पाँच युवकद्वारा ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

काठमाडौं, ९ चैत ।गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । नुवाकोटमा एक महिलामाथि पाँच जना युवकले सामूहिक बलात्कार गरेका थिए । सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शिवपुरी गाँउपालिका ५ बस्ने २५ वर्षका उमेश तामाङ र […]

कैलालीमा विस्फोट हुदा एकको मृत्यु

धनगढी, ९ चैत । कैलालीको गोदावरीमा विस्फोट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो। विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा पट्कीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको […]

बाँकेको जमुनाहा नाका एक साताका लागि बन्द

काठमाडौं, ९ चैत । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै नेपाल–भारत जमुनाहा बन्द गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुवै देशका अधिकारीहरुको सहमतिमा नाका बन्द गरिएको बताए । खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट […]

बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटायो

काठमाडौँ, ९ चैत । चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ । विषम परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको बुद्ध एयरले एक सूचना जारी गर्दे जानकारी […]

तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, १८ घाइते

तनहुँ, ९ चैत । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, १८ घाइते भएका छन ।  तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना भएको हो । मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधामबाट मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजना पक्राउ

९ चैत । जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजना पक्राउ परेका छन् । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएपछि कालोबाजारी गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ । जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाबाट संयुक्त रुपमा खटेको अनुगमन टोलीले पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा […]

कोभिड–१९ संक्रमतिको संख्या विश्वभर तीन लाख बढि, मर्नेको संख्या १२ हजार ९७३

विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि ठूलो त्रास उत्पन्न भएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख चार हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि झण्डै […]

नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु,

काठमाडौँ, ९ चैत । काठमाडौँमा एलपी ग्यासको ढुवानी माग भन्दा बढि गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । सङ्घका अनुसार एलपी ग्यास […]

काभ्रेपलाञ्चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

बनेपा, ९ चैत । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा […]

कोरोनाभाइरसबाट इटलीको लोम्बर्डी क्षेत्र सबैभन्दा बढि प्रभावित

काठमाडौ, शनिवार मात्रै इटलीमा करिब ८०० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो। गत महिना कोरोना सङ्क्रमण सुरु भएयता ४,८२५ जनाको मृत्यु भयो जुन विश्वकै सबभन्दा धेरै हो । लोम्बर्डी इटलीको सबैभन्दा नराम्ररी प्रभावित स्थान हो, त्यहाँमात्रै कोरोनाभाइरसका कारण ३,०९५ को मृत्यु भएको छ । यो क्षेत्रका अध्यक्ष एट्टिलियो फोन्टानाले कडाइका नयाँ नियमहरू एक विज्ञप्ति जारी […]