न्यूयोर्क, ८ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन । त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्रसङ्घको महत्व र भूमिकाको चर्चा गरे । प्रतिरोधात्मक कूटनीति, दिगो […]
राजनीति
कांग्रेसको दोस्रो चरणको जागरण अभियान, पाल्पा सहित देशभर प्रदर्शन
पाल्पा,८ असोज । नेपाली काँग्रेसको दोश्रो चरणको जागरण अभियानको अन्तिम दिन पाल्पा सहित देशभर सरकारविरुद्ध विरोध प्रदर्शन सहित सभा गरेको छ । सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र संगठन सुदृढ र विस्तार गर्ने भन्दै काँग्रेसले देशभर जागण अभियान चलाएको थियो । वर्तमान सरकार काण्डै काण्डमा फसिरहेको भन्दै त्यसको विरोधमा अभियान चलाएको पाल्पा जिल्ला […]
राष्ट्रसङ्घमा मन्त्री ज्ञवालीको व्यस्त कार्यतालिका
न्युयोर्क, ७ असोज । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज मङ्गलबार दिनभर राष्ट्रसङ्घीय विविध बैठकहरूमा सहभागी हुँदैहुनुहुन्छ । मन्त्री ज्ञवाली बिहानैदेखि महासभा बैठकको ‘जनरल डिबेट’मा सहभागी हुनुभएको छ भने आजै दिउँसो संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्ने राजकीय दिवाभोजमा सरिक हुनुहुनेछ । महासभामा भाग लिन आउनुभएका […]
पार्टीको नीतिअनुसार चल्नुपर्छ : काङ्ग्रेस उपसभापति निधि
धनगढी, ७ असोज । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले व्यक्तिको पछि नलागेर पार्टीको नीति, विचार र सिद्धान्तमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन आज यहाँ आयोजित सभामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति निधिले पार्टीको नीति अनुसारको व्यवहार र आचरण देखाउन […]
संविधानमाथि आक्रमण हुने खतरा छ : महामन्त्री कोइराला
खोटाङ, ७ असोज । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको बताएका छन । खोटाङको दिक्तेलमा आज आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उनले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिए । उनले भने, “यो सरकारले कुनै माखो मार्नेवाला छैन । आजका मितिसम्म विकासको […]
उपनिर्वाचनमा एकताबद्ध हुन कार्यकर्तालाई निर्देशन
पोखरा, ७ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कास्की निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेवारलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले चुनावमा दुई कम्युनिष्ट पार्टी एक भएको सन्देशलाई प्रमाणित गर्ने गरी एकताबद्ध भई क्रियाशील हुनुपर्ने बताए […]
शिक्षक लाइसेन्स परीक्षाका लागि माध्यमिक र निम्न माध्यमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको लागि माध्यमिक तह र निम्न माध्यमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र […]
शिक्षामा स्थानीय तहले दादागिरी चलाएको भन्दै त्यसविरुद्ध उत्रने शिक्षक महासंघको घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षामा स्थानीय तहको दादागिरि बिरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने भएको छ । प्रचलित संविधान र ऐनकानून विपरित स्थानीय तहबाट विद्यालयका शिक्षक तथा कर्मचारी माथि गरिएका ज्यादती र जोर जवर्जस्तीका कार्यहरु फिर्ता तथा बन्द गर्न दबावपूर्ण अभियान तथा कार्यहरु अघि बढाउने महासंघले घोषणा गरेको हो । महासंघले मंगलवार शिक्षा पत्रकार समूहमा […]
शिक्षक लाइसेन्सको परीक्षाबारे परेको रिट सर्वोच्चमा खारेज, ५ पटक सरेको लाइसेन्स परीक्षाको अवरोध हट्यो
काठमाडौं । सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । मंगलवार न्यायधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलाशले शिक्षक लाइसेन्सको विज्ञापन खारेजीको विषयमा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो । भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१, असोज ५ र अहिले […]
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार […]











