सिमा मिचिनबाट बचाउन माग गर्दै सर्वोच्चमा मुद्दा दायर

नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेका हुन् । निवेदनमा सीमा रेखा कोर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको छ । सीमा […]

प्रचण्डले रास्ट्रिय सभामा पारे बादल र दिनानाथसहित १३ नेता : एकजना छान्न अझै सकस

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुन् । नेता शर्मा भने पूर्वमन्त्री तथा  पार्टीको […]

प्रचण्डलार्इ आइलाग्यो अर्को ठूलो झमेला

काठमाडौं, ९ माघ । पार्टीभित्रका अनेक झमेला मिलाउदा मिलाउँदा हैरान भएका माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ अर्काे झमेला अाइलागेकाे छ । राष्ट्रिय सभाकाे निर्वाचनमा पार्टीका तर्फबाट ककसलार्इ उम्मेदवार बनाउने भन्ने झमेला उनीमाथि अाइलागेकाे हाे । जनतामा जान नसक्ने तर प्रचण्डकै वरिपरि लुतीपुती गरेर पद हत्याउन मरिहत्ते गर्ने र पद नपाए प्रचण्डलार्इ नै गाली गर्नेहरुकाे […]

एमालेमा फेरि कोमल वलीकै चर्चा, ओलीले कोमललार्इ बनाए राष्ट्रिय सभा सदस्यको उम्मेदवार

काठमाडौँ, ८ माघ । नेकपा एमालेमा फेरि काेमल वलीका बारेमा चर्चा चुलिएकाे छ । यसअघि दाङ जिल्लाबाट उम्मेदवार बनाउने एमालेले निर्णय गरेपछि उनकाे चर्चा ह्वात्तै बढेकाे थियाे । एमालेभित्रै उनकाे ठूलाे विराेध अाएपछि उनकाे उम्मेदवारी अन्तत: राेकिएकाे थियाे । उम्मेदवार बन्ने पाउने अाशाले नै काेमल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमालेमा प्रवेश गरेकाे अाराेप पनि उनीमाथि त्यतिबेला […]

सिलवालको बचाउ गर्दै एमालेले प्रहरी र सरकारलार्इ दियो कडा चेतावनी

काठमाडौँ, ९ माघ । इन्टरपाेलमार्फत रेड कर्नर नै जारी गरेर सरकारले धुइपताल खाेजि गरिएका पूर्व डिअाइजी नवराज सिलवालकाे नेकपा एमालेले बचाउ गरेकाे छ । स्थायी समितिले सिलवालकाे बचाउँ गर्दै एमालेले सरकार र नेपाल प्रहरीलार्इ समेत कडा चेतावनी समेत दिएकाे छ । सिलवाललार्इ पक्राउ गर्न सरकार निरन्तर लागिरहेकाे भए पनि एमालेले पहिलाे पटक अाधिकारिक धारणा सार्वजनिक […]

नेपाल सरकारको सानो कमजोरीका कारण जापानको रोजगारी गुम्ने खतरा पुग्यो

काठमाडाैं, ९ माघ । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, […]

सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी

काठमाडौं, ८ माघ । ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नाेटिस जारी गरेकाे छ । देशभित्र व्यापक खाेजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपाेल मार्फत रेड कर्नर नाेटिस जारी गरेकाे हाे । नेपाल प्रहरीका पूर्व डिअार्इजी समेत रहेका सिलवालले आईजीपी बढुवा विवादमा सर्वोच्च अदालतमा […]

सल्यानमा अर्को यात्रुवाहक बस दुर्घटना, २ को मृत्यु

सल्यान, ८ माघ । सल्यानमा यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । सल्यानकाे त्रिवेणी-६, भाटखाेलामा भएकाे बस दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे जानकारी अाएकाे छ । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबाहक बस सल्यानकाे भाट खोलामा पुगेपछि दुर्घटनामा परेकाे हाे । बस सडकबाट करिव डेढ सय मिटर तल खसेकाे स्थानीयले जनाएका […]

दाहसंस्कारका लागि पशुपतिमा वार्षिक बीस लाख केजी दाउरा खपत

काठमाडौँ, ८ माघ । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो । टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ […]

अब थारु बस्तीमा पशुपक्षीकाे बलि दिए कडा सजाय गरिने

कञ्चनपुर, ८ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् । उक्त समुदायले […]