजार छ पशुको कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्र तनहुँले जनाएको छ । यसअवधिमा २६ हजार ७१२ गाई, सात हजार २३७ भैँसी र […]

वाग्मतीको फोहरलाई मोहोरमा परिणत गरिँदै

काठमाडौँ, ३२ साउन । वाग्मती नदीलाई मुहानदेखि नै स्वच्छ बनाउने अभियानअन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर हाल्न नदिने गरी व्यवस्था गरिएको छ । नदीमा हालिने कुहिने फोहरलाई कम्पोष्टविनमा राखी मल बनाउने अभियान शुरु भएको हो । गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने वर्षकै ठूलो मेलाका अवसरमा गत वर्षदेखि यस्तो अभियान शुरु गरिएको थियो । मुहानदेखि नै वाग्मती […]

‘राष्ट्र र समाजको विकासका लागि युवा अघि बढ्नुपर्ने’

विराटनगर, ३२ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । उदयन नेपालद्वारा आज यहाँ आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उनले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने बताए । उनले विगत सुखद […]

तिजका अवसरमा सरसफाइ, नगर सफाईमा जुटे महिला

पोखरा, ३२ साउन । नेपाली महिलाहरुको महान् चाड हरितालिका तिजका अवसरमा बागमारा युवा सङ्गम समूहले पोखरा महानगरपालिका–३३ मा आज सरसफाइ गरेको छ । सरसफाइमा सामाजिक सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ यहाँस्थित बरेली चोक, पानी ट्याङ्की, फेदीको चौतारा, महाकाली चोक, लुतेको चौतारालगायतका स्थानमा सरसफाइ गरिएको बागमारा युवा सङ्गम समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिए । समूहले […]

मल्लकालीन लाय्कू भैलः आजदेखि शुरु हुँदै

भक्तपुर, ३२ साउन । मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैलः यो आज साँझबाट शुरु हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् आजदेखि शुरु हुने नाचको आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ । पैतालीस वर्ष बन्द भएर रोकिएको लाय्कू भैलःको नाच विगत तीन वर्षयता यहाँका युवाले पुनः सञ्चालनमा ल्याएपछि भने हरेक […]

मङ्गलबारदेखि मध्य पहाडी लोकमार्ग खुल्ने

बागलुङ, ३२ साउन । बाढीले क्षति पु¥याउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते) देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पु¥याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको छ । तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर लोकमार्ग बगाएपछि यातायात सेवा प्रभावित बनेको हो […]

बगनासकालीलाई खरको छानोरहित बनाइँदै

बेझाड, ३२ साउन । पाल्पाको बगनासकाली गाउँपालिकालाई अबको चार महीनाभित्र खरको छानोरहित गाउँपालिका बनाइँदैछ । गाउँपालिका भित्रका खरका छाना भएका सबै घरमा जस्तापाता लगाउने काम सम्पन्न गर्ने योजना छ । उक्त अभियानअन्तर्गत गाउँपालिकाका २४२ खरका छाना भएका घर जस्तापाताले छाउने काम अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षमा १०६ घरमा जस्तापाता हाल्न गाउँपालिकाले ३९ […]

बालविवाह विरुद्ध कचहरी

राँझा, ३२ साउन । बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको पाइएको छ । अभियानकर्मी कृष्ण गिरीका अनुसार महिला र बालबालिका हिंसा अन्त्यका लागि कचहरी नाटक ‘अति भो’ […]

मध्यराति फर्निचर उद्याेगमा आगलागी हुँदा ६५ लाखको क्षति

घोराही, ३२ साउन । दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उनले भने । विद्युत् सर्ट हुँदा आगलागी भएको हुन […]

असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम

कावासोती, ३२ साउन । नवलपरासी पूर्वनवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ । नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो । बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्रकुमारी पुनले बताए । शुक्रबार १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका […]