नेपाल साफ च्याम्पियनसिपको उपविजेता

काठमाडौँ । माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो । माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी […]

बाँकेबाट २० दिन पैदल हिडेर माइतीघरमा धर्ना, तर न्याय अनिश्चित

काठमाडौँ। अरुलाई दशैको उल्लास छ । दशैमा मिठामिठा परिकार खाइरहँदा माइतीघरमा नेपालगन्जबाट अाएकाे एक समूह भने चिसाे भुइमा रात बिताइरहेकाे छ । उनीहरु महिलामाथि हुने हिंसा र महिला हत्याका घटनामा न्याय माग्न माइतीघरमा धर्नामा बसेका हुन ।  बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण पछि हत्या भएको घटनामा अनुसन्धानकाे माग गर्दै नेपालगन्जबाट ११ महिला […]

बुङ्गमतिमा मनकामना, ह्याग्रिव भैरव र ‘‘ब्व सल ” वायुपंखी घोडामा सिह सार्थ बाहुको जात्र

काठमाडौँ  । उपत्यकाको प्राचिन नगरी बुंगमतीमा बडा दशैँको हरेक वर्ष नवमी, दशमी र एकादशीको दिन मनाइने मनकामना ,भैरव जात्रा मंगलबार  देवगणलाइ आआफ्नो स्थानमा भित्र्याई पछि जात्रा समापन गरिने परम्परा रहिआएको छ । ललितपुरको जावलाखेलबाट करिब ६ किलोमिटर दक्षिण पर्नेमा अवस्थित यो बस्ती विभिन्न प्राचिन इतिहास संग जोडिएको पाइन्छ।  ३५ हजारको हाराहारीमा जनसंख्या रहेको प्राचिन बस्ती बुंगमतिमा […]

समुदायमा सुरक्षा थप्यो ‘ झिंगु इनात्वा: ल्याम्ह पुच: ’ ले थालेको सिसिस क्यामरा जडान अभियानले

काठमाडौँ। बिष्णुमती खोला किनार कंकेस्वरी मन्दिर क्षेत्र रातको समएमा अपराधिक घट्ने घट्ने गरेपछि स्थानीय जागरुक युवाहरुको सामाजिक समूह ‘ झिंगु इनात्वा: ल्याय्म्ह पुच: ’ ले सो क्षेत्र आसपास सिसि क्यामरा जडान गरेको छ। समुहको सक्रियतामा अहिले ११ स्थानमा  जडान गरेको सिसि क्यामरा को नियेंत्रण कक्षको बुधबार नेपाल खड्गी सेवा समितिका सरक्षक मनोज नेवा : खड्गी […]

कर्नाटक वंशी राजा हरिसिंह देवका इष्टदेवता तलेजु भवानी र नायर बंशको इतिहास

काााठमाडौं । बडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा बिहिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । तलेजु भवानीलाई कर्नाट (नायर) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । नेपाल संंवत ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ (बारा) मा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी […]

पाटनमा लिच्छवीकालिन मनमानेश्वरी देवी मूलचोकमा भित्राईयो , ७ दशकपछी तीन गुथियारले बोके शक्तिको प्रतिक तीन खडग

असोज २६, ललितपुर ।    देशैभरी मोहनी नख:  ( बडा दशैँ )   को शुरुवात तथा फुलपाती भित्रीदैं गर्दा ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: सप्तमी मंगलवारका दिन मू छें आगंम घरबाट मूलचोकमा अवस्थित मू छें माजुको देवालयमा शक्तिको प्रतिक तीन खडग ७ दशकपछी तीन गुथियारहरुले बोकेर भित्राईएको छ । स्थानिय भाषामा “द्यो: क्वहाँ बिज्याकेगु” […]

पिङ थाप्ने क्रममा लड्दा मकवानपुरमा एक जनाको ज्यान गयो

काठमाण्डाै । मकवानपुरको भीमफेदी गाउँपालिकामा पिङ थाप्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका-६ माण्डुमा पिङको लठ्ठा बाँध्ने क्रममा लड्दा त्यहीँ ठाउँका ५३ वर्षका प्रेम लामाको ज्यान गएको हाे । हिजो बेलुका ६ बजे लडेका लामाको उपचारका क्रममा हेटौँडा अस्पतालमा गएराति १० बजे ज्यान गयो प्रहरीले जनाएको छ ।

दिउँसो साढे चार बजे हनुमानढोकामा फूलपाती भित्र्याइँदै

काठमाण्डाै । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नौ […]

बर्दियामा पाटे बाघले बेपत्ता बनाएकाे पुरुषकाे शव फेला

बर्दिया । बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ । पाटे बाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाकाे गोर क्षेत्रमा फेला परेको हो । हिजो दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई […]

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा चारको मृत्यु

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसीएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा […]