काठमाडौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ । मंगलबारको विधायन समिति बैठकले निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो प्रतिनिधिसभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागु हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर […]
मुख्य समाचार
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता
काठमाडौं । मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । मनाङ क्षेत्र नम्बर १ (२)बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ […]
नारायणकाजी श्रेष्ठविरुद्धको अवहेलना मुद्दा श्रेष्ठ र पौडेलको संयुक्त इजलासमा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अवहेलना सम्बन्धी मुद्दा मंगलबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी सार्वजनिक रूपमा टिप्पणी गरेको भन्दै भदौ १५ गते आयुष दाहालले अवहेलना मुद्दा दर्ता गराएका […]
संघीय निजामती सेवा विधेयक : सरकार पछि हटेपछि अवकाश उमेरहदको विवाद टुंगियो
काठमाडौं । लामो विवादपछि संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश उमेरसम्बन्धी विवाद समाधान भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिनिधि सभाबाट पारित प्रतिवेदनमै रहेको व्यवस्था स्वीकार गरेसँगै विधेयकको गाँठो खुलेको हो। प्रतिनिधि सभाले पारित गरेर पठाएको व्यवस्थाअनुसार, विधेयक ऐनमा रूपान्तरण भएको वर्ष ५८ वर्ष पूरा गर्ने कर्मचारीलाई अवकाश, अर्को वर्ष ५९ वर्ष र […]
अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनीत
काठमाडौँ । राष्ट्रिय सभाकी सांसद अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समिति सदस्यमा मनोनित भएकी छन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभाको बैठकले सदस्य मनोनयनका लागि सहमति जनाएपछि उक्त समितिको सदस्य बनेकी हुन्। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम […]
फेवातालमा हाम फालेकी महिलाको सशस्त्रले गर्यो उद्धार
काठमाडौँ । पोखरास्थित फेवा तालमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। मंगलबार बिहान करिब पाँच बजेतिर एक जना महिला पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटस्थित फेवातालमा हाम फालेकी थिइन्। मकवानपुर घर भई पोखरा–६ लेकसाइड बस्ने करिब ४५ वषीकी हीरा नेगीलाई प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। डिएसपी […]
गोरखामा बिहानै ४ म्याग्निच्युडको भूकम्प
काठमाडौं । गोरखा जिल्लामा आज बिहान ४ म्याग्निच्युडको हल्का भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर बिहान करिब ६ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको धक्का गोरखासहित वरपरका केही जिल्लामा समेत हल्का मात्रामा महसुस गरिएको स्थानीयहरूले बताएका छन्। यद्यपि अहिलेसम्म कुनै भौतिक […]
नक्कली कागजात बनाएको आरोपमा सामाखुसीबाट तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको सामाखुसीबाट नक्कली कागजात बनाएको आरोपमा तीन जना पक्राउ परेका छन्। आइतबार दिउँसो २ बजे सामाखुसीबाट तीन जनालाई नक्कली कागजातसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। गोरखाका ४५ वर्षीय अचल लामिछाने, सुर्खेतका सन्देश गौतम र काभ्रेका सबिन आले पक्राउ परेका हुन्। अचल लामिछानेले इजी सप सञ्चालन गरेका थिए। त्यस […]
रूपन्देही–३ उपनिर्वाचन: एकीकृत समाजवादीबाट घनश्याम भूसालसहित ७ जना सिफारिस
काठमाडौँ । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटी रूपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव घनश्याम भूसालसहित ७ जनाको नाम सिफारिस गरेको हो। भूसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। लुम्बिनी प्रदेश […]
गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीबीच मालढुंगामा बैठक, भए यस्ता सहमति
पोखरा। गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबीच स्याङ्जाको गल्याङ नगरपालिका–१ मालढुंगामा दोस्रो संयुक्त बैठक सम्पन्न भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच भएको उक्त छलफल प्रदेश विकासका साझा प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो। यसअघि २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा पहिलो संयुक्त बैठक बसेर २१ बुँदे प्रतिबद्धता […]











