सङ्क्रमणबाट जोगिन मास्क लगाउन दिइएको सुझाव डोनल्ड ट्रम्पले नमान्ने

अमेरिकी नागरिकलाई नाक र मुख छोप्ने मास्क लगाउन सुझाव दिइएको भए पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चाहिँ मास्क नलगाउने बताएका छन् । अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् उनले ओभल अफिस भनिने आफ्नो कार्यकक्षमा मास्क लगाएर बसेर विभिन्न देशका “राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा र […]

भारतबाट आएका थप तीनमा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ९ पुग्यो

काठमाडाैं । नेपालमा कोरोना भाइरसका थप नयाँ तीन संक्रमित फेला परेका छन्। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नयाँ भेटिएका संक्रमितहरुमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको […]

सशस्त्र प्रहरी र तस्करबीच गोली हानाहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच दोहोरो गोली हानहान भएको छ। मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूहसँँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न ३ः३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए। जंगलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन […]

बाग्लुङ्गकी महिला कोरोनाको छैटौं संक्रमित

नेपालमा कोरोना भाइरस (कोभिड-१९) का अर्का संक्रमित पनि भेटिएका छन्। यससंगै संक्रमितको संख्या छ पुगेको छ । संक्रमित व्यक्ति चैत ४ मा कतार एयरवजको जहाजबाट काठमाडौं आएका यात्रु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार क्युआर ६५२ नम्बरको उडान बाट कतारको दोहा हुँदै काठमाडौं आएका यात्रुमा कोरोना पोजेटिभ पाइएको हो । […]

अब पेट्रोल ९६, डिजेल ८५ रुपैयाँमा, विश्वबजारमै घट्यो इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । बुधबार ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको आजै बसेको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० […]

फेरि घट्यो एसियाली बजारमा इन्धनको मूल्य

काठमाडाैं, १९ चैत । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ। कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ। गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही […]

चीनमा भन्दा अमेरिकामा धेरै मानिसको कोरोनाबाट मृत्यु

काठमाडौं, १९ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ । चीन र युरोपपछि कोरोनाको […]

टोकियो ओलम्पिक गेम्सको नयाँ मिति सार्वजनिक

काठमाडाैं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यो वर्ष जापानको टोकियोमा हुने ओलम्पिक गेम्स अर्को वर्षका लागि सारियो । ओलम्पिक कमिटिले आउँदो वर्षका लागि ओलम्पिकको मिति तोकेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइसोसी) को सोमबार बसेको कार्यकारी बोर्डको बेठकले सन् २०२१ को जुलाई २३ देखि ओलम्पिक गेम्स सुरु हुने निर्णय गरेको हो । ओलम्पिक २०२१ […]

लकडाउनमा हिडेको भन्दै मान्छे कुट्ने प्रहरी हवल्दार निलम्बित

जनकपुरधाम । लकडाउनको समयमा दैनिक उपभोग्यको सामान किनेर गइरहेका केही व्यक्तिलाई कुटने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। सोमबार दुईजनालाई व्यक्तिलाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सार्वजनिक भएपछि नेपाल बिओपी रामनगर सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका छन्। विश्व नै कोरोना भाइरस (कोभिड १९) को महामारीको समस्यामा रहेको समय नेपाल पनि लकडाउनमा रहेको […]

ज्वरो र खोकी लागेर वीर अस्पतालमा भर्ना भएको भोलिपल्टै ३४ वर्षीय महिला र पुरुषको मृत्यु

काठमाडौं, १७ चैत । राजधानीको पुरानो अस्पताल वीर अस्पतालमा कोरोना संक्रमित भएको आशंका गरिएका २ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुबै जनाको रिपोर्ट परिक्षण भइरहेको तर त्यसको रिपोर्ट आइनसकेको वीर अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ५० वर्षका एक पुरुष र ३४ वर्षकी एक महिला छन् । ३४ वर्षकी महिला काठमाडौंको चन्द्रागिरि […]