काठमाडौं, २४ मंसिर । चर्चित क्लाेथिङ ब्रान्ड एडिडाससहित ४२ फर्मले ठूलाे मात्रामा राजश्व चुहावट गरेकाे खुलेकाे छ । राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने एडिडाससहितका ४२ फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ। राजश्व चुहावटसम्बन्धी गरेको अनुसन्धानमा ४२ वटा फर्महरु दोषी देखिएपछि उनीहरुविरुद्ध विभागले मुद्दा दर्ता गरेको हो। यस वर्षकाे साउन महिना यता मात्र उनीहरुले ५ अर्ब […]
राजनीति
वेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोग खारेज गर्दै सरकार
काठमाडौँ । वृहत शान्ति सम्झौता अनुरुप गठित तर अधिकारविहीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगलाई अन्तत: औपचारिक विदाइ दिने निर्णयमा सरकार पुगेको छ। दुवै आयोगको काम गर्नका लागि सरकारले पूर्व एमाले निकट तथा हाल राष्ट्रपति विद्यादेवी भण्डारीका मानवअधिकार सम्बन्धी सल्लाहकार सुशील प्याकुरेललाई नयाँ संयन्त्रको नेतृत्व सुम्पिइने तयारी भइरहेकाे एक उच्च सरकारी स्रोतले जनाएकाे छ […]
कोशीमा भारतीय डाँकाहरुको समूह र प्रहरीबीच गोली हानाहान, एक भारतीयको मृत्यु
इनरुवा, २४ मंसिर । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी […]
चालकसँगै पैसा असुलेर विदेश पुर्याउने राजदुत लक्की बोलाइन काठमाडौ
काठमाडौँ, २३ मंसिर । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई […]
नेकपामा चरम विवाद माधव, झलनाथ, वामदेव र नारायणकाजीको विद्रोह
काठमाडाैं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद चुलिएकाे छ । लामाे समयदेखि बैठक नै नबसेर एकलाैटी पार्टी चलाएकाे भन्दै नेताहरुकाे चर्काे अालाेचना भइरहेका बेला पार्टीका शिर्ष नेताहरुबीच ठूलाे मनमुटाव रहेकाे कुरा बाहिर अाएकाे छ । यसैबीच नेकपाका शिर्ष चार नेताले बैठकस्थलबाट विद्राेह नै गरेर हिडेका छन् । नेकपाका दुर्इ अध्यक्ष केपी […]
कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध २ अर्ब १३ करोड भ्रष्टाचार गरेको मुद्दा
काठमाडौं, २१ मंसिर । कालिका कन्स्ट्रक्सनका मालिक तथा पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध २ सय कराेडभन्दा भ्रष्टाचार गरेकाे मुद्दा परेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जना विरुद्ध २ अर्ब १३ कराेड रुपैयाँकाे भ्रष्टाचार गरेकाे मुद्दा दायर गरेकाे हाे । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर […]
सरकारी नेकपाको वैधानिकता विरुद्ध सर्वोच्चमा पर्यो रिट
काठमाडौँ, २१ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन । अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा आज दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को […]
नेकपानिकट जनस्वास्थ्यकर्मी महासंघले पायो पूर्णता, यसरी छानिए नयाँ पदाधिकारी
काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले कार्यसमितिलाई पूर्णता दिएको छ । प्रमोद योगीको अध्यक्षतामा दोश्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिमा बाँकी पदाधिकारीहरु चयन गर्दै प्रथम बैठक सम्पन्न भएको खबर छ । काठमाडौँमा सम्पन्न प्रथम बैठकले महासंघको वरिष्ठ उपाध्यक्षमा नरबहादुर थापा, उपाध्यक्ष भैरव बोहोरा, महासचिव रामकुमार श्रेष्ठ, सचिव जयराम रायमाझी, सह–सचिव फुलराम चौधरी र कोषाध्यक्षमा योगेन्द्र यादवलाई […]
नेपालबाट मधेश अलग गराउने आन्दोलन गर्ने सीके राउत पूर्पक्षका लागि जेल चलान
काठमाडाैं, २० मंसिर । राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका सीके राउतलाई जेल चलान गरिएको छ । जिल्ला अदालत, रौतहटले उनलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई जिल्ला कारागारमा चलान गरिएको प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालले पुष्टि गरे । यसअघि […]
नेपाली बुद्धिजीवीहरुलार्इ थला पारिदिने प्रधानमन्त्री केपी ओलीको चेतावनी
काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री केपी ओलीले बुद्धिजीवीहरुलाई चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरलाई आफूले जवाफ दिए थला पर्ने बताएका हुन् । आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले बुद्धिजीवीहरुलाई यस्तो चेतावनी दिएका हुन्। कार्यक्रममा प्रधानमन्त्रीले ओलीले भनेका छन्,‘कुनै–कुनै बुद्धिजीवीहरुको टिप्पणी अत्यन्तै असभ्य, तल्लोस्तरको […]











