काठमाडौं । गुण्डा नाइके दावा लामा पक्राउ परेपछि नेपाल काँग्रेसभित्र रुवाबासी चलेको छ । दिल्ली प्रहरीद्वारा पक्राउ परेका लामा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन । भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी विमानस्थलबाट पक्राउ परेका लामा नक्कली भारतीय नोट र सट्टेबाजी धन्दामा लागेको अभियोगमा नेपाल प्रहरीको समेत खोजी सुचीमा थिए । पछिल्लो समय सिक्किममा बसेर त्यहाँका जुवाडेहरुलाई लगानी गर्दै आएका […]
मुख्य विशेष
आलोचकमाथि कठोर भएको भन्दै इन्टरनेशनल सोसलिस्ट युथले गर्यो नेपाल सरकारको आलोचना
काठमाडाैं । इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथ (आइयुएसयु) ले नेपालमा पछिल्लो समयमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाहरुको भर्त्सना गरेको छ। पछिल्लो समय कञ्चनपुरमा प्रहरीको गोली लागी एक किशोरको ज्यान गएको घटनाको आइयुएसयुले भर्त्सना गरेको हो। प्रदर्शनकारीहरु १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरिरहेका बेला गोली चलेको हो। नेपाल विद्यार्थी […]
जाँदाजाँदै मोदीले पाए लुम्बिनी भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् । शुक्रबार पशुपतिनाथ क्षेत्रमा नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मोदीलाई छिटै लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् । लुम्बिनी भ्रमणको निम्तोसँगै ओलीले मोदीलाई बुद्धिष्ट सर्किटमा साथ र समर्थन दिन पनि आग्रह गरेका छन् । लुम्बिनी बुद्धधर्मको मुहान […]
मोदी काठमाडौमा आए लगत्तै राहुल गान्धी पनि आए नेपाल, होटल र्याडिसनमा राहुलको रात्री
काठमाडौँ, १६ भदौ । भारतमा यतिबेला दुर्इजना व्यक्ति अामने सामनेकाे लडाइँमा छन । हरेक दिन दुर्इजनाकाे बीच घाेचपेच हुन्छ वा उनीहरुकाे नाम लिइन्छ भारतभर । सन् २०१९ काे चुनावकाे दाैडमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी याे मैदानमा नेतृत्व गरिरहेका छन् । र यिनकै नेतृत्वमा दुर्इ ब्लकबीच धेरै घाेचपेच चलिरहेकाे […]
मुलुकी एेनको नयाँ संस्करण विरुद्ध आइतबार देशभरका अस्पताल बन्द गरिने
काठमाडौं । भदौ १ गतेदेखि लागू गरिएको मुलुकी ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न भएको भन्दै चिकित्सकहरुले आगामी आईतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् । सरकारलाई सच्याउन आग्रह गर्दै उनिहरुले सांकेतिक रुपमा एक दिनका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट ओपिडी सेवा नदिने चिकित्सक संघले जनाएको छ । संघका महासचिव डा. लोचन कार्कीले आकस्मिक […]
बिमस्टेकमा मोदीले अघि सारे यस्तो प्रस्ताव, होलान त अरु राष्ट्रप्रमुख सहमत ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे । शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला-एक्लै […]
यी हुन् सबैभन्दा छिटाे र ढिलाे काठमाडौं आउने विदेशी राष्ट्रप्रमुख
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै देशका राष्ट्रप्रमुख काठमाण्डु आइसकेका छन् । बिम्स्टेक आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ । बिम्स्टेक अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख […]
पश्चिम सेती अलपत्र, थ्री गर्जेजका शर्तमाथि शर्त बढ्दै
काठमाडौँ, भदौ १४ गते । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले शर्तमाथि शर्त थप्दै गएपछि निर्माणकाे काम अन्याैलमा परेकाे छ । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पाेरेसन (सीटीजीआई) ले पश्चिम सेती जलविद्युत अायाेजना निर्माण गर्नका लागि ६ वर्षभन्दा बढी समयदेखि लाइसेन्स ओगटेको छ । यसैबीच थ्री गर्जेजसँग लगानी बोर्डले अायाेजना निर्माणका विषयमा छलफल गरेकाे […]
निर्मलाका हत्यारालाई कारवाही र प्रकाण्डको रिहाईको माग गर्दै अखिल क्रान्तिकारी आन्दोलनमा
काठमाडौँ । अखिल क्रान्तिकारीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दैै काठमाडौँमा प्रदर्शन गरेको छ । निर्मलाका हत्यारालाई बचाउन उच्च तहबाटै षड्यन्त्र भइरहेको भन्दै अखिल क्रान्तिकारी सडकमा निस्केको हो । नेपाल कम्युनिस्ट पार्टी निकल अखिल क्रान्तिकारीले निर्मलाका हत्यारालाई कारवाही र पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहाईको माग गर्दै आयोजना गरिएको विरोध र्याली सुन्धारा,न्यूरोड, भोटाहिटी, जमल हुँदै शान्तिबाटीकामा […]
डडेल्धुरामा जिप दुर्घटना: ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर
डडेल्धुरा । सरमुकाम नजिकैको आइतबजारमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । देबलदिव्यपुरबाट सदरमुकामतर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाा प्रहरी नायब उपरीक्षक डम्बर बहादर केसीले जानकारी दिए । जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको […]









