काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद […]
राजनीति
राजेन्द्र लिङ्देनविरुद्ध लट्ठी टेकेर निर्वाचन आयोग पुगे नवराज सुवेदी
काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि इतर समूहको सहयोगमा उनी आइतबार लट्ठी टेकेर आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने बताइएको छ । उनीसँगै पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष […]
उत्तर कोरियाको प्रतिबद्धता – युक्रेन युद्धमा रुसलाई ‘बिना सर्त समर्थन’
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई प्योङयाङ युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन्। दुई देशबीच उच्च-स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन्। उत्तर कोरियाले रुसको युक्रेन युद्धका […]
मधेशमा बजेटको त्रुटि छानबिन गर्न उपसभामुखको संयोजकत्वमा कार्यदल पुनर्गठन
जनकपुरधाम । मधेश प्रदेशको बजेटमा भएको त्रुटि छानबिन गर्न उपसभामुख बविता राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन भएको छ । सत्ता पक्षबाट नेपाली कांग्रेसका मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमत पार्टीका चन्दन सिंह र सम्भु साह, र राष्ट्रिय लोकतान्त्रिक समाजवादी पार्टी (रालोसपा) की रमिता प्रधान छन्। विपक्षी दलहरूमध्ये जसपा […]
गृहजिल्ला पुगेर प्रधानमन्त्रीले भने-सम्पत्तिसंगै जाँदैन
झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन्। नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाममा स्थापना भएको १० शैय्याको आधारभुत अस्पतालले दैनिक चार सय जनालाई सेवा दिनेछ। प्रधानमन्त्री ओलीले जग्गा दान दिएर अस्पताल निर्माण सम्भव भएको उल्लेख गर्दै मृत्युपछि कसैले केही साथ लैजान नसक्ने […]
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति भण्डारीले वामपन्थी एकताको आवश्यकता महसुस गर्दै त्यसको पहलकदमीलाई सकारात्मक रुपमा लिएको खनालले बताए । ‘अहिले जे खालको समस्याबाट एमालेको […]
पार्टी निर्णयको विरोध गरेको भनेर जनमतले सोध्यो दुई नेतालाई स्पष्टीकरण
काठमाडौँ । जनमत पार्टीले दुई जना नेतालाई स्पष्टीकरण सोधेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) र वीरेन्द्र सोनार (रौतहट)लाई स्पष्टीकरण सोधेको हो। उनीहरूले पार्टी निर्णयको विरोध गरेको विधान विपरीत ढंगले अनुशासनहिनता प्रदर्शन गरेको अनुशासन समितिको ठहर छ। ‘तपाईं विगत केही दिन देखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गर्नुभएको र जनमत […]
प्रधानमन्त्री ओलीको अर्ती- तीस वर्षमा तीन सन्तान पाउनु,रमाउन चालिस नकुर्नु
काठमाडौँ, २७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको समान विकास आवश्यक रहेको उल्लेख गर्दै समयमै विवाह गरी सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ सार्वजनिक कार्यक्रममा ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिए। जनसङ्ख्यालाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने धारणा व्यक्त […]
आश्रम पुगे प्रचण्ड, मानव सेवामा सहयोग पुर्याउन आग्रह
काठमाडौ । आफ्नी पत्नी एवं पार्टी सल्लाहकार सीता दाहालको दोश्रो स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवन पुगेर त्यहाँ आश्रय लिइरहेकाहरुलाई मिस्ठान्न भोजन गराएका छन् । अध्यक्ष प्रचण्डले आश्रममा आश्रितहरु संग आत्मीय भेटघाट गर्दै आफैले भोजन गराउनुका साथै स्वयं पनि उनीहरूसँगै बसेर खाना […]
आज माओवादीसहित १२ दलले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ । […]











