काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गर्ने घोषणा गरेका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता जनाएपनि माग पूरा नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले बुधवारदेखि फोहोर विसर्जनमा पूर्ण रूपमा रोक लगाउने घोषणा गरेका हुन् । आफूहरूलाई धोका भएको भन्दै उनीहरूले यस पटकको आन्दोलन ‘वार कि पार’ […]
मुख्य समाचार
अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन-२०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तता सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी […]
मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै मधेशमा एमालेको धर्ना
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको छ । एमालेका नेता-कार्यकर्ता आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन् । गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ लिएका मुख्यमन्त्री […]
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त […]
एनपीएल उद्घाटनमा जनकपुर बोल्ट्स काठमाडौँ गुर्खाजसँग ५ विकेटले पराजित
काठमाडौँ । आजबाट सुरु भएको एनपीएलको दोस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई काठमाडौँ गुर्खाजले पराजित गरेको छ । टीयू क्रिकेट मैदानमा साँझ भएको खेलमा काठमाडौँ गुर्खाजले जारी सिजनको पहिलो खेल ५ विकेटको जित दर्ता गर्न सफल भएको हो । १३१ रनको लक्ष्य काठमन्डुले १२ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । काठमाडौँको जितमा ब्रेन […]
संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए । कांग्रेसका प्रमुख सचेतक घिमिरेले अनौपचारिक भेटघाट भएको बताए । घिमिरे आफू प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् । […]
सुरु भयो नेपाल प्रिमियर लिग, उद्घाटनमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य
काठमाडौं । आज (सोमबार)बाट नेपाली घरेलु क्रिकेटको ‘महाकुम्भ’ मानिने नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ । उद्घाटन खेलमा बोल्टसले गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको […]
नेपाली कम्युनिस्ट पार्टीको ‘एकता सन्देश सभा’ कार्यक्रम सार्वजनिक
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशव्यापी ‘एकता सन्देश सभा’ सञ्चालन गर्न कार्यक्रम सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालयबाट सोमबार जारी गरिएको प्रेस नोटमा मंसिर महिनाभर विभिन्न प्रदेश, जिल्ला र स्थानीय तहमा सभा आयोजना गरिने उल्लेख छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा जारी गरेको प्रेस नोटअनुसार, प्रदेशस्तरीय एकता सन्देश सभाहरू […]
नेपाल टेलिकमको पहिलो त्रैमासिक नतिजा : आम्दानी र मुनाफामा गिरावट
काठमाडौं । नेपाल टेलिकमले आव २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आम्दानी र मुनाफामा गिरावट आएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालन आयदेखि खुद मुनाफासम्म सबै सूचकांक गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन् । कम्पनीले जारी गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड […]
ईपीएस भाषा परीक्षा आजदेखि, उत्पादन क्षेत्र पहिलो प्राथमिकतामा
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरुको भाषा परीक्षा आजबाट सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् । सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले […]










