जिर्ण शरिरलाई अन्याय नगर्न प्रम ओलीलाई बाबुरामको संसदमा सुझाब

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकाे शरिर राेगले जिर्ण भएकाे भन्दै शरिरमाथि अन्याय नगर्न उनलाइ सुझाब दिएका छन् । प्रधानमन्त्री ओलीले एकपछि अर्काे गम्भीर गल्ती गर्दै गएकाे भन्दै उनलाइ राजीनामा दिएर आफ्नाे नैतिकता जाेगाउन पनि सुझाएका छन्। शुक्रबार प्रतिनिसभाको अधिवेशन सुरु भएको अवसरमा धारणा राख्दै भट्टराईले नैतिकताका […]

लिपुलेकबाट नेपाली भूमी मिचेर भारतले बनायो मानसरोवर पुग्ने सडक

काठमाडौं, २६ बैशाख । भारतले नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवर मार्गसँग जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत नेपालको लिपुलेक हुँदै चीन जोड्ने सो रुट उद्घाटन गरेका थिए। कुटनीतिज्ञ तथा सीमाविदहरुले भारतको एकपक्षीय कदमको नेपालले कडा विरोध गर्नुपर्ने बताएका छन्। भारतले धार्चुलाको घटियागाढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक निर्माण गरेर […]

बल्ल गर्यो प्रहरीले सर्वेन्द्र खनाल र महेश बस्नेत विरुद्ध अपहरण मुदा दर्ता

काठमाडौं, २६ बैशाख । नेपाल प्रहरीका पूर्व प्रमुख (आईजीपी) सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध अपहरण मुद्दा दर्ता भएको छ। उनीहरुले केही दिन अघि सांसद सुरेन्द्र यादवलाइ उनकै घरबाट अपहरण गरी काठमाडाैं ल्याएर बन्दी बनाएकाे खबर सार्वजनिक भएकाे थियाे । त्यसका विरुद्ध यसअघि सांसद यादव र उनकाे दलका नेताहरुले मुद्दा दर्ता गर्न […]

लकडाउनमा रेल नआउने ठानी लिकमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु

काठमाडाैं । शुक्रबार बिहान रेलले किच्दा भारतमा १६ जना मजदुरको मृत्यु भएको छ । साथै ५ जना घाइते भएका छन्। बीबीसी हिन्दीका अनुसार महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको हो। ती मजदुर रेलकाे लिकमा सुतिरहेका बेला रेलले किचेकाे बताइएकाे छ। घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना […]

आजदेखि वजेट अधिवेशन, पत्रकारलाई कलम र डायरी समेत लिन लगाइयो रोक

काठमाडौं, २६ वैशाख । संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । वजेट अधिवेशन समेत रहेको संसदको वर्षे अधिवेशन अपरान्ह ४ बजेदेखि सुरु हुने बताइएको छ । कोरोनाको सन्त्रासबीच सुरु हुन लागेको यस अधिवेशनमा पत्रकारहरुलाई प्रवेश पास दिइए पनि उनीहरुलाई कलम र कापी केही पनि लिन नदिने गरी बन्देज लगाइएको छ । यो अधिवेशनमा प्रतिनिधि सभा […]

सङ्क्रमित ९९ मध्ये उपचारपछि घर फर्कनेको सङ्ख्या २२

काठमाडौँ  । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा ¥यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देशकोटाले जानकारी दिनुभयो । गत २४ घण्टामा ९३१ वटा परीक्षण भएका छन् […]

कोरोनाले एक दिनमा दक्षिणी गाेलार्धमै सबैभन्दा बढीको मृत्यु ब्राजिलमा

काठमाडौं, २५ बैशाख । ब्राजिलमा कोरोनाले दक्षिणी गाेलार्धकै देशमध्ये एकै दिनमा सबैभन्दा बढी जनाको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा पछिल्लो २४ घण्टामा ६१५ जनाको मृत्यु भएको हो। बीबीसीका अनुसार यो मृत्यु दक्षिणी गाेलार्धका एक देशमा एकै दिन भएको सबैभन्दा बढी हो। जोन हपकिन्स विश्वविद्यालयका अनुसार योसमेत गरेर ब्राजिलमा हालसम्म ८ हजार ५ सय […]

पेप्सिकेलाकाे सनसिटीका एक व्यक्तिमा फेरि देखियाे काेराेना

काठमाडौं, २३ वैशाख । काेराेना लागेर अस्पताल भर्ना भइ घर फर्केका एक जनामा फेरि काेराेना देखा परेकाे छ । काठमाडाैंकाे पेप्सीकाेलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक व्यक्तिमा फेरि काेराेना भाइरस देखा परेकाे हाे । केही दिन अघि मात्र ती व्यक्तिमा काेराेना भेटिएपछि अस्पताल भर्ना गरिएकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेप्सिकोलाकाे सिनसिटी अपार्टमेन्टका ५२ वर्षका […]

राहत वितरणका क्रममा झडप, ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ घाइते

लहान २२ वैशाख । सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । राहत वितरणका क्रममा भएकाे झडपमा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् । तीन दिनदेखि वितरण गरिँदै आएको राहत वितरण भइरहेका बेला मिर्चैया नगरपालिका वडा नम्बर ७ मा सोमबार केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न […]

शिवराज विपद्कोषमा शिक्षकहरु गरे झण्डै ९ लाख सहयोग

शिवराज नगरक्षेत्रभित्र कार्यरत शिक्षकहरुले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८ लाख ८४ हजार ८सय ७९ रुपैयाँ सहयोग गरेका छन् । शिक्षकहरुका विभिन्न संघ संगठनका अगुवाहरु आइतबार नगरपालिका पुगी नगरप्रमुख नेत्रराज अधिकारीलाई कोषमा रकम जम्मा गरेको बैंक भौचर हस्तान्तरण गरे । शिक्षा शाखा अधिकृत पूर्णबहादुर विश्वकर्मा, शिक्षक महासंघ शिवराज नगरअध्यक्ष मुक्तिनाथ पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका […]