पर्साका छात्राहरुलाई लक्षित गरी उपचारात्मक कक्षा सुरु

विरगञ्ज, १७ माघ । अब विद्यालयमा उपचारात्मक कक्षा पनि सुरु हुने भएकाे छ । नेपाली, अग्रेजी, गणित जस्ता अनिवार्य विषयमा कमजोर रहेका विद्यार्थीहरुलार्इ लक्षित गरी यस्ताे उपचारात्मक कक्षा सञ्चालन गर्न लागिएकाे हाे । याे कक्षा सामुदायिक विद्यालयका छात्रालाई लक्षित गरी सुरु गरिने बताइएकाे छ । छात्रा शिक्षाको क्षेत्रमा कार्यरत संस्था आसमान नेपालले सिकाइ उपलब्धि कम […]

अभिभावकमाथि फेरि सुरु भयो निजी विद्यालयको मनपरि लुटपाट

काठमाडौ, १७ माघ । निजी विद्यालयहरूले फेरि मनपरी शुल्क उठाएर लुटपाट सुरु गरेकाे भन्दै अभिभावकहरुले अापत्ती जनाएका छन् । सरकारी निकायसँग कुनै अनुमति नै नलिएर विभिन्न शीर्षक बनाएर निजी विद्यालयहरुले अभिभावकहरूबाट चर्को शुल्क असुल्न सुरु गरेका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्कुलमा गरेको अनुगमनमा यस्तो तथ्य फेला पारेकाे हाे । […]

अब घरमै बसेर विश्वविद्यालयको डिग्री

काठमाडाैं, १६ माघ । अब घरमै बसेर विश्वविद्यालयकाे डिग्री पाइने भएकाे छ । नियमित रुपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले घरमै अध्ययन गरेर पीएचडीसम्मको डिग्री लिन पाउने भएका हुन् । नेपाल खुला विश्वविद्यालयले अब प्रविधि प्रयोग गररेर डिप्लोमादेखि पीएचडीसम्मको डिग्री दिने घरमै पढेर लिन पाउने व्यवस्था गरेकाे छ। याे विश्वविद्यालय नेपालमा पहिलाे पटक स्थापना […]

वैदेशिक रोजगारमा गएका युवाले दिए विद्यालयलाई १ लाख ८० हजार

मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गरे । अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम […]

नेपाल भाषामा उत्कृष्ट अंक सहित उतिर्ण बिद्यार्थीलाई लक्ष्मीनारायण–पुनमाया सिरपाः’सम्मान

    माघ १३ , काठमाडौँ / समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धर स्व बुबा ,आमाका नाउमा स्थापित ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ पुरस्कार काठमाडौँ स्थित नेपालभाषा जगत सुन्दर ब्बनेकुथिं बिद्यालयमा यस बर्षको एसईई परीक्षामा नेपालभाषा विषय लिएर उत्कृष्ट अंक सहित उतिर्ण हुनुभएका बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । यस बर्ष सबैभन्दा धेरै ३.६ अंक ल्याउन सफल काठमाडौँको शान्ति […]

कक्षा ११ का डेढ लाख विद्यार्थीले माैका परीक्षा दिन नपाउने

काठमाडौँ, ११ माघ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ । बोर्डले कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था गरेपछि अरू वञ्चित भएका हुन् । यो व्यवस्थाले ५ विषयमध्ये एकभन्दा […]

त्रिविमा सेमेस्टर १० महिनासम्म पनि सकिएन

काठमाडौं, ९ माघ । त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ । शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो । तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन्न गर्न सकेका छैनन् । नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन । व्यवस्थापन संकायको […]

नातागोताले भरियो सीटीईभीटी, ३१ जोडी श्रीमान्–श्रीमती, दाइ-भाइको जोडी २४, ८ जना बावु छोरा

काठमाडौँ, १ माघ। सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन्तसमेत धेरैले ठूलो संख्यामा नातागोतालाई जागिर खुवाएका छन् । सीटीईभीटीमा जागिर खाने आफन्तकाे सूची यस्ताे छ श्रीमान-श्रीमती ३१ जोडी […]

कक्षा ११ को नियमित तर्फको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक (नतिजा हेर्नुहाेस)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिइएकाे कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक भएको छ । बाेर्डले शनिबार बेलुकी नतिजा सार्वजनिक गरेको हो । बोर्डले यसपटकदेखि कक्षा ११ काे नतिजा पनि ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेकाे हाे । बोर्डले कक्षा १० को एसइइ परीक्षाकै जस्तै कक्षा ११ को नतिजा पनि नौ ग्रेडमा विभाजन गरेर […]

एसइई परीक्षा यसपटक निकै कठिन हुने

काठमाडाैं, २७ पुस । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । सदस्य तथा बोर्डका अध्यक्ष पौडेलले अहिले जिल्ला शिक्षा कार्यालयले […]