देशभर मतदान सकियो तर प्यूठानमा मध्यरातसम्म पनि मतदान रोकिएन

प्यूठान, २१ मंसिर । देशभरको निर्वाचन सकिएको बेला एउटा जिल्लाको मतदान भने अहिलेसम्म सकिएको छैन । निर्वाचन आयोगले आज भएका ४५ जिल्लाका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान अवधि तोकेको थियो । तर, प्यूठानको एक मतदान केन्द्रमा भने रात पर्दासम्म पनि मतदान सकिएको छैन । प्यूठानको ओखरकोटमा राती अबेरसम्म पनि मतदान चलेको […]

वाम गठबन्धनका काजीलार्इ पछाडि पार्दै बाबुराम भट्टरार्इ अघि

गोरखा, २१ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाअनुसार बाबुराम भट्टराईले अग्रता लिएका छन् । एक मतगणना प्रतिनिधिका अनुसार हालसम्म ५६ मत गन्दा बाबुराम भट्टराईले ४० मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठ प्रकाशले १६ मत ल्याएका छन् । गोरखा–२ को नतिजालाई निकै चासोपूर्वक हेरिएको छ । यसैबीच जाजरकोटमा […]

जाजरकाेटमा कांग्रेसका राजिव शाहमाथि शक्ति बस्नेतले लिए सुरुदेखि नै अग्रता

जाजरकोट, २१ मंसिर । जाजरकाेटमा वाम गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा दबैमा अग्रता लिएकाे छ । प्रारम्भिक मतपरिणाम अनुसार वामगठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् । बस्नेतले कांग्रेसका राजिव शाहलार्इ पछाडि पारेर अग्रता कायम गरेका हुन् । बस्नेतले ६०७ ल्याउँदा शाहले ४३७ मत पाएका छन । जाजरकाेटमा प्रतिनिधि सभाका लागि […]

तनहुँमा मतपेटिका ल्याउँदै गरेको टोली एम्बुसमा

तनहुँ, २१ मंसिर । मतपेटिका ल्याएर जिल्ला सदरमुकाम अाउँदै गरेको टोली एम्‍बुसमा परेको छ । तनहुँको केशव टारबाट र सीसाघाटबाट मतपेटिका लिएर अाउँदै गरेको अलग अलग टाेली एम्बुसमा परेकाे छ । स्थानीय जनताको भनाइअनुसार ६ः३० बजेतिर छुट्टाछुट्टै ठाउँमा बिस्फोटकाे ठूलो अावाज अाएको थियो । घटनाकाे थप विवरण अाउँन बाँकी छ ।

निर्वाचन अायाेगले भन्याे ६७ प्रतिशत मत खस्यो

काठमाडौं, २१ मंसिर । निर्वाचन अायाेगले अाज सम्पन्न दाेस्राे चरणकाे निर्वाचनमा कूल ६७ प्रतिशत मत खसेकाे जानकारी दिएकाे छ । मतदान सम्पन्न भएपछि अायाेगले पत्रकार सम्मेलनकाे अायाेजना गरी यसकाे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा अायाेगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले करिव ६७ प्रतिशत मत खसेको जानकारी दिए । अाज भएकाे दाेस्राे चरणकाे निर्वाचनमा प्रतिनिधिसभाका […]

फुलपरासी बुथमा गोली चल्यो, घाइते ३ मध्ये एक महिलाको अवस्था गम्भीर

सर्लाही, २१ मंसिर । सर्लाहीकाे फुलपरासी मतदान केन्द्रमा गाेली चलेकाे छ । गाेली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एक महिलाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत फुलपरासी बुथमा उक्त गाेली चलेकाे हाे । मतदान केन्द्रमा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताहरुबीच भएकाे झडपका क्रममा गाेली चलेकाे हाे । […]

वाम गठबन्धनले बुथ कब्जाकाे प्रयास गरेपछि सल्यानमा तनाव

सल्यान, २१ मंसिर । सल्यानकाे बागचाैरकाे शिशु जागर माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि तनाव उत्पन्न भएकाे छ । सल्यानमा माअाेवादी केन्द्र दुर्इ टुक्रामा विभाजित भएर चुनावमा सहभागी भएकाे छ । एउटा समूह वामगठबन्धनमा छ भने अर्काे समूह बागी बनेकाे छ । नेकपा एमाले-माओवादी केन्द्रका कार्यकर्ताले मतदान सुरुभएसँगै […]

गाउँ र नगरपालिकाले चर्को कर उठाउन थालेको भन्दै नेकपाले दियो चेतावनी

काठमाडौं, २० मंसिर । नवगठित गाउँपालिका र नगरपालिकाहरुले गाउँमा चर्को कर उठाउन थालेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ती जनाएको छ । नेकपा जाजरकोटका इन्चार्ज अनुकूलले एक विज्ञप्ती जारी गर्दै सो आपत्ती जनाएका हुन् । जनतालाई सेवा र सुविधा दिनुभन्दा सुरुमै चर्को कर थोपरेर नयाँ संरचनाले जनतामाथि अन्याय गर्न थालेको उनले बताएका छन् । विगतका सरकारले […]

सुर्खेतमा मतदान केन्द्र प्रमुखसहित २१ जना कर्मचारी कब्जामा

सुर्खेत, २० मंसिर । सुर्खेतको बराह गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भेरिमावि तरङ्गा मतदान केन्द्रका प्रमुखसहित २१ जनाको टोली स्थानीयवासीले कब्जामा लिएका छन् । मंगलबार राति ११ बजेतिर स्थानीयले मतपेटिका कब्जा गर्ने क्रममा अधिकृतलगायतको टोलीलाई पनि स्थानीयले कब्जामा लिएका हुन् । मतदान केन्द्रको सुरक्षार्थ खटिएका १६ जना प्रहरीलाई स्कुलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट […]

कांग्रेस नेता निधिको आक्रमणमा परी राजपा नेता महतोको टाउको फुट्यो

धनुषा, २० मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोमाथि आक्रमण भएको छ । मंगलबार जनकपुरमा भएकाे अाक्रमणबाट उनकाे टाउकाेमा चाेट लागेकाे छ । धनुषा-३ बाट उम्मेदवार रहेका महतोमाथि भएकाे अाक्रमणमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकाे हात रहेकाे बताइएकाे छ । राजपा नेता महताेले अाफूमाथि निधिले अाक्रमण गरेकाे अाराेप लगाएका छन् । निधि […]