कोरोनामा सरकारको निर्णयः जनतामाथि गम्भीर घात

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने घोषणा गरेर निर्वाचित भएको वर्तमान सरकारले पछिल्लो समय आफ्नो सो घोषणालाई चुनौती दिने गरी कोरोना भाइरस परिक्षण गर्न गरिने पीसीआर र त्यसबाट पत्ता लाग्ने संक्रमितहरुको उपचार सरकारले निःशुल्क नगर्ने निर्णय गरेको छ । यो त एउटा सानो उदाहरण हो । यो सरकार बनेदेखि यता करिव पछिल्ला तीन वर्षमा […]

कोरोनाका कारण लोकसेवाले गर्यो सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे। आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूमा सिर्जना भएको एवं आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू […]

११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो […]

न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित

एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् । अधिकांश मतगणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको दलले ६४ सिट ल्याउने अनुमान छ । जुनसंसदमा बहुमतका लागि पर्याप्त हुन्छ । विपक्षी मध्यपन्थी दल नेशनल पार्टीले २७ प्रतिशत […]

टाउको काटेर शिक्षकको हत्या

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा टाउको काटेर शिक्षकको हत्या भएको छ। स्थानीय समय अनुसार शुक्रबार साँझ ५ बजेतिर आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो । आक्रमणकारी भागेपछि मात्रै स्थानीय प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले आक्रमणकारीलाई पनि गोली हानी मारेको छ। आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन। फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार […]

प्रहरीमाथि गोली चलाउने चार सार्वजनिक

वीरगञ्ज । प्रहरीमाथि गोली चलाउने चारजनालाई पक्राउ गरी पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। प्रहरीमाथि गोली चलाउने पर्साको ठोरी गाउँपालिका ४ निवासी ३५ वर्षका कुमार लामा, वर्ष ३८ को सुन बहादुर लामा, वर्ष ३६ को बाबुराम लामा र वर्ष २७ का अमन लामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। अवैध सामान तस्करी भइरहेको सूचनाको आधारमा […]

लाप्चाबाटै मानसरोवर कैलास दर्शन, यो वर्ष पाँच सय दर्शनार्थी

हुम्ला ।  निलो आकाशको काखमा पुगे झैँ अनुभव हुने हुम्लाको उत्तरी गापा नाम्खाको लिमीमा पर्ने लाप्चाबाट आँखाको धित मरुञ्जेल मानसरोवर कैलाशको अति नजीकबाट दर्शन गर्न सकिन्छ । यहाँको उचाई करीब ५हजार ३ सय रहेको छ । यो वर्ष हिल्छा नाका बन्द हुँदा मानसरोवर कैलास जाने दर्शनाथी र तिर्थयात्रीहरूका लागि नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलासको दर्शन […]

रक्षामन्त्रालयले मन्त्री पोखरेललाई गरेको विदाई कार्यक्रममा गएनन प्रधानसेनापति, जंगी अड्डामै बोलाएर विदाई गर्ने

काठमाडौं, २९ असोज । प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएपछि रक्षामन्त्री ईश्वर पोखरेललाई बुधवार सो मन्त्रालयमा विदाई कार्यक्रम राखियो । तर, उक्त विदाई कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति गएनन । उक्त विदाई कार्यक्रममा नेपाली सेनाले एकजना उपरथीलाई भने पठायो । नेपाली सेनासँगको मनमुटावकै कारण जिम्मेवारी खोसिएको हल्ला चलिरहेका बेला विदाई कार्यक्रममा देखिएको यो दृष्यले अझ बढी कुरा […]

नेताले बिगारेको राजनीति सपार्न एउटा आँधीबेहरी ल्याउन जरुरी छ

नेपाल प्राचीन समयदेखि नै निरन्तर युद्धमा छन् । व्यवस्था विरुद्धको आन्दोलन आजपर्यन्त जारी छ । तर, संघर्षका स्वरुप, शैली र त्यसमा प्रयोग हुने प्रविधिमा भने बदलाव आएको छ । प्रविधि बदलिए पनि मानिसहरुको प्रवृति भने फेरिएको छैन । हरेक एक युगले अर्को युगलाई पछार्दै आफ्नो दवदवा कायम गरेको छ । किराती, लिच्छवी, मल्ल, शाह, राणा, […]

बालकले फेसबुकमा पोष्ट गरेको तस्बिरले बागलुङमा ११ थान बन्दुकसहित ११ पक्राउ

बागलुङ । अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्बिर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी गरेको थियो […]