काठमाडौं। पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा ‘यौम-ए-इस्तेहसाल: राजनीतिक तथा मानवीय परिणाम’ शीर्षकमा विचार गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मियाँ मोहम्मद शहबाज शरीफ तथा उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इसहाक डारका सन्देशहरू वाचन गरियो। राष्ट्रपति जरदारीले भारतद्वारा जम्मु कश्मीरमा गरिएको जनसांख्यिकीय तथा राजनीतिक हेरफेर, मिडियामाथिको दमन र व्यापक गिरफ्तारीको विरोध गर्दै, उक्त […]
विश्व
इजरायलले गाजा कब्जाको प्रयास गरे अमेरिकाले अवरोध नगर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा कब्जा गर्ने योजनामा अवरोध नगर्ने बताएका छन् । सन् २०२३ मा अक्टोबरमा इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेपछि अमेरिकाले लगातार सैन्य सहयोग गरिरहेको छ । अहिले गाजाको ८६ प्रतिशत जमिन आफ्नो कब्जामा लिइसकेको जनाइएको छ । अहिले नै समस्यामा रहेको गाजाबासीहरु लगातारको बमबारीका कारण […]
जहाज उड्न थालेपछि आत्तिएका व्यक्तिलाई सँगै बसेका यात्रुले थप्पड हानेपछि….
मुम्बई । भारतमा उडानका क्रममा जहाजभित्रै एक यात्रुले सँगै बसेका अर्का यात्रुलाई थप्पड हानेका छन्। मुम्बईबाट कोलकाता उडेको इन्डिगो एयरलाइन्सको फ्लाइट ६ ई१३८ मा एक यात्रुले छेउमा बसेका यात्रुमाथि थप्पड हानेका हुन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। थप्पड खाने व्यक्ति असमको कछार जिल्लाको काटिगोरा क्षेत्रअन्तर्गत लाथिमारा गाउँका ३२ वर्षीय हुसैन अहमद मजूमदार भएको खुलेको […]
रुसी पूर्वराष्ट्रपतिको भनाइसँगै ट्रम्पद्वारा परमाणु पनडुब्बीहरू तैनाथ गर्ने घोषणा
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवका ‘उत्तेजक’ भनाइप्रति प्रतिक्रिया दिँदै दुई परमाणु पनडुब्बीहरूलाई ‘उपयुक्त स्थानहरूमा’ तैनाथ गर्न आदेश दिएको बताएका छन्। शुक्रबार ट्रुथ सोशलमार्फत सार्वजनिक बयानमा ट्रम्पले भने, ‘पूर्व रुसी राष्ट्रपति मेदवेदेवको अत्यन्तै उत्तेजक बयानलाई मध्यनजर गर्दै मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको […]
ट्रम्पले भारतलाई पाकिस्तानले तेल बेच्नसक्ने भनेपछि शरीफ देखिए दङ्ग
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँग हालै सम्पन्न ऐतिहासिक व्यापार सम्झौताको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्। उक्त सम्झौताले पाकिस्तान र अमेरिका बीचको व्यापारिक तथा उर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास प्रधानमन्त्री शरीफले व्यक्त गरेका हुन्। ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा घोषणा गरेका थिए कि अमेरिका […]
बलिउड अभिनेता राजकुमार रावले गरे आत्मसमर्पण, कारण यस्तो
मुम्बई, १५ साउन । पञ्जाब र हरियाणा उच्च अदालतले चर्चित बलिउड अभिनेता राजकुमार राव विरुद्ध दर्ता भएको एफआईआर रद्द गर्न माग गर्ने याचिकामा सुनुवाइ गरेको छ। जालन्धरका प्रहरी आयुक्तको शपथ पत्रमार्फत प्रहरीसँग अनुसन्धानको स्टेटस रिपोर्ट मागिएको थियो । अहिले उनले अदालतमा आत्मसमर्पण गरेपछि जमानतमा रिहा भएका छन्। राजकुमार रावको यो मामला एक विवादास्पद पोस्टरसँग सम्बन्धित […]
रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा […]
१०-१२ दिनभित्र युक्रेनसँग युद्धविराम गर्न पुटिनलाई ट्रम्पको चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनसँग १०-१२ दिनभित्र युद्धविराम गर्न चेतावनी दिएका छन्। दुई साताअघि नेटोका महासचिव मार्क रूटसँग ह्वाइट हाउसमा भेटेपछि उनले पुटिनलाई युद्ध रोक्न ५० दिनको समयसीमा दिएका थिए। तर बेलायत भ्रमणका क्रममा स्कटल्याण्डमा रहेका ट्रम्पले सोमबार त्यसलाई घटाएका हुन्। बेलायती प्रधानमन्त्री कियर स्टार्मसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै […]
तीन वर्षे बालकले पत्ता लगाएका करोडौंको खजाना
काठमाडौं, १२ साउन । तपाईंले यस्ता धेरै कथाहरू सुन्नु भएको होला, जहाँ मानिसहरूले जमिनमुनि पैसा गाडिएको पाउँछन्। यी यस्ता खजाना हुन्, जसलाई कसैले गाड्यो र भुलेर फर्केर आउन सक्दैन्। धेरै मानिसहरू मेटल डिटेक्टरहरूको मद्दतले तिनीहरूलाई खोजिरहन्छन्। इंग्ल्याण्डमा एक तीन वर्षको बच्चाले आफ्नो बुबासँग मैदानमा उपस्थित हुँदा एउटा यस्तो खजाना फेला परेको छ । एउटा सानो […]
हरिद्वारमा भागदौड मच्चिदाँ गयो आधा दर्जन ज्यान
हरिद्वार । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड मच्चिएको छ । सो भागदौडमा परी अहिलेसम्म ६ जना ऋदालु भक्तजनको मृत्यु भइसकेको छ भने ३५ जना घाइते भएका छन् । गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डेले मन्दिरमा ठूलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए । उनका अनुसार उच्च भोल्टेजको बिजुलीको तार खसेको अफवाह […]










