काठमाडौं ः नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। आज र भोलि काठमाडौं कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान […]
राजनीति
१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटका यस्ता छन् प्राथमिकता
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तै वित्तीय व्यवस्थापनतर्फ १२.८ […]
के केमा बढ्यो, के केमा घट्यो कर ? हेर्नुहोस पूर्णपाठ
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेस गरेसँगै आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक भएको हो । आगामी आर्थिक वर्षको नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ । सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य उत्पादनमा स्वास्थ्य जोखिम कर बढाएको हो […]
बजेटमा समेटिएका कर्णालीका योजनाहरु
सुर्खेत । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार संसदमा प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा कर्णालीका थुप्रै योजनाहरु समेटिएका छन् । यद्यपि योजनाका लागि बजेट भने उल्लेख गरिएको छैन् । कतिपय अघिल्लो आर्थिक वर्षका योजनाहरु समेटिएका छन् भने केही नयाँ योजनाहरु पनि समेटिएको छन् । विशेषगरी कर्णालीको कृषि क्षेत्रलाई बजेटमा प्रमुख […]
ओलीलाई देउवाको जवाफः लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने सरकारलाई राम्रो थाहा छ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकारको धारणा के हो ? भनी प्रश्न गरेका थिए । शनिबार […]
घाटामा १९ सरकारी संस्थान, २२ संस्थानले कमाए नाफा
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये १९ नोक्सानीमा गएका छन् । २२ वटा संस्थानले मात्रै नाफा कमाएको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ । सर्वेक्षणअनुसार नाफामा सञ्चालन भएका संस्थानहरूबाट आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश पाएको छ । आर्थिक वर्ष २०७६/७७ को लाभांश १४ […]
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको लागि संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट नीति […]
प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा देशमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड रुपैयाँ मात्रै थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म प्रत्यक्ष […]
नेपालीको प्रतिव्यक्ति आम्दानी १,३८१ डलर, ऋण ६३ हजार ३१० रुपैयाँ
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । हरेक नेपालीको भागमा ऋण भने ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ । यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ […]
स्थानीय निकाय निर्वाचन २०७९: दृष्य-अदृष्य केही पाटाहरू
स्थानीय निकाय २०७९ को चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भयो । परिणाम पनि करिव करिब हात लागि नै सक्यो । बिगतमा पहिलो स्थान ओगटेको एमाले यो पटक दोश्रो भयो भने दोश्रो स्थानको काँग्रेस पहिलो भयो । माओबादी केन्द्रले भने आफ्नो स्थान कसैलाई छोड्न चाहेन । अर्थात् बिगतमा झैं यो पटक पनि माओबादी तेश्रो स्थान मै किल्ला […]