शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, यसरी हेर्न सकिन्छ

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन सकिने आयोगले जनाएको छ । साथै, बैंक राजश्व रकम नबुझाउने उम्मेदवारको प्रवेशपत्र हेर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ […]

महिला नेतृत्वले विद्यालय सुध्रिए

लम्की, ६ भदौँ । ललिता शाहीले विद्यालयको नेतृत्व सम्हाल्दा भवनको नाउँमा बाँसको टहरा मात्रै थियो । भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका दृष्टिले विद्यालय निकै कमजोर थियो । अहिले त्यही विद्यालयमा ११ वटा पक्की भवन छन् । कुल ४० कक्षा कोठा र अन्य पूर्वाधार निर्माण भइसकेका छन् । उचित शैक्षिक वातावरणका कारण शिक्षक, विद्यार्थी र अभिभावक […]

तलबको निहुँमा शिक्षक टाप कसेपछि पियनले पढाउँदै

सल्यान । तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि कार्यालय सहयोगीले विद्यार्थी पढाउन बाध्य भएका छन् । वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित अर्का एक शिक्षकले तलब नपाएको भन्दै पढाउन छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी हुन् । विसं २०६६ मा स्थापित उक्त विद्यालयमा दरबन्दी नहुँदा पनि उनीहरुले निजी स्रोतमा पढाउँदै […]

चीनमा पूर्व प्राथमिक विद्यालयको सङ्ख्यामा उल्लेख्य वृद्धि

एजेन्सी । चीनमा पछिल्लो समय पूर्व प्राथमिक शिक्षाका लागि खोलिएका विद्यालयको सङ्ख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ । शिक्षामन्त्री चेन बाओशेङले बिहीबार दिएको जानकारीअनुसार देशभरी पूर्व प्राथमिक विद्यालयको सङ्ख्या दुई लाख ६७ हजार पुगेका छन् । ती विद्यालयहरूमा ४६.५६ मिलियन बालबालिका जाने गर्दछन् भने ४.५३ जना शिक्षक शिक्षिका रहेका छन् । यो तथ्याङ्क सन् २०१८ […]

शिक्षक लाइसेन्सका बारे सर्वोच्चमा दायर मुद्दा मंगलबार सुनुवाई हुँदै

काठमाडौं, ४ भदौ । लाइसेन्स परीक्षाका सम्बन्धमा सर्वोच्च अदालतमा परेको शिक्षक सेवा आयोग विरुद्धको मुद्दाको सुनुवाई मंगलबार हुने भएको छ । आयोगका विरुद्ध साविकको उच्च माध्यमिक विद्यालयमा कार्यरत ६ जना शिक्षकहरुले मुद्दा दायर गरेका थिए । माध्यमिक विद्यालय शिक्षक यूनियनका अध्यक्ष पुष्पप्रसाद न्यौपाने सहित ६ जना शिक्षकहरुले गत साउन २७ गते सर्वोच्च अदालतमा एक मुद्दा […]

विश्वविद्यालयमा उपकुलपति चयनमा अझै अन्यौल, ‘सर्च कमिटी’को म्याद थपियो

काठमाडौं । उपकुलपति चयनमा सरकारलाई सकस परेको छ । उपकुलपति छनोट गर्न ‘सर्च कमिटी’ असफल भएपछि तत्कालका लागि कुलपति रिक्त भएका विश्वविद्यालयहरुमा कायम मुकायम उपकुलपति तोकिएको छ । उपकुलपति चयनका लागि गठित सर्च कमिटी को बिहिवार बैठक बसेर प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई नामावली सिफारिश गर्ने तयारी गरेपनि ठोस निर्णय हुन नसकेपछि उक्त कमिटीको […]

त्रिवि भिजन उपलब्धि: उपकुलपति खनियाँ

काठमाडौँ, ५ भदौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताए । उनको कार्यकाल भोलि शुक्रबारदेखि सकिदैछ । त्रिविले राष्ट्रिय सम्मेलन गरी ‘त्रिवि भिजन २०२०–२०३०’ जारी गरेको थियो । डा खनियाँले जारी गरेको विज्ञप्तिमा भूकम्पले अधिकांश भौतिक संरचना ध्वस्त बनाएको र अस्थायी […]

जिल्लाकै नमूना विद्यालय जसले कमाउँछ वार्षिक दुई लाख

मान्म, ५ भदौ । जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैँचा, प्रशस्त जग्गा रहेको प्राविधिक शिक्षा पढाई हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो । कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा सङ्काय र सिटिइभिटीको १८ महीने कृषि जेटिए र तीनवर्षे […]

त्रिविको उपकुलपति रिक्त, त्रिवि भिजन उपलब्धि

काठमाडौँ, ५ भदौ । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताए । त्रिविले राष्ट्रिय सम्मेलन गरी ‘त्रिवि भिजन २०२०–२०३०’ जारी गरेको थियो । डा खनियाँले जारी गरेको विज्ञप्तिमा भूकम्पले अधिकांश भौतिक संरचना ध्वस्त बनाएको र अस्थायी शिक्षक आन्दोलनमा रहेका समस्यमा आफूले […]

शिक्षक अभाबमा कार्यालय सहयोगीले पढाउँदै

सल्यान, ५ भदौ । सल्यानको एक विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै आएका छन । तलब नपाएका शिक्षकले विद्यालय छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकि हुन । वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित अर्का एक शिक्षकले तलब नपाएको भन्दै पढाउन छोडेकाले विद्यार्थीको बिचल्ली भएको थियो । विसं २०६६ मा स्थापित उक्त विद्यालयमा […]