काठमाडौं, ९ जेठ । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनकै निवासबाट पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताए । सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ‘विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने’ […]
मुख्य समाचार
नेकपाको कडा चेतावनीपछि विराटनगरको भारतीय कार्यालय बन्द
काठमाडौं, ८ जेठ । नेकपाको कडा चेतावनीपछि भारतले अनुमतिबिना संचालन गर्दै आएको बिराटनगरस्थित दूतावासको अफिस झन्डै १० बर्षपछि बन्द गर्ने भएको छ । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले टरेको थिएन । स्थानीयले समेत उक्त कार्यालय हटाउन बारम्बार माग गरेपनि नेपाल सरकारले समेत खासै चासो […]
यसरी पक्राउ परेका रहेछन गोरे, खुल्यो नयाँ रहस्य
काठमाडौं, ८ जेठ । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो । छानविन समितिका संयोजक इश्वरराज पौडेलका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव […]
ओलाङचुङगोलामा तयार गलैंचा तिब्बतमा लोकप्रिय
ताप्लेजुङ, ८ जेठ । ताप्लेजुङको ओलाङचुङगोलाबासीले बुनेको गलैंचाले तिब्बतमा राम्रो बजार पाउन थालेको छ । बर्षेनी यहाँ उत्पादित पाँच सयभन्दा बढी गलैंचा तिब्बतको बजारमा पुग्ने गरेको स्थानीयले बताएका छन् । तान लगाएर हातले बुनेको गलैंचा निकै आकर्षक र टिकाउ हुने भएकाले तिब्बतमा राम्रो बजार पाएको व्यवसायीले बताएका छन् । एक जना व्यवसायीले कम्तिमा पनि वर्षमा […]
अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियालाई दिए यस्तो चेतावनी
काठमाडौं, ८ जेठ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासकबीच अर्को महिना शिखर वार्ताको तिथि तय गरिएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती […]
माउरो अर्जेन्टिनाको विश्वकप टोलीमा परेनन्, यस्तो छ टोली
काठमाडौं, ८ जेठ । स्ट्राइकर माउरो इकार्डी आगामी महिना रशियामा हुने विश्वकप फुटबलको अर्जेन्टिनी टोलीमा पर्न असफल भएका छन्। अघिल्ला खेलहरूमा राम्रो खेल्न नसकेपछि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज सामपाओलीले उनलाई विश्वकपको अन्तिम २३ मा नराखेका हुन्। पाउलो डाइब्ला भने टोलीको अन्तिम सूचिमा अटाएका छन्। विश्वकप ड्रामा अर्जेटिनाको समूह ‘डी’मा परेको छ। सो समूहमा अर्जेन्टिनासँगै आइसल्यान्ड, क्रोएसिया […]
स्पेनको विश्वकप टोलीमा अटाएनन् चेल्सीका स्ट्राइकर मोराता
काठमाडौं, ८ जेठ । चेल्सीका स्ट्राइकर एलभारो मोराता रशियामा हुने विश्वकप टोलीमा पर्न असफल भएका छन्। स्पनले सोमबार घोषणा गरेको टोलीमा उनी छैनन्। प्रिमियर लिगमा गतिलो प्रदर्शन गर्न नसकेपछि विश्वकप टोलीमा स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुइले उनलाई नराखेका हुन्। जुलेनले टोलीमा लागो एसपास, रोड्रोगो मोरेनो तथा डिएगो कोस्टालाई छनौट गरेका छन्। यी तीन जना खेलाडीको आफ्नै […]
भीम रावलको धम्कीपछि ओली-प्रचण्डलाई आपत, ४ स्थायी समिति र ३ केन्द्रीय सदस्य थपिए (लिस्टसहित)
काठमाडौं, ८ जेठ । केपी ओलीले एमालेका तर्फबाट आफुखुसी केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै भीम रावलले धम्की दिएपछि उनकै सिफारिसअनुसार ७ नम्बर प्रदेशबाट ३ केन्द्रीय सदस्य हेरफेर गरिएको छ । अन्य ३ जनासहित सोमबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले ६ जनाको नाम हेरफेर गरेको हो । यसअघि सार्वजनिक गरिएका पुण्य गौतम, साध्यबहादुर भण्डारी र दयालबहादुर शाही हटाएर राजेन्द्रसिंह […]
धादिङको इँटा भट्टामाथि बम बिस्फोट, यस्तो छ क्षतिको बिबरण
धादिङ, ८ जेठ । धादिङको धुनीबेसी नगरपालिका जीवनपुरमा रहेको इँटा भट्टामा अज्ञात समुहले बम विस्फोट गराएका छन् । सोमबार भएको उक्त विस्फोटबाट इँटा उद्योगमा ६ लाख भन्दा बढी क्षति भएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार बम विस्फोटका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टर लगायतको सामग्रीमा क्षति छ । घटनाको अनुसन्धान […]
अन्डरलार्इन नेकपामा को को परे केन्द्रीय समितिमा हेर्नुहोस सूची
काठमाडौं, ८ जेठ । नेपाल कम्युनिस्ट पार्टी अण्डरलाइनको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । अब स्थायी कमिटी बन्न मात्रै बाँकी छ । यो कमिटी ४५ सदस्यीय हुनेछ । पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रम अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नाम राखिएको […]











